धमलाको आक्रामक अर्धशतक मदतले पुलिस फाइनलमा : आरपीएल टि-२०

( फिचर फोटो – फाइल )

  • विकेटनेपाल, असोज २२ 

सुनिल धमलाले आक्रामक अर्धशतकीय पारि खेलेपछि रौतहटमा जारि रौतहट प्रिमियर लिग ( आरपीएल ) टि-२० अन्तर्गत सोमबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा नेपाल पुलिस क्लबले मलपोखरी क्रिकेट क्लबलाई ७६ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।

नेपाल पुलिस क्लबलाई फाइनलमा पुर्याउनको लागि ओपनर ब्याट्सम्यान धमलाले ७८ रनको पारि खेल्नेक्रममा ५५ बलमा १० चौका र ३ छक्का प्रहार गरे। म्यान अफ द म्याच समेत घोषित उनले बलिंगतर्फ पनि २ विकेट लिने क्रममा ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चे।

टस जितेर पहिले ब्याटिंग गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रनको योगफल तयार पारेको थियो। उसका लागि कप्तान मन्जीत श्रेष्ठले आक्रामक २८ रन बनाउने क्रममा १४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै कुशल भुर्तेलले १६ रन (८ बल), दिलिप नाथले १३ रन (२५ बल), अमित श्रेष्ठले १० रन (१५ बल) बनाए। सिद्धान्त लोहनी २ बलको सामना गर्दै १ रनमा आउट भए।

बलिंगतर्फ मालपोखरी क्रिकेट क्लबका कमल ओलीले ४ विकेट लिनेक्रममा ३५ रन लिएका थिए भने भोजराज भट्ट र सोहन यादवको नाममा १/१ विकेट रह्यो।

Sunil Dhamala
Sunil Dhamala ( File Photo )

जवाफमा १६१ रनको लक्ष्य पछ्याएको मालपोखरी क्रिकेट क्लबले १८.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८४ रन बनाउन सक्यो। उसलाई सास्तैमा समेट्न पुलिसका प्रेम तामांगले ३ विकेट लिंदा मन्जीत श्रेष्ठ, सुनिल धमला र योगेन्द्र कार्कीको नाममा समान २/२  विकेट रह्यो। १ विकेट रामनरेश गिरिले लिए।

मालपोखरी क्रिकेट क्लबको लागि अम्ब्रोस शाहले अविजित २६ रन (२१ बल) तथा कमल ओली र भुवन गैरेले समान १२/१२ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

प्रतियोगिता अन्तर्गत दोश्रो सेमीफाइनल खेल मंगलबार खेलिनेछ जसमा ओएसीस क्रिकेट एकेडेमी र वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको बिजेताले नगद ३ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन्। यस्तै उपविजेताले नगद १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्नेछन्।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]