प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ ।

आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि क्यानले भारतीय प्रशिक्षक मोन्टी देसाइको मासिक तलब नियुक्त भएको दुई महिना नपुग्दै २० प्रतिशतले बढाएको हो ।

यसअघि मासिक १० हजार डलर पाउने सम्झौता रहेकोमा अब उनले मासिक १२ हजार डलर (करिब १६ लाख रुपैयाँ) पाउने छन् । आउँदो अप्रिल १ बाट उनको नयाँ तलबमान कार्यान्वयन हुने बताइएको छ ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले यसअघि सम्झौता गर्दा नै नेपालले एक दिवसीय मान्यता जोगाउन सफल भएको खण्डमा तलब बढाउने समझदारी रहेको बताए । गत माघ २३ गते देसाइलाई क्रिकेट सङ्घले प्रमुख प्रशिक्षकमा नियुक्ति गरेका थियो ।

देसाइको प्रशिक्षणबाट नेपालले घरेलु मैदानमा २ वटा र यूएईमा एउटा एक दिवसीय शृङ्खला खेलेको छ । घरेलु मैदानमा भएका दुवै शृङ्खला नेपालले क्लीन स्वीप गर्न सफल भयो । यसैगरी यूएईमा भएका ४ म्याच मध्ये तीन वटा नेपालले जितेको थियो ।

समग्रमा देसाइको प्रशिक्षणमा नेपालले खेलेका १२ खेलमा ११ वटामा जित हासिल गरेको छ । यही प्रदर्शनको बलमा नेपालले जिम्बाबेमा हुने विश्वकप क्वालिफायर्समा स्थान पक्का गरेको हो ।

राष्ट्रिय टोलीले चमत्कारिक प्रदर्शन गर्दै दुई महत्त्वपूर्ण सफलता हासिल गरेपछि क्रिकेट समर्थकहरूमाझ देसाइ लोकप्रिय बनिरहेका छन् । क्यानले पनि छिट्टै तलब बढाएर उनलाई पुरस्कृत गरेको छ ।





थप समाचार

कोहलीको अर्धशतकमा कोलकातालाई १ सय ८३ रनको लक्ष्य

काठमाडौं । विराट कोहलीको अर्धशतकको सहयोगमा १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले कोलकाता नाईटराईडर्सलाई […]

बम कीर्तिमानी शतकका बाबजुत नेपाल ए पराजित

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकका बाबजुत आयरल्यान्ड वुल्भ्सले नेपालविरुद्ध तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा जित निकालेको छ । […]

नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल ए ले जितका लागि २ सय २३ रनको लक्ष्य […]

एसएस एभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

काठमाडौं । एसएस एभेन्ट्स प्राली र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको […]

कमलले लिए दोस्रो बलमा विकेट

काठमाडौं । नेपाल ए का तीव्र गतिका बलर कमलसिंह ऐरीले ईनिङको दोस्रो बलमा नै विकेट लिएका छन् । कमलले कप्तान […]

नेपाल ए र आयरल्यान्ड वल्भ्सबीचको पहिलो खेल आज

काठमाडौं । नेपाल ए र आयरल्यान्ड वल्भ्सबीचको टी-ट्वान्टी सिरिजको पहिलो खेल आज (शुक्रबार) हुदैछ। यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका […]