यु-१९ क्रिकेट टिमको कप्तानी देव खनाललाई, गुल्सनको स्थानमा आकाश

यु-१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले खनाललाई कप्तान चयन गरेका हुन् ।

यसअघिका कप्तान गुल्सन युएईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टु को श्रृङ्खलाका लागि सिनियर टिममै रहने भएपछि देवलाई जिम्मेवारी दिइएको क्यानले जनाएको छ ।

यस्तै क्यानले गुल्सनको स्थानमा आर्मी क्लबका फास्ट बलर आकाश चन्दलाई बोलाइएको छ । चन्दले यस अघिनै नेपाली यु -१९ टिमबाट खेलिसकेका छन्।

प्रतियोगितामा नेपाल सहित कुवेत, मलेसिया, युएई, हंगकंग र सिंगापुर प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको विजेता टिम २०२४ मा श्रीलंकामा आयोजना हुने यु-१९ विश्वकप खेल्न छनोट हुनेछ। सन् २०१६ पछि नेपाल यु-१९ विश्वकपमा छनोट हुन सकेको छैन।

तालिका अनुसार नेपालले पहिलो खेल फेब्रुअरी २४ तारिखमा सिंगापुरसंग खेल्नेछ। दोश्रो खेल फेब्रुअरी २५ मा कुवेतसंग, तेश्रो खेलमा फेब्रुअरी २७ मा हंगकंगसंग, चौंथो खेल फेब्रुअरी २८ तारिखमा मलेसियासंग तथा पाँचौ खेल मार्च २ तारिखमा युएईसंग खेल्ने तालिका छ। खेलहरु अजमान स्थित मलेक ग्राउण्ड र इडन गार्डेनमा खेलिनेछ।

प्रतियोगितामा सहभागी सबै टिमले एक अर्का विरुद्ध एक/एक खेल खेलेपछि अंकतालिकाको शिर्षमा हुने एक टिम यु-१९ विश्वकप खेल्न छनोट हुनेछ।

नेपाल क्रिकेट संघ ( क्यान ) ले प्रतियोगिताको लागि १४ सदस्यीय टिमको घोषणा गरिसकेको छ।

नेपाली टिम : देव खनाल ( कप्तान ) आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा ( क ) , दिपक बोहरा ( ख ) , उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा, आकाश चन्द

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy