अर्जुन ट्रफी अन्डर-१९ राष्ट्रिय प्रतियोगिता घोषणा

२०७८ आश्विन १९, मंगलवार ११:०१

धनगढी: क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ। स्वर्गीय क्रिकेट प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा धनगढी क्रिकेट एकेडेमीले अर्जुन ट्रफी यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो। सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी कार्तिक २५ गतेदेखि प्रतियोगिता आयोजना हुने जानकारी दिइएको छ।

प्रतियोगितामा १६ टीमको सहभागिता रहने भएको छ। प्रतियोगितामा क्लब तथा क्रिकेट एकेडेमीले सहभागीता जनाउन सक्ने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए। स्वर्गीय क्रिकेट प्रशिक्षक अर्जुन खड्का धनगढी क्रिकेट एकेडेमीका संस्थापक प्रशिक्षक रहेका थिए। सुदूरपश्चिमको क्रिकेट विकासमा उनको महत्वपूर्ण भूमिका रहेको शाहीले बताए।

लिगकम नकाउटका आधारमा हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उप–विजेताले नगद २५ हजार प्राप्त गर्नेछन्।। हालसम्म १० वटा टीमको टुङगो लागिसकेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy