U19 Asia Cup : देवको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा

डिसेम्बर २३ तारिख देखि युएईमा सुरु हुने अन्डर-१९ एसिया कप प्रतियोगितामा सहभागी हुने नेपाली अन्डर-१९ राष्ट्रिय टोलिको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ ( क्यान ) ले घोषित गरेको १५ सदस्यीय टोलिको कप्तानमा देव खनाल तथा उपकप्तान शेर मल्ल रहेका छन्। खनालको नेतृत्वमा लुम्बिनी प्रदेशले यु-१९ राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको थियो।

घोषित टिममा २० सदस्यीय बन्द प्रशिक्षणमा रहेका मोहम्मद हुसेन, सोनु अन्सारी, कमल परियार, अनुज चनारा, बसन्त कार्की र बिपिन शाहीले भने स्थान बनाउन सकेनन्। यु-१९ राष्ट्रिय प्रतियोगितामा उत्कृस्ट खेलाडी चुनिएका हुसेन बन्द प्रशिक्षणका दौरान घाइते भएका कारण उनको स्थानमा बन्द प्रशिक्षणमा मौका पाएका देब्रे हाते पेसर दुर्गेश गुप्ताले भने टिममा स्थान पाएका छन्।

घोषित टिममा ब्याट्सम्यानको रुपमा कप्तान देव खनाल सहित, विवेक राना मगर, सन्तोष कार्की, आदील अन्सारी, अर्जुन कुमाल, अर्जुन साउद र राहुल भण्डारी रहेका छन्। यस्तै फास्ट बलिंग अलराउण्डर बिबेक यादव, गुल्सन झा र प्रकाश जैसी तथा स्पिन अलराउण्डर शेर मल्ल, दिपेश कंडेल, बसिर एहमद टिममा छन्। देब्रे हाते पेसर दुर्गेश गुप्ता, लेग स्पिनर तिलक राज भण्डारी मुख्य बलरको भूमीकामा छन्।

घोषित यु-१९ राष्ट्रिय टिम : देव खनाल ( कप्तान ) , शेर मल्ल ( उपकप्तान ) , दिपेश कंडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदील अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वसिर एहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी

टिमको मूख्य प्रशिक्षक पूर्व राष्ट्रिय क्रिकेटर समेत रहेका वसन्त शाही र व्यवस्थापकमा धर्मराज गिरि रहेका छन्।

एकदिवसीय फर्म्याटमा खेलिने प्रतियोगितामा नेपाल, युएई र कुवेत बाहेक अन्य ५ एसियाली टेस्ट राष्ट्र भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्।

नेपाल रहेको समुह ‘बि’ यु-१९ विश्वकप डिफेन्डिङ च्याम्पियन बंगलादेश सहित श्रीलंका र कुवेत छ। समुह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत, पाकिस्तान, अफगानिस्तान र युएई रहेका छन्। समुह चरणमा आफ्न समुहमा सबै ४ टिमले एक अर्का बिरुद्ध एक-एक खेल खेलेपछि समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछ।

समुह चरणमा नेपालले पहिलो खेल बंगलादेशसंग २३ डिसेम्बरमा, दोश्रो खेल श्रीलंकासंग २६ डिसेम्बरमा तथा कुवेतसंग २८ डिसेम्बरमा खेल्ने तालिका छ। खेलहरु नेपाली समय ११:१५ बजे बिहान सुरु हुनेछ। नेपाल र समुह ‘बि’ क सबै टिमले सम्पूर्ण खेलहरु शारजाह क्रिकेट स्टेडियममा खेलेछ। समुह ‘ए’ को सबै खेलहरु दुबई स्थित आईसीसी क्रिकेट एकेडेमी मैदानमा खेलिनेछ। प्रतियोगिताको दुवै सेमीफाइनल ३० डिसेम्बरमा तथा फाइनल खेल जनवरी १ तारिखमा खेलिनेछ।

प्रतियोगितामा सहभागी हुन् नेपाल डिसेम्बर २० तारिखमा युएई प्रस्थान गर्ने क्यान श्रोतले बताएको छ। टिम युएईमा एक दिन क्वारेन्टाइन बस्नेछ जुन दौरान खेलाडीहरुको कोभिड-१९ टेस्ट हुनेछ। डिसेम्बर २२ तारिखमा टिमले अभ्यास गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy