डिपिएल-३: सोमपालको सानदार बलिंग, धनगढीलाई जितको लागि १०४ रनको लक्ष्य

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत तेस्रो दिनको दोश्रो खेलमा बिरानगर किंग्सले धनगढी स्टार्सलाई १०४ रनको बिजयी लक्ष्य प्रस्तुत गरेको छ। उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ रनको योगफल तयार पार्यो।

टस जितेर पहिले ब्याटिंग गरेको बिराटनगर किंग्सले पहिलो ओभरमा नै हरिशंकर शाह (२ रन) लाई २ रनको योगफलमा गुमायो। त्यसपछि तेस्रो ओभरको चौथो बलमा कुशल भुर्तेलपनि ६ रन बनाएर आउट भए। असादउल्लाह खान पठान ३ रन, राजेश पुलामी १ रन बनाएर आउट भएपछी बिराटनगरले २७ रनमा ४ विकेट गुमाएको थियो।

त्यसपछि अभिनास यादवले आसिफ शेखसँग १५ रन र कप्तान करण केसीसँग३२ रनको साझेदारी गरे। आसिफ १२ रन र यादव २७ रन बनाएर आउट भए। पृथु बास्कोटासँग थप १७ रनको साझेदारी गरेपछि करण पनि २१ रनमा पेभेलियन फर्किए। लगत्तै पृथुपनि ६ रनमा आउट भए।

Bipin Khatri

संसाद शेख अन्तिम बलमा ७ रन बनाएर बाउन्ड्रीमा क्याच आउट भए भने सुशन भारी १ रनमा अविजित रहे।

बलिंगतर्फ कप्तान सोमपाल कामिले ३ विकेट लिनेक्रममा ३ ओभरमा ८ रन खर्चे। त्यस्तै बिपिन खत्रीले पनि ३ विकेट लिन १९ रन खर्चे। रबिन क्षेत्रीले १ ओभरमा २ विकेट तथा धमलाले ४ बलमा १ विकेट लिए।





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]