रहानेको शतकका बाबजुत राजस्थान पराजित, दिल्ली शीर्ष स्थानमा

  • विकेटनेपाल, वैशाख १० – मंगलबार

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ। राजस्थानलाई पराजित गरेसँगै सन्दीप लामिछाने बिना नै मैदानमा उत्रिएको दिल्ली अंकतालिकाको शीर्ष स्थानमा समेत पुगेको छ।

१९२ रनको लक्ष्य पछ्याएको दिल्लीलाई जितको लागि अन्तिम २ ओभरमा १७ रन आवश्यक रहेको बेला जोफ्रा आर्चरले गरेको १९ औं ओभरमा पन्तले एक छक्का सहित ९ रन जोडे भने जम्मा ११ रन आयो। त्यसपछि अन्तिम ओभरमा जितको लागि ६ रन आवश्यक रहँदा दोश्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जित सहित अंक तालिकाको शीर्ष स्थानमा पुर्याए।

दिल्लीले अहिलेसम्म ११ खेल खेल्दै ७ जित सहित १४ अंक बनाएको छ। त्यस्तै चेन्नई सुपर किंग्सको ९ खेलबाट समान १४ अंक रहेपनि नेट रनरेटको आधारमा दोश्रो स्थानमा रहेको छ। क्रमश:  मुम्बई, पन्जाब, हैदरावाद, कोलकाता, राजस्थान र बैंगलोर रहेका छन्।

ऋषब पन्तको सम्हालिएको आक्रामक पारि

राजस्थानको घरेलु मैदानमा राजस्थानले दिएको १९२ रनको लक्ष्य पछ्याएको दिल्लीले ४ बल अगावै मात्र ४ विकेटको क्षतिमा पुरा गर्यो। उसका लागि ओपनर शिखर धवन र पृथ्वी शा ले सानदार सुरुवात दिलाए। उनीहरुले मार ७.३ ओभरमा ७२ रनको साझेदारी गरेका थिए।

पहिलो विकेटको रुपमा आउट हुनुपुर्व धवनले मात्र २७ बलको सामना गर्दै ५४ रन बनाए। उनले ८ चौका र २ छक्का हानेका थिए। त्यस लगत्तै कप्तान श्रेयस ऐयर मात्र ४ रन बनाएर आउट भए।

तेस्रो विकेटको लागि पृथ्वी शा ले ऋषब पन्तसँग मिलेर ८७ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए। शा ४२ रन (३९ बल, ४ चौका, १ छक्का) बनाएर आउट भए। लगत्तै शेराफाने रदरफोर्ड पनि आक्रामक ११ रन (५ बल, १ चौका, १ छक्का) बनाएर आउट भए।

अघिल्ला खेलहरुमा मुख्य समयमा आएर विकेट गुमाउने भन्दै आलोचना व्यहोरेका ऋषब पन्तले यो खेलमा अन्तिम सम्म रहँदै विजय रन समेत प्रहार गरे। उनले अविजित ७८ रनको पारि खेल्दा ३६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। अर्कोतर्फ कोलिन इन्ग्राम ५ बलमा ३ रन बनाएर अविजित रहे।

बलिंगतर्फ राजस्थानका लागि श्रेयस गोपाल (४-०-४७-२)ले २ विकेट तथा धवल कुलकार्नी र रियान परागले समान १/१ विकेट लिए।

रहानेको शतक 

सवाईमान सिंह स्टेडियम जयपुरमा भएको खेलमा खेलमा दिल्लीले टस जितेर राजस्थानलाई ब्याटिंगको निम्तो दियो।

ओपनर सन्जु स्यामसन खाता नखोली रन आउट भए पछि दोश्रो विकेटको लागि कप्तान स्टिभ स्मिथ र अजिंके रहानेले शतकीय साझेदारी गरे।

१४ औं ओभरमा  आउट हुनु अघि स्मिथले ५० रन बनाए। ३२ बलमा उनले ८ चौका प्रहार गरे। स्मिथको विकेट पछि पनि रहानेले इनिंग सम्हालीरहे।

रहानेले १७ औं ओभरमा आईपीएलमा आफ्नो दोश्रो शतक पुरा गरे। ५६ बलमा उनले शतक पुरा गरे। अन्तिमसम्म अविजित रहाने क्रममा उनले ६३ बलमा ११ चौका र ३ छक्का मदतले १०५ रन बनाए।

२० ओभरमा राजस्थानले ६ विकेट गुमाएर १९१ रनको योगफल तयार गर्यो।

दिल्लीको लागि कागीसो रबाडाले सर्वाधिक २ विकेट ( ४-०-३७-२ ) लिए भने इशान्त शर्मा ( ४-०-२९-१ ) , अक्षर पटेल ( ४-०-३९-१ ) र क्रिस मोरिस ( ४-०-४१-१ ) ले १/१ विकेट लिए।





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]