स्कटल्याण्ड सिरिजमा धम्मिकाले नेपाललाई सघाउने

आईसीसी विश्वकप लिग-२ अन्तर्गत आगामी साता स्कटल्याण्ड र नामिबियासंग नेपालले खेल्ने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा श्रीलंकन पूर्व राष्ट्रिय क्रिकेटर धम्मिका प्रशादले बलिंग प्रशिक्षकको भूमिका निभाउने भएका छन्।

लिग-२ अन्तर्गत सिरिजमा नेपालले ११ जुलाईमा नामिबियासंग पहिलो खेल खेल्नेछ। क्यानडामा रहेको नेपाली टिम सिरिजको लागि आज स्कटल्याण्ड पुगीसकेको छ। धम्मिका पनि आज श्रीलंकाबाट स्कटल्याण्ड प्रस्थान गरिसकेका छन्।

क्यानले धम्मिकालाई अमेरिका भ्रमणमा पनि बलिंग प्रशिक्षक नियुक्त गरेको थियो तर भिसा नपाएपछि उनि अमेरिका जान पाएका थिएनन्। क्यानका क्रिकेट म्यानेजर समेत रहेका बिनोद दास अमेरिका र क्यानडामा सहायक प्रशिक्षकको भूमिकामा समेत थिए।

https://www.facebook.com/iamdhammika/posts/pfbid0o5Zok9Zv1hkEK71WzezKX4WJqKq9rFb9dXQGBfd7AhWc74VBYeQvGMopTNMCTrpWl

धम्मिकाले यस अघि टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगितामा पनि नेपालको बलिंग प्रशिक्षकको भूमिका निभाएका थिए। पुनः क्यानले एउटा प्रतियोगिताको लागि मात्रै उनलाई बोलाएको हो। गत वर्ष एभरेस्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडीएटर्सको प्रतिनिधित्व गरेपछि धम्मिका नेपाली क्रिकेट संग नजिक रहँदै आएका छन्।

३९ वर्षीय प्रसादले श्रीलंकाको लागि २५ टेस्ट, २४ एकदिवसीय र एउटा टि-२० खेलेका थिए जुन क्रममा टेस्टमा ७५ र एकदिवसीयमा ३२ विकेट लिएका थिए। २०१५ पछि श्रीलंकन टिमबाट नखेलेता पनि उनि घरेलु क्रिकेट भने खेल्दै आएका छन्। उनले २०२१ फेब्रुअरीमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्या घोषणा गरेका थिए।

स्कटल्याण्ड भ्रमणमा नेपालको खेलतालिका 

जुलाई ११ : नामिबिया बिरुद्ध

जुलाई १३ : स्कटल्याण्ड बिरुद्ध

जुलाई १६ : नामिबिया बिरुद्ध

जुलाई १७ : स्कटल्याण्ड बिरुद्ध

लिग-२ अंकतालिकामा नेपाल १६ खेलमा ७ जित र ८ हार पछि १५ अंक बटुल्दै पाँचौ स्थानमा छ। स्कटल्याण्ड भ्रमणमा सक्दो धेरै जित निकाल्दै नेपाल अंकतालिकामा माथि उक्लने प्रयासमा हुनेछ। अंकतालिकामा नामिबिया १४ खेलमा १४ अंक सहित छैठौं तथा स्कटल्याण्ड २० खेलमा २८ अंक सहित दोश्रो स्थानमा छ।





थप समाचार

सप्तरी प्राइड लिग-७ : राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्स सेमीफाइनलमा

सप्तरीको राजविराजमा जारि सातौँ सिजनको सप्तरी प्राइड लिग अन्तर्गत पाँचौ दिनको खेलहरु सम्पन्न भएका छन्। राजविराज राजदेवी रोयल्स र राजगढ […]

आरिफ क्यास्पियन भ्यालीको ब्रान्ड एम्बेसडर

क्यास्पियन भ्याली सेकेन्डरी स्कुल/कलेजले राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । ललितपुरको कुमारीपाटीमा रहेको […]

सप्तरी प्राइड लिग : राईनोज र रोयल च्यालेन्जर विजयी

राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत चौंथो दिन सम्पन्न दुईवटा खेलमा कञ्चनरूप राइनोज र रोयल च्यालेन्जर्स बाह्री वीरपुर विजयी भएका […]

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]