बैंगलोरलाई पराजित गर्दै दिल्ली शिर्षस्थानमा, सन्दिप आईपीएलमा पहिलोपटक विकेटविहिन

  • विकेटनेपाल, बैशाख-१५ , आइतबार 

इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत ४६ औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई १६ रनले पराजित गरेको छ।

जितसंगै दिल्ली आईपीएल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। १२ खेल खेल्दा दिल्लीको ८ जित र ४ हार रहेको छ। समान खेलमा समान जित/हार भए पनि दिल्ली नेट-रन रेटमा चेन्नाई भन्दा अघि रहेको छ। हार पछि बैंगलोर ४ जित र ८ हार बेहोर्दै ८ अंकका साथ पुछारमा रहेको छ।

दिल्लीको घरेलु मैदान फिरोजशाह कोटलामा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै दिल्लीले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्रै बनाउन सक्यो।

बैंगलोरको लागि पार्थिभ पटेलले सर्वाधिक ३९ रन ( २० बलमा ७ चौका र १ छक्का ) प्रहार गरे। यस्तै गुरकिरत सिंह मानले २७ तथा मार्कस स्टोइनिसले अविजित ३२ ( २४ बलमा २ छक्का र १ चौका ) बनाए।

अन्तिम ३ ओभरमा बैंगलोरलाई जित्न ३६ रन आवस्यक रहेको बेला १८ औं ओभरमा कागीसो रबाडाले ६ रन, १९ औं ओभरमा इशान्त शर्माले मात्र ४ रन र अन्तिम ओभरमा रबाडाले ९ रन मात्रै खर्चिए पछि दिल्लीले जित हाँसिल गरेको थियो।

रबाडाले २ विकेट ( ४-०-३१-२ ) तथा अमित मिश्राले २ विकेट ( ४-०-२९-२ ) हात पारे। इशान्त शर्मा, अक्षर पटेल र शेरफेन रुथरफोर्डले १/१ विकेट लिए। सन्दिप लामिछाने विकेटविहिन रहे।

 दिल्लीको ब्याटिंग : धवन र श्रेयसको अर्धशतक 

टस जितेर ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८७ रनको योगफल तयार गरेको थियो।

ओपनर शिखर धवन र तेश्रो नम्बरमा ब्याटिंग गरेका कप्तान श्रेयस ऐयरले दिल्लीको ब्याटिंगमा अर्धशतकीय योगदान दिए।

पहिलो विकेटको रुपमा प्रिथ्भी शा १८ रन ( १० बलमा ४ चौका ) बनाएर आउट भएपछि दोश्रो विकेटको लागि धवन र ऐयरले ६८ रनको साझेदारी गरे। धवनले ३७ बलमा ५ चौका र २ छक्का तथा ऐयरले ३७ बलमै २ चौका र ३ छक्का प्रहार गरे।

धवन र ऐरको विकेटपछि इनिंगको अन्तिममा शेरफेन रुथरफोर्ड र अक्षर पटेलले आक्रामक इनिंग खेलेका थिए। रुथरफोर्डले अविजित २८ रन ( १३ बलमा १ चौका र ३ छक्का ) तथा पटेलले १६ रन ( ९ बलमा ३ चौका ) बनाए।

बैंगलोर बलर युज्भेंद्र चाहलले २ विकेट ( ४-०-४१-२ ) लिए भने उमेश यादब वासिंगटन सुन्दर, नभ्दिप सैनीले १/१ विकेट लिए।

सन्दिप लामिछाने आईपीएलमा पहिलो पटक विकेट विहिन 

पहिलो ओभर – १५ रन ( ४ , ४ , १ , १ , ४ , १ )

तेश्रो ओभरमा व्यक्तिगत पहिलो ओभर गर्ने क्रममा सन्दिपले १५ रन खर्चिए । यस क्रममा पार्थिभ पटेलले ओभरको पहिलो दोश्रो र पाँचौ बलमा चौका हिर्काए।

दोश्रो ओभर – ११ रन ( १ , १ , १ , १ , १ , ६ )

Sandeep Lamichhane

११ औं ओभरमा दोश्रो ओभर गर्ने क्रममा सन्दिपले पहिलो ५ बलमा १/१ रन मात्रै दिए पनि अन्तिम बलल शिभम दुबेले छक्का प्रहार गरे।

तेश्रो ओभर – १० रन ( ० , ६ , १ , १ , १ , १ )

१६ औं ओभरमा बलिंग गर्ने क्रममा सन्दिपलाई दोश्रो बलमा मार्कस स्टोइनिसले छक्का प्रहार गरे। अन्य बलमा भने ठुलो सट खेल्न ब्याट्सम्यान असफल रहे।

३ ओभर बलिंग गर्ने क्रममा सन्दिपले ३६ रन खर्चिए र विकेटविहिन रहे।

आईपीएल इतिहासमा नवौं खेल खेल्ने क्रममा सन्दिप पहिलो पटक विकेटविहिन रहे। यस भन्दा अघि कुनै पनि खेलमा सन्दिप खालीहात हुनु परेको थिएन।

सन्दिपको यो सिजन प्रदर्शन :- 

बिरुद्ध : कोलकाता नाइट राइडर्स – १ विकेट ( ४-०-२९-१ )
बिरुद्ध : किंग्स-११ पन्जाब – २ विकेट ( ४-०-२७-२ )
बिरुद्ध – सनराइजर्स हैदराबाद – १ विकेट ( ४-०-३२-१ )
बिरुद्ध – रोयल च्यालेन्जर्स बैंगलोर – १ विकेट ( ४-०-४६-१ )
बिरुद्ध – किंग्स-११ पन्जाब – ३ विकेट ( ४-०-४०-३ )

सन्दिपको गत सिजन प्रदर्शन 

बिरुद्ध – रोयल च्यालेन्जर्स बैंगलोर – १ विकेट ( ४-०-२५-१ )
बिरुद्ध – चेन्नाई सुपर किंग्स – १ विकेट ( ४-०-२१-१ )
बिरुद्ध – मुम्बाई इन्डीएन्स – ३ विकेट ( ४-०-३६-३ )





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]