IPL : यस्तो छ क्रिक्इन्फोले चुनेको दिल्लीको सम्भावित अन्तिम-११

आईपीएलको १३ औं संस्करण नजिकिदै गर्दा विश्वभरका क्रिकेट फ्यानहरु उत्साहित छन्। आफ्नो प्रिय खेलाडी र टिमले कस्तो प्रदर्शन गर्ला भन्ने कौतुहलता फ्यानहरुमा रहेको छ। तर, नेपाली फ्यानहरुको भने आईपीएलमा पर्खाइ अर्कै कुराको छ। लगातार तेश्रो सिजन दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गर्दै लिगमा सहभागी हुन लागेका नेपाली लेग स्पिनरको प्रदर्शन कस्तो होला र टिमको अन्तिम-११ मा स्थान बनाउने छन् या छैनन् भन्ने पर्खाइ र कौतुहलता फ्यानहरुमा रहेको छ।

एउटा टिमले अन्तिम-११ मा मात्र ४ जना विदेशी खेलाडीहरुलाई मात्र खेलाउन पाउने हुँदा विदेशी खेलाडीको रुपमा लिगमा प्रतिनिधित्व गरेका सन्दिपले अन्तिम-११ मा मौका पाउन मुस्किल हुने गरेको छ। टिममा अनुभवी भारतीय लेग स्पिनर अमित मिश्राको उपस्थितिले पनि सन्दिपलाई मौका पाउन कठिन हुने गरेको छ।

आईपीएलको यस अघि २ सिजन खेल्ने क्रममा नेपाली गुग्ली ब्वाईले पहिलो सिजन ३ वटा तथा दोश्रो सिजन ६ वटा खेल खेल्ने मौका पाएका थिए। त्यस क्रममा क्रमशः उनले पहिलो सिजन ५ र दोश्रो सिजन ८ गरि कुल १३ विकेट लिएका थिए। भर्खरै सिपिएल टि-२० प्रतियोगितामा सहभागि भएर युएई पुगेका नेपाली स्पिनर उच्च लयमा रहेका छन्। उक्त लिगमा उनले १० खेलमा १२ विकेट लिएका थिए जुन क्रममा लिगभर करियरकै उत्कृस्ट किफायती बलिंग गर्दै ५.१० रन प्रतिओभर खर्चेका थिए। उच्च लयमा रहेका सन्दिपले यो पटक दिल्लीबाट धेरै मौका पाउने तथा युएईको पिचले पनि सन्दिपलाई साथ दिने विश्वास फ्यानहरुले गरिरहेका छन्।

यसै बीच चर्चित क्रिकेट अनलाइन इएसपीएनक्रिक्इन्फोले मंगलबार दिल्ली क्यापिटल्स टिमको विश्लेषण गर्दै अन्तिम-११ मा को-को हुनेछन् भन्ने अनुमान गर्दै लेख प्रकाशित गरेको छ। क्रिक्इन्फोले विश्लेषण गरेको टिमको उत्कृस्ट अन्तिम-११ मा सन्दिप लामिछानेलाई समाबेश गरिएको छैन।

गत सिजन ६ खेलमा मौका पाएका सन्दिपले ८ विकेट लिएका थिए

को-को छन् क्रिक्इन्फोको सम्भावित-११ मा 

क्रिक्इन्फोले टिमको ओपनरमा प्रिथ्भी शा र शिखर धवन त्यसपछि तेश्रो नम्बरमा मार्कस स्टोइनिस वा एलेक्स केरी, चौथो नम्बरमा कप्तान श्रेयस ऐयर, पाँचौ नम्बरमा विकेटकिपर ब्याट्सम्यान रिशभ पन्त, छैठौं नम्बरमा शिमरन हेटमायरलाई राखेको छ। त्यसपछि फास्ट बलरमा इशान्त शर्मा र हर्षल पटेल मध्ये एकजना, किमो पौल र ड्यानियल स्याम्स मध्ये १ जनाले मौका पाउने अनुमान गरिएको छ। स्पिन आक्रमणमा अफस्पिनर रभीचन्द्रन आश्विन पहिलो रोजाईमा छन् भने लेग स्पिनर अमित मिश्रा र देब्रे हाते स्पिनर अक्षर पटेल मध्ये १ जनाले मौका पाउने अनुमान गरिएको छ।

दिल्लीको स्पिन आक्रमणको विश्लेषण गर्दै क्रिक्इन्फोले टिममा मौका पाउन प्रतिस्पर्धा हुने बताएको छ। उसले लेखेको छ –

“रभीचन्द्रन आश्विनले बायाँ हाते ब्याट्सम्यानबाट बाहिर निकाल्ने गर्छन् भने अमित मिश्रा, अक्षर पटेल र सन्दिप लामिछानेले दायाँ हाते ब्याट्सम्यानबाट बल बाहिर निकाल्ने गर्छन। आश्विनसंग अनुभव छ, मिश्रासंग न्यून स्ट्राइक-रेट छ भने पटेल ब्याटिंग पनि गर्न सक्छन्। त्यसैले टिममा स्थान बनाउन प्रतिस्पर्धा छ। २ जना भन्दा बढी स्पिनर खेलाउनको लागि परिस्थिति अनुकूल हुनुपर्नेछ।”  यो बाहेक सन्दिपलाई क्रिक्इन्फोले विश्लेषणमा स्थान दिएको छैन।

गत सिजन सन्दिपले दिल्लीबाट ६ खेल खेल्दा अन्तिम-११ मा टिमले ३ जना स्पिनरलाई मौका दिएको थियो।अक्षर पटेल, अमित मिश्रा र सन्दिप गरि ३ जना स्पिनर लिएर दिल्लीले गत सिजन २ वटा तथा पटेल, सन्दिप र राहुल तेवतियालाई लिएर २ खेल खेलेको थियो। दिल्लीको घरेलु मैदान अरुण जेटली स्टेडियममा त्यस मध्ये ३ वटा खेल भएको थियो। तिन जना स्पिनर लिएर खेलेको ४ खेल मध्ये ३ वटामा दिल्ली विजयी भएको थियो। त्यस क्रममा सन्दिपले पन्जाब बिरुद्ध ३ विकेट पनि लिएका थिए। सन्दिप खेलेको अन्य २ खेल मध्ये एक खेलमा पन्जाब बिरुद्ध सन्दिप मात्रै स्पिनर अन्तिम-११ मा थिए। यस्तै अर्को खेलमा कोलकाता बिरुद्ध सन्दिप र अमित मिश्राले मौका पाएका थिए।

गत सिजन सन्दिपले अन्तिम-११ मा मौका पाएको ६ खेल मध्ये ४ खेलमा दिल्ली विजयी भएको थियो। कोलकातासंगको १ खेल बराबरी हुँदा सुपर ओभरमा दिल्ली विजयी भएको थियो।

अमित मिश्रा, रभीचन्द्रन आश्विन र अक्षर पटेल आईपीएल १३ अघि अभ्यास गर्दै

टिमको फास्ट बलिंगमा कागीसो रबाडा, किमो पौल, हर्षल पटेल र इशान्त शर्मा जस्ता भरपर्दा बलरहरु रहेका छन्। यस्तै बिग ब्यास लिगको गत सिजन ३० विकेट लिएका ड्यानियल स्याम्सको उपस्थितिले फास्ट बलिंगमा अर्को उत्कृस्ट बिकल्प टिममा छ। स्याम्स देब्रे हाते फास्ट बलर हुन्।

दिल्लीको कमजोर पक्ष 

क्रिक्इन्फोको विश्लेषण अनुसार गत सिजन दोश्रो क्वालीफायरसम्म पुगेको दिल्लीको कमजोर पक्ष ६-७ नम्बरमा आक्रामक ब्याट्सम्यानको कमि हो। गत सिजन आईपीएलमा अक्षर पटेल र शर्फेन रुथरफोर्डलाई उक्त क्रममा ब्याटिंग गराइएको थियो तर दुवै जना भरपर्दो बिकल्प बनेका थिएनन्। टिममा भित्रिएका मार्कस स्टोइनिसले माथिल्लो क्रममा राम्रो ब्याटिंग गरेका छन् भने एलेक्स केरी पनि टि-२० मा राम्रो लयमा छैनन्। दुवै ब्याट्सम्यानको आंकडाले पनि इनिंगको बीच तिरको स्पिन बलिंग बिरुद्ध र अन्तिमको ओभरहरुमा खतरनाक ब्याट्सम्यान भएको देखाउदैन।

माथिल्लो क्रममा भने पाँचौ नम्बरसम्म उदयमान भारतीय खेलाडी प्रिथ्भी शा, रिशभ पन्त तथा अनुभवी शिखर धवन र श्रेयस ऐयरको उपस्थितिले भरपर्न सकिनेछ। सिपिएल टि-२० मा तेश्रो नम्बरमा ब्याटिंग गरेका शिमरन हेटमायर पाँचौ नम्बरमा ब्याटिंग गर्न उत्तम बिकल्प रहनेछन्।

६/७ नम्बरमा ब्याट्सम्यानको कमिलाई पुरा गर्न क्रिक्इन्फोले गत सिजन तेश्रो नम्बरमा ब्याटिंग गरेका कप्तान श्रेयस ऐयरलाई चौथो नम्बरमा राख्दै मार्कस स्टोइनिस या एलेक्स केरीलाई तेश्रो नम्बरमा ब्याटिंग गराउनु पर्ने बिकल्प राखेको छ। पाँचौ नम्बरमा रिशभ पन्त, छैठौं नम्बरमा हेटमायर र सातौँ नम्बरमा अक्षर पटेललाई राखिएको छ।

इएसपीएन क्रिक्इन्फोले चुनेको सम्भावित ११ : 

१. प्रिथ्भी शा, २. शिखर धवन, ३.मार्कस स्टोइनिस/एलेक्स केरी, श्रेयस ऐयर ४. श्रेयस ऐयर ( कप्तान ) , ५. रिशभ पन्त ( विकेटकिपर ) , ६. शिमरन हेटमायर, ७. अक्षर पटेल/अमित मिश्रा, ८. किमो पौल/ड्यानियल स्याम्स, ९. रभीचन्द्रन आश्विन, १०. कागीसो रबाडा, ११. इशान्त शर्मा/हर्षल पटेल

यो पनि : 

म्याक्सवेल र केरी चम्किदा सनसनीपूर्ण खेल जित्दै अस्ट्रेलियाले जित्यो सिरिज

IPL : युएईको पिच र दिल्ली टिमबारे के भन्छन् भेट्रान लेग स्पिनर मिश्रा

गौतम गम्भीरको विश्लेषण- पहिलो खेलमा चेन्नाई भन्दा मुम्बईको ‘हात माथि’





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]