रसेल र कार्तिकको उत्कृस्ट साझेदारी : कोलकाताले बनायो १८५ रन, सन्दिपको राम्रो सुरुवात

  • विकेटनेपाल, चैत १६ , शनिवार 

इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आफ्नो तेश्रो खेलमा सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले कोलकाता नाइट राईडर्सको सामना गरिरहेको छ।

प्रतियोगितामा यस अघि खेलेको २ मध्ये दिल्लीले एकमा जित र एकमा हार बेहोरेको छ भने कोलकाता २ खेलमा दुवै जितको साथ शिर्ष स्थानमा रहेको छ।

जारि खेलमा टस जितेर दिल्लीले पहिले बलिंग गर्ने निर्णय गरेपछि दिल्लीको घरेलु मैदान फिरोजशाहमा कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १८५ रनको योगफल तयार गर्दै दिल्लीलाई १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिंग गरेको कोलकाताको सुरुवात राम्रो हुन सकेन। ओपनर निखिल नैक ७ रन तथा क्रिस लिन २० रन बनाएर आउट भए भने रोबिन उथप्पाले पनि ११ रन मात्रै बनाउन सके। निखिल राना १ रन तथा शुबमन गिल ४ रन मात्रै बनाएर आउट हुँदा कोलकाताले पहिलो ५ विकेट ६१ रनमा गुमाएको थियो।

नैकलाई सन्दिप लामिछानेले चौथो ओभरमा एलबिडब्लु धरापमा पारेका थिए भने हर्षल पटेलले उथप्पा र नितिश रानाको विकेट लिए।

५ विकेट गुमेपछि भने दिल्लीको लागि आन्द्रे रसेल र दिनेश कार्तिकले उत्कृस्ट साझेदारी गरे। छैठौं विकेटको रुपमा आक्रामक ब्याटिंग गर्ने क्रममा दुवैले ९५ रनको साझेदारी गरे।

रसेल १८ औं ओभरमा आउट हुनु अघि उनले मात्र २८ बलमा ६ छक्का र ४ चौका प्रहार गरे। यस क्रममा उनले सन्दिप लामिछानेले गरेको इनिंगको १२ औं ओभरमा लगातार २ छक्का प्रहार गरेका थिए। २३ बलमा अर्धशतक पुरा गरेका रसेललाई क्रिस मोरिसले क्याच आउट गराए।

Sandeep Lamichhane

रसेलको विकेटपछि अर्को किनारमा आक्रामक ब्याटिंग गरेका दिनेश कार्तिक पनि ५० रन बनाएर आउट भए जसले ३६ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

इनिंगको अन्तिममा पियुष चावलाले १२ रन ( ५ बलमा १ छक्का र १ चौका ) र कुलदिप यादबले १० रन बनाएपछि कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १८५ रनको योगफल तयार गर्यो ।

दिल्लीको बलिंगमा हर्षल पटेलले सर्वाधिक २ विकेट ( ४-०-४०-२ ) लिए। कागीसो रबाडा ( ४-०-४१-१ ) , क्रिस मोरिस ( ४-०-३५-१ ), अमित मिश्रा ( ४-०-३६-१ ) र सन्दिप लामिछाने ( ४-०-२९-१ ) ले समान १/१ विकेट लिए। ५ बलर मध्ये सन्दिप सबैभन्दा किफायती रहे।

 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]