अनुराग शार्की र अजय कँडेलको उत्कृष्ट अर्धशतक, धनगढी क्रिकेट एकेडेमी विजयी

चैत्र,२५,धनगढी।

चटकपुर स्पोर्टस क्लब नेपालको आयोजना तथा कैलाली जिल्ला क्रिकेट संघको संरक्षणमा यहि चैत्र २४ गतेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रथम यू-१६ त्रीकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको दोश्रो एकदिवसीय खेलमा अनुराग शार्की र अजय कँडेलको उत्कृष्ट अर्धशतकको मद्दतमा धनगढी क्रिकेट एकेडेमीले भ्रमण टोलि एन बी स्पोर्टस क्लब कोहलपुरलाई १५० रनको फराकिलो अन्तरले पराजित गर्दै सिरिजमा पहिलो जित निकालेको छ ।

सिरिज अन्तर्गतको दोश्रो एकदिवसीय खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको धनगढी क्रिकेट एकेडेमीले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै २७४ रनको योगफल तयार पार्यो। उसका लागि अनुराग शार्कीले ८४ बलमा सर्वाधिक ८२ तथा अजय कँडेलले ७१ बलमा ५१ रनको अर्धशतकिय पारी खेले । यस्तै, महेश देउवाले अविजित २७, निरज ऐरले २१, आर्यन पन्थीले १९ र कप्तान सचिन साउँदले १४ रनको योगदान दिए ।

बलिङतर्फ एन बी स्पोर्टस क्लबका लागि मिलन क्षेत्रीले ६ ओभरमा ५० रन खर्चिदै सर्वाधिक ३ विकेट लिए ।

२७५ रनको विशाल विजयी लक्ष्य पछ्याएको एन बी स्पोर्टस क्लबले ३०.५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै मात्रै १२४ रन बनाउन सक्यो । उसका लागि विवेक भण्डारीले ६२ बलमा सर्वाधिक ४२ र दिपेश थापाले ४७ बलमा २७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ धनगढी क्रिकेट एकेडेमीका लागि निरज ऐरले ६.५ ओभरमा १ मेडेनसहित १३ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए । यस्तै, इश्वरी बिष्ट,रोशन रावल,मनिषा चौधरी र महेश देउवाले पनि समान १/१ विकेट हात पारे ।

खेलमा म्यान अफ दि म्याच उत्कृष्ट अर्धशतक प्रहार गर्ने अनुराग शार्की घोषित भए ।

प्रथम यू-१६ त्रीकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको तेश्रो एकदिवसीय खेल भोलि बिहान ९:३० बजेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा अर्को घरेलुु टोलि कैलाली जिल्लाक्रिकेट क्लब र पाहुना टोलि एन बी स्पोर्टस क्लब कोहलपुरबीच निकै रोमाञ्चक हुने सिरिज निर्देशक लोकेश जोशीले बताउनु भयो ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]