विवादास्पद निर्णयको बाबजुद धर्मसेनाले फाइनलमा अम्पायरिंग गर्ने

इंग्ल्याण्ड र अस्ट्रेलिया बीचको विश्वकप सेमीफाइनल खेलमा विवादास्पद निर्णयका बाबजुद  कुमार धर्मसेनाले विश्वकप फाइनलमा अम्पायरको भूमिका निभाउने भएका छन्।

जेसन रोयलाई अस्ट्रेलियासंगको खेलमा धर्मसेनाले जेसन रोयलाई प्याट कमिन्सको बलमा आउट दिएका थिए जबकी ब्याट र बलको कुनै सम्पर्कनै भएको थिएन। ८५ रन बनाएका रोय आउट भएपछि रिप्लेमा हेर्दा ब्याटले नछोएको स्पस्ट देखिएको थियो।

त्यसपछि अम्पायरले रोयलाई निर्णय चित्त नबुझे डिसिजन रिभ्यु गर्न आग्रह गरेका थिए। अम्पायरले त्यो बिचार गरेनन् कि रिभ्यु सकीसकेको थियो। बेयरस्टोले यस अघिनै मिचेल स्टार्कबाट आउट हुँदा रिभ्यु प्रयोग गरिसकेका थिए।

खराब निर्णय पछि रोयले मैदानमा ‘फकिंग एमबारेसिंग’ भनेका थिए जुन स्टम्प माइकमा सुनिएको थियो।त्यसैकारण रोयलाई २ वटा डीमेरिट पोइन्ट र म्याच फिको ३० प्रतिशत जरिवाना समेत गरिएको थियो। रोयले त्यसलाई स्वीकार गरिसकेका छन्।

रोयको कुल ३ वटा डी मेरिट पोइन्ट पुगीसकेको छ र यदी एउटा अर्को डीमेरिट पोइन्ट पाएको भए फाइनल खेल खेल्न पाउने थिएनन्। अब २ वर्ष भित्र अर्को डीमेरिट अंक पाएमा उनले एउटा टेस्ट अथवा २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न पाउने छैनन्।

धर्मसेनाले सन् २०१२ र २०१८ गरि २ पटक अम्पायर अफ ड एयरको अवार्ड जितीसकेका छन्। लगातार दोश्रो पटक विश्वकप फाइनलमा अम्पायरको भूमिका निर्वाह गर्न लागेका उनि सन् २०१६ टि-२० विश्वकप फाइनलमा पनि अम्पायरको भूमिकामा थिए।

फाइनलमा धर्मसेनासंगै मरेस इरस्मस अम्पायरको भूमिकामा हुनेछन्। फाइनलमा न्युजिल्याण्ड र इंग्ल्याण्ड  प्रतिस्पर्धा गर्दैछन्। खेलमा थर्ड अम्पायरको भूमिकामा रोड टकर तथा रन्जन मदुगल्ले म्याच रेफ्रीको भूमिकामा हुनेछन्।

( ईएसपीएन क्रिक्इन्फोको सहयोगमा )





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]