सन्दिपको उत्कृस्ट बलिंग, पन्जाबले दियो १६४ रनको लक्ष्य

इन्डियन प्रिमियर लिग अन्तर्गत ३७ औं खेलमा दिल्ली क्यापिटल र किंग्स-११ पन्जाब प्रतिस्पर्धा गरिरहेका छन्।

दिल्लीको घरेलु मैदान फिरोजशाह कोटला मैदानमा जारि खेलमा टस जितेर दिल्लीले बलिंग रोजेपछि ब्याटिंग गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको छ।

पन्जाबको लागि ओपनर क्रिस गेलले सर्वाधिक ६९ रन बनाए जुन क्रममा ३७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। यस्तै मन्दिप सिंहले ३० ( २७ बलमा १ चौका र १ छक्का ), हर्प्रित ब्रारले अविजित २० ( १२ बलमा २ चौका र १ छक्का ) र कप्तान रभीचन्द्रन आश्विनले १६ रन बनाए।

दिल्लीको बलिंगमा सन्दिप लामीछानेले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ४० रन खर्चिए। नेपाली स्पिनरले यस क्रम मा क्रिस गेलको महत्वपूर्ण विकेट लिए। यस्तै केएल राहुल र स्याम करनलाई पनि सन्दिपले विकेट लिंदै दिल्लीको लागि महत्वपूर्ण योगदान दिए।

कागीसो रबाडा ( ४-०-२३-२ ) र अक्षर पटेलले ( ३-०-२२-२ ) २/२ विकेट लिए।

Sandeep Lamichhane

प्रतियोगिता अन्तर्गत दिल्ली अंकतालिकामा ९ खेलमा ५ जित र ४ हार बेहोर्दै तेश्रो स्थानमा रहेको छ भने पन्जाब पनि समान जित/हार सहित दिल्ली भन्दा नेट-रन रेटमा पछि पर्दै चौथो स्थानमा रहेको छ। आज जसले जित्छ त्यो अंकतालिकामा अघि हुनेछ। चेन्नाई १४ अंक सहित पहिलो र मुम्बई १२ अंक सहित तालिकाको दोश्रो स्थानमा रहेको छ।

प्रतियोगितामा दिल्लीले हालसम्म मुम्बई, कोलकाता ( २ पटक ) , बैंगलोर र हैदराबादलाई पराजित गरिसकेको छ भने मुम्बई, हैदराबाद, चेन्नाई र पन्जाबसंग १/१ खेलमा हार बेहोरेको छ।

यस्तो रह्यो सन्दिपको बलिंग

सन्दिपको पहिलो ओभर : ११ रन र १ विकेट ( ६ , ० , ४ , विकेट , ० , १ )

इनिंगको दोश्रो ओभरमा बलिंग गर्न आएका सन्दिपलाई पहिलो बलमा केएल राहुलले विशाल छक्का प्रहार गरे। त्यसपछि तेश्रो बलमा पनि राहुलले चौका हिर्काए। चौथो बलमा सन्दिपले राहुललाई स्टम्प आउट गर्दै बदला लिए।

दोश्रो ओभर : १६ रन ( ४ , ० , ४ , ० , ४ , ४ )

लगत्तै स्पेलमा बलिंग गरेका सन्दिपलाई क्रिस गेलले ओभरको पहिलो, तेश्रो, पाँचौ र छैठौं बलमा गरि ४ चौका प्रहार गरे। २ बल डट गरे पनि सन्दिपले १६ रन खर्चिए।

तेश्रो ओभर : ६ रन र २ विकेट ( ६ , विकेट , ० , ० , ० , विकेट )

पहिलो २ ओभरमा २७ रन खर्चेका सन्दिप १३ औं ओभरमा तेश्रो ओभर गर्न आए। पहिलो बलमै क्रिस गेलले छक्का प्रहार गर्दै सन्दिपको स्वागत गरे। सन्दिपलाई अघिल्लो ओभरमा ४ चौका र यस ओभरमा छक्काले स्वागत गरे पछि ओभरको दोश्रो बलमा गेललाई क्याच आउट गराउदै सन्दिपले बदला लिए।

ठुलो सट खेल्ने चक्कारमा खतरनाक बन्दै गएका गेल लंग अनमा क्याच आउट भए। गेलले ६९ रन बनाईसकेका थिए।

गेलको विकेट पछि नयाँ ब्याट्सम्यान स्याम करनलाई लगातार ३ बल सन्दिपले डट गरे। ओभरको अन्तिम बलमा करनलाई सन्दिपले आफ्नै बलमा आफैले क्याच आउट गरे र तेश्रो विकेट लिए। ओभरमा ६ रन खर्चेका सन्दिपले ५ बलमा रन दिएनन् र गेल र करनको विकेट लिए।

चौथो ओभर : ७ रन ( १ , ४ , ० , १ , ० , १ )

१५ औ ओभरमा स्पेलको अन्तिम ओभर गरेका सन्दिपको दोश्रो बलमा आश्विनले चौका प्रहार गरे जसपछि कसिलो बलिंग गरे। ओभरको अन्तिम बलमा सन्दिपको बलमा रबाडाले क्याच मिस गर्दा चौथो विकेट लिने मौका गुमाए। ४ ओभरमा ४० रन खर्चेर सन्दिपले ३ विकेट लिए।





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]