सन्दिपको आइपिएल टिम दिल्लीको नाम परिवर्तन

  • विकेटनेपाल, मङ्सिर १८- मंगलवार 

नेपाली स्पिनर सन्दिप लामिछानेको इन्डियन प्रिमियर लिग टि-२० ( आइपिएल ) टिम दिल्ली डेयरडेभिल्सले टिमको नाम परिवर्तन गरेको छ।

सन् २००८ देखि लिगमा सहभागी हुँदै आएको दिल्लीले ११ सिजन प्रतियोगिता खेल्दा पनि एक पटक पनि फाइनल सम्मको यात्रा तय गर्न नसकेपछि क्लबले ठुलो कदम चालेको हो। पछिल्लो सिजन पनि खराब प्रदर्शन गरेको दिल्लीले १४ खेलमा ५ जित र ९ हार बेहोर्दै अंक तालिकाको पुछारमा रहेको थियो।

११ बर्षसम्मको दुर्भाग्य नदोहोर्याउन अब दिल्लीको नामको पछाडी डेयरडेभिल्सको सट्टा ‘क्यापिटल्स’ जोडिने भएको छ। मंगलबार एक समारोहका बीच टिमले नयाँ नाम र लोगो समेत सार्वजनिक गरेको छ।

दिल्लीले आफ्नो नाम सहित ट्यागलाइन समेत परिवर्तन गर्दै “दिस इज न्यु दिल्ली” राखेको छ।सन् २००८ मा जीएमआर ग्रुपले दिल्ली टिमलाई ८४ मिलियन अमेरिकी डलरमा किनेको थियो।

२०१९ मार्च अन्तिम साता आइपिएलको १२ औं संस्करण सुरु हुँदैछ जसको आयोजना स्थल चुवावको कारण भारत भन्दा बाहिर हुने बताईएको छ।

सन् २००८ देखि सुरुवातको २ सिजन लगातार प्रतियोगिताको सेमीफाइनलसम्म पुगेको दिल्ली त्यसपछि सन् २०१२ मा एक पटक मात्र प्ले-अफ चरण पुग्न सकेको छ।

पछिल्लो सिजन निकै खराब प्रदर्शन गरेपछि दिल्लीले १० जना खेलाडीहरुलाई रिलिज गरेको छ जसमा गौतम गम्भीर, ग्लेन म्याक्सवेल, मोहम्मद शामी जस्ता खेलाडीहरु छन् भने सनराइजर्स  हैदराबादबाट शिखर धवनलाई टिममा भित्र्याईसकेको छ।

आइपिएलको गत सिजन नेपाली स्पिनर सन्दिप लामिछानेलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा अक्सनमार्फत भित्र्याएको थियो। सन्दिपलाई यो बर्ष दिल्लीले टिममा निरन्तरता दिने निर्णय गरिसकेको छ।

सन्दिपले गत बर्ष लिगको अन्य तिर मात्रै खेल्ने मौका पाएका थिए जसमा शानदार प्रदर्शन देखाउने क्रममा ३ खेलमा ५ विकेट लिएका थिए भने ६.८३ प्रतिओभर रन दिएका थिए। त्यस क्रममा सन्दिपले मुम्बई इन्डियन्ससंग ३ विकेट तथा रोयल च्यालेन्जर्स र चेन्नाई सुपर किंग्ससंग १/१ विकेट लिएका थिए।

Sandeep Lamichhane
Sandeep Lamichhane

नेपाली लेग स्पिनरले आइपिएलमा बैंगलोर ओपनिङ्ग ब्याट्सम्यान पार्थिव पटेललाई एलबिडब्लु आउट गर्दै पहिलो विकेट लिएका थिए। त्यसपछि चेन्नाई स्टार ब्याट्सम्यान सुरेश रैनाको विकेट लिएका गुग्लि ब्वाईले मुम्बईका काइरन पोलार्ड, क्रुनाल पान्ड्या र सुर्य कुमार यादबको विकेट लिएका थिए।

आईपीएलको सोहि प्रदर्शन पछि सन्दिपले ग्लोबल टि-१० क्यानडा, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, टि-१० लिग जस्ता प्रतियोगिता खेलीसकेका छन् भने बिग ब्यास, बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिग खेल्न छनौट भइसकेका छन्।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]