डिपिएल-३: सोमपालको सानदार बलिंग, धनगढीलाई जितको लागि १०४ रनको लक्ष्य

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत तेस्रो दिनको दोश्रो खेलमा बिरानगर किंग्सले धनगढी स्टार्सलाई १०४ रनको बिजयी लक्ष्य प्रस्तुत गरेको छ। उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ रनको योगफल तयार पार्यो।

टस जितेर पहिले ब्याटिंग गरेको बिराटनगर किंग्सले पहिलो ओभरमा नै हरिशंकर शाह (२ रन) लाई २ रनको योगफलमा गुमायो। त्यसपछि तेस्रो ओभरको चौथो बलमा कुशल भुर्तेलपनि ६ रन बनाएर आउट भए। असादउल्लाह खान पठान ३ रन, राजेश पुलामी १ रन बनाएर आउट भएपछी बिराटनगरले २७ रनमा ४ विकेट गुमाएको थियो।

त्यसपछि अभिनास यादवले आसिफ शेखसँग १५ रन र कप्तान करण केसीसँग३२ रनको साझेदारी गरे। आसिफ १२ रन र यादव २७ रन बनाएर आउट भए। पृथु बास्कोटासँग थप १७ रनको साझेदारी गरेपछि करण पनि २१ रनमा पेभेलियन फर्किए। लगत्तै पृथुपनि ६ रनमा आउट भए।

Bipin Khatri

संसाद शेख अन्तिम बलमा ७ रन बनाएर बाउन्ड्रीमा क्याच आउट भए भने सुशन भारी १ रनमा अविजित रहे।

बलिंगतर्फ कप्तान सोमपाल कामिले ३ विकेट लिनेक्रममा ३ ओभरमा ८ रन खर्चे। त्यस्तै बिपिन खत्रीले पनि ३ विकेट लिन १९ रन खर्चे। रबिन क्षेत्रीले १ ओभरमा २ विकेट तथा धमलाले ४ बलमा १ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy