आईपीएल खेल्ने सपना पुरा नहुँदा २७ वर्षीय मुम्बई क्रिकेटरले जीवन त्यागे

मुम्बईका माथिल्लो स्तरका क्लब क्रिकेटरले सोमबार राति आत्महत्या गरेको बताईएको छ। २७ वर्षीय करन तिवारी मुम्बई स्थित आफ्नै फ्ल्याटको कोठामा सिलिंग फ्यानमा झुण्डिएको अवस्थामा भेटिएका थिए।

मिड-डे मा प्रकाशित एक रिपोर्टले तिवारीको साथिलाई इंगित गर्दै उनको आत्महत्याको कारण इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा छनोट हुने प्रयास असफल हुनु रहेको छ। उनको व्यवसायिक क्रिकेट करियर अपेक्षाकृत रुपमा अघि नबढेका कारण उनि डिप्रेसनमा रहेका थिए।

स्थानीय पुलिसले उनको आत्महत्याको कारण बारे अनुसन्धान गरिरहेको छ। तिवारीले सुसाइड नोट छोडेका छैनन्। मध्यम वर्गीय परिवारका उनि आफ्नो आमा र भाइसंग बस्दै आएका थिए।

पुलिसका अनुसार उनले राजस्थानमा रहेको एक साथिसंग आफ्नो मानसिक अवस्था र कम अवसर पाएको बारे गुनासो गरेको र आत्महत्याको विचार आएको बताएका थिए। उक्त साथीले करनको राजस्थानमा बस्ने दिदिलाई फोन गर्दै उनको अवस्थाबारे जानकारी गराएका थिए। त्यसपछि दिदिले आमालाई उनको अवस्था बारे जानकारी गराएकी थिईन्। तर त्यतिन्जेल ढिला भैसकेको थियो। सोमबार राति १०:३० बजे करनले डिनर गरिसकेपछि आफ्नो रुम भित्रबाट बन्द गरिसकेका थिए। धोका फोडेर भित्र जाँदा उनि मृत अवस्थामा थिए।

करन तिवारी मुम्बईको क्लब क्रिकेट वृतमा ‘जुनियर स्टेन’ नामले परिचित थिए जसको बलिंग याक्सन दक्षिण अफ्रिकी महान बलर डेल स्टेनसंग मिल्दोजुल्दो रहेको थियो।

भारतीय क्रिकेटर आशिष नेहरासंग तिवारी

टाइम्सनाउका अनुसार उनको नजिकको मित्र रहेका कलाकार जितु बर्माले करन केहि वर्ष देखि लगातार आफ्नो खेलमा संघर्ष गरिरहेका थिए। मुम्बईका प्रशिक्षक विनायक सामन्तका अनुसार करनले राम्रो क्लबबाट खेल्नको लागि निकै मेहनत गरिरहेका थिए।

करनले मुम्बईको सिनियर क्रिकेट टिमको लागि खेल्ने मौका पाएका थिएनन् तर मुम्बईका ब्याट्सम्यानहरुलाई पछिलो केहि वर्ष देखि नेटमा बलिंग गर्दै आएका थिए। यस क्रममा उनले आईपीएल टिमहरुले मुम्बईको वानखेडे स्टेडियममा खेलहरु खेल्दा नेटमा बलिंग गर्ने गरेका थिए।

तिवारी मुम्बईको स्टेट टिममा स्थान बनाउने प्रयास गरिरहेका थिए जहाँबाट उनको आईपीएल खेल्ने ढोका खुल्न सक्थ्यो। भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) को नियम अनुसार भारतको कुनै पनि स्टेट टिमको लागि कम्तिमा कुनै पनि उमेर समुहको प्रतिनिधित्व गरेको खेलाडी मात्र आईपीएलको अक्सनमा समावेश हुने मौका पाउछ।

२०२० सिजनको आईपीएल सेप्टेम्बर १९ देखि युएईमा आयोजना हुँदैछ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]