दिल्लीको पहिलो खेल पन्जाबसंग, सन्दिपले पाउलान त मौका ?

  • विकेटनेपाल, २५ चैत  – आइतबार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबारको पहिलो खेलमा दिल्ली डेयरडेभिल्स र किंग्स एघार पन्जाब प्रतिस्पर्धा गर्दैछन्।  पन्जाबको घरेलु मैदान मोहालीमा हुने खेल नेपाली समय अनुसार दिउसो ४:१५ बजेबाट सुरु हुनेछ। शनिबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा २ बर्षपछी फर्किएको चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्स बिरुद्द सनसनीपूर्ण १ विकेटको जित निकालेको थियो।

दिल्ली डेयरडेभिल्सका लागि कोलकत्ता नाइट राईडर्सलाई २ पटक उपाधी दिलाएका गौतम गम्भीरले कप्तानी गर्ने छन् भने अर्कोतर्फ प्रतियोगितामा एकमात्र बलर-कप्तानका रुपमा रहेका रविचन्द्रन आश्विनले जिम्मेवारी सम्हाल्ने छन्। दिल्लीले आफ्नो पहिलो खेल खेल्न लाग्दा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले खेल्न पाउलान् भन्ने प्रश्न महत्वपूर्ण बनेको छ-

सन्दिपले पाउलान् त मौका ?

आईपीएल ११ औं संस्करणसम्म आइपुग्दा नेपाली क्रिकेट फ्यानहरुले सबैभन्दा नजिकबाट नियालेको संस्करण यो नै हो। नेपालका युवा खेलाडी सन्दिप लामिछानेले पहिलो पल्ट विश्वकै चर्चित लिगमा नेपाली खेलाडीको प्रतिनिधित्व गर्दैछन्।

सन्दिपलाई गौतम गम्भीरको कप्तानीमा रहेको दिल्ली डेयरडेभिल्सले भारतीय रुपैयाँ २० लाखमा अनुबन्ध गरेको थियो सोहि अनुरुप उनि एक हप्ता देखि टिमको अभ्यासमा ब्यस्त छन्। तर प्रतियोगिताको दिनसम्म आइपुग्दा धेरै नेपालीको मनमा सन्दिप पहिलो रोजाईको एघारजना भित्र पर्लान वा नपर्लान भन्ने उत्सुकता रहेको छ।

Sandeep Lamichhane
Sandeep Lamichhane

आइपिएलको नियम अनुसार प्रत्येक टिमले पहिलो रोजाईको एघार जनामध्ये बढीमा ४ जना बिदेशी खेलाडीहरु राख्न पाउँछन् र सन्दिप पनि बिदेशी खेलाडीको रुपमा टिममा रहेका छन्। सन्दिप बाहेक दिल्लीको टिममा रहेका बिदेशी खेलाडीहरुमा जेसन रोए, कोलिन मुन्द्रो, क्रिस मोरिस, ट्रेन्ट बोल्ट, डानियल क्रिस्टियान, सन्दिप लामिछाने, लियाम प्लंकेट (कागीसो रबाडा घाइते भएपछी मौका पाएका ) र ग्लेन म्याक्सवेल रहेका छन्।

सन्दिपको लागि चुनौती भनेको दिल्लीसँग पहिलेनै लेग स्पिनरको रुपमा भारतकै अनुभवी खेलाडी अमित मिश्र रहेका छन्। सन्दिपले खेल्ने अवसर पाउनको लागि अमित मिश्रको प्रदर्शनमात्रै नभएर पिच पनि स्पिनरलाई मद्दत मिल्ने हुनुपर्छ। सन्दिप र मिश्रा दुवै रिस्ट लेग स्पिनर हुनाले अन्तिम ११ मा दुवै जनाले मौका पाउने सम्भावना कम रहन्छ।

केहि दिन अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै दिल्लीका बर्तमान प्रशिक्षक तथा अस्ट्रेलियाका पुर्वकप्तान रिक्की पोंटिंगले सन्दिपले अभ्यास खेलहरुमा उनले आफुलाई सुधार गर्दै लगेको र प्रतियोगिताको कुनै भागमा खेल्ने अवसर पाउन सक्ने जनाएका थिए। आईपीएलको पहिलो खेलमा २० बर्षिय मुम्बईका रिस्ट लेग स्पिनर मायाँक मार्कन्डेले ३ विकेट लिएपछि नेपाली स्पिनरले पनि मौका पाउन सक्ने बिश्वास नेपाली फ्यानहरुले गरेका छन्।

दिल्लीकै विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल आफ्नै काम बिशेषले पहिलो खेल गुमाउने छन् तर सन्दिपले खेल्न पाउलान् भन्ने कुरामा त्यति बिस्वस्त हुन सकिँदैन तर पनि सुरुवाती खेलहरुमा खेल्न दिएर आक्रामक कप्तानको रुपमा आफुलाई परिचित गराएका गौतम गम्भीरले सन्दिपलाई मौका नदेलान् भन्न सकिन्न।

बिभिन्न अन्तर्राष्ट्रिय क्रिकेट वेबसाइटहरुले सन्दिप अन्तिम ११ मा पर्न सक्ने सम्भावना कम रहेको लेखेको छ। क्रिक्इन्फोले खेल अघि सम्भावित अन्तिम ११ मा अमित मिश्रालाई राखेको छ भने ४ जना बिदेशी खेलाडीहरुमा कोलिन मुनरो, जेसन रोय, क्रिस मोरिस र ट्रेन्ट बोल्टलाई राखेको छ।

दिल्लीको टिम:

ब्याट्सम्यान- गौतम गंभीर, जेसन रोय, कोलिन मुनरो, श्रेयस अय्यर, ऋषभ पंत, नमन ओझा, पृथ्वी शा, गुरकीरत सिंह, मनजोत कालरा
बलर- अमित मिश्रा, मोहम्मद शमी, लियाम प्लंकेट , ट्रेंट बोल्ट, शाबाज नदीम, आवेश खान, सन्दिप लामिछाने, हर्षल पटेल, सयान घोष
अलराउण्डर- ग्लेन म्याक्सवेल, क्रिस मोरिस, जयंत यादव, डेनियल क्रिश्चियन, विजयशंकर, अभिषेक शर्मा, राहुल तेवतिया

पन्जाबको टिम:

ब्याट्सम्यान- क्रिस गेल, एरोन फिंच, के एल राहुल, मयंक अग्रवाल, करुण नायर, डेविड मिलर, मनोज तिवारी, युवराज सिंह, आकाशदीप नाथ
बलर- आर अश्विन, एंड्र्यू टाय, मोहित शर्मा, बरिंदर सरां, मुजीब जादरान, बेन ड्वेरश्यिस, अंकित राजपूत, मयंक डागर
अलराउण्डर-मार्कस स्टोयनिस, अक्षर पटेल, प्रदीप साहू, मंजूर डार

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy