दिल्लीको इतिहासकै कमजोर सुरुवात , बोल्ट र बुम्राहको घातक बलिंग

आईपीएल २०२० अन्तर्गत पहिलो क्वालीफायरमा मुम्बई इन्डीएन्सले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्सले इतिहासकै कमजोर सुरुवात गरेको छ।

फाइनल प्रवेशको लागि भएको खेलमा दिल्लीले खाता नखोल्दै ३ जना ब्याट्सम्यानलाई गुमाएको हो। पहिलो ओभरको दोश्रो बलमा पृथ्वी शलाई ट्रेन्ट बोल्टले विकेटकिपर क्विन्टन डीककबाट क्याच आउट गराउदै विकेट पतनको सुरुवात गरेका थिए। सोहि ओभरमा अजिंके रहाने पनि पाँचौ बलमा एलबिडब्लु आउट भए। लगत्तै ओभरमा शिखर धवनलाई जस्प्रित बुम्राहले बोल्ड गर्दा दिल्ली ०/३ को अवस्थामा पुग्यो।

आईपीएल इतिहासमा कुनै पनि टिमले पहिलो ३ विकेट गुमाउदा रननै नबनाएको यो पहिलो अवसर हो। यस अघि २००९ मा डेक्कन चार्जर्सले चेन्नाई बिरुद्ध तथा २०११ मा कोची टस्कर्स केरलाले डेक्कन बिरुद्ध मात्र १ रन बनाउदा ३ विकेट गुमाएको थियो। खाता नखोल्दै ३ विकेट गुमे पछि दिल्लीले लज्जास्पद कीर्तिमान बनाएको छ।

यो समाचार तयार पार्दासम्म दिल्लीले चौथो विकेट पनि गुमाइसकेको छ। ४ ओभरमा दिल्लीले २० रन बनाउदा ४ विकेट गुमाएको छ। कप्तान श्रेयस ऐयर १२ रन बनाएर आउट भएका छन्।

ट्रेन्ट बोल्ट ( २-१-९-२ ) र जस्प्रित बुम्राह ( २-०-११-२ ) ले समान २/२ विकेट लिएका छन्।

फोटोहरुमा हेर्नुस 

https://wicketnepal.com/1st-qf-1st-inn-mi-vs-dc-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy