प्रथम धौलागिरी च्याम्पियनसिप टि-२० क्रीकेट प्रतियोगिताको उपाधि डिसिसलाई

  • सन्तोष क्षत्री , बाग्लुङ

प्रथम धौलागिरी च्याम्पियनसिप टि-२० क्रीकेट प्रतियोगिताको उपाधि धौलागिरी क्रीकेट क्लबले जितेको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा आयोजक धौलागिरी क्रीकेट क्लब (डिसिस)ले पाङ क्रीकेट क्लब पर्वतलाई ६६ रनले पराजित गर्दै उपाधी उचालेको हो ।

धौलागिरी क्रीकेट क्लबले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पाङ १७ ओभर १ बलमा ९८ रन बनाएर अलआउट भएको थियो । पाङलाई सस्तैमा समेटने क्रममा धौलागिरी क्रीकेट क्लबका तेजेन्द्र घर्तीमगरले २ ओभरमा १७ रन दिएर २ विकेट तथा सन्देश खडकाले २ ओभर १ बलमा २० रन दिएर २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको धौलागिरी क्रीकेट क्लबले कप्तान दिपक कुवरको २१ बलमा ३४ रन, पासिङ पुनको २४ बलमा २८ रन र बिजय बिश्वकर्मको २४ बलमा २५ रनको मद्दतमा १ सय ६४ रन बनाएको थियो । पाङ्ग क्रीकेट क्लबका हरि रिजालले ४ ओभरमा ३९ रन दिएर ३ बिकेट तथा इश्वर रेग्मीले ४ ओभरमा २५ रन दिएर १ विकेट लिए । १० बल १६ रन प्रहार गर्दै २ ओभरमा १७ रन दिएर २ विकेट लिएका धौलागिरी क्रीकेट क्लबका तेजेन्द्र घर्ती मगर म्यान अफ दि फाइनल भए ।

बिजेता बनेको धौलागिरी क्रीकेट क्लब बागलुङ लाई नगद तीस हजार संगै ट्रफी, मेड्ल र प्रमाणपत्र तथा उपविजेता पाङ क्रीकेट क्लब पर्वतलाई नगद १५ हजार ट्रफी, मेड्ल र प्रमाणपत्र जिल्ला खेलकुद बिकास समिति बागलुङका अध्यक्ष धन बहादुर परियार, बाग्लुङ क्रीकेट बिकास समितिका अध्यक्ष बिष्णु आचार्य र मुख्य प्रायोजक क्यापिटल एब्रोड स्टडी सेन्टर पोखराका म्यानेजिङ्ग डिरेक्टर बिक्रम सापकोटाले प्रदान गरे ।

यस्तै प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका पाङ क्रीकेट क्लब पर्वतका कप्तान कमल रिजाल म्यान अफ दि सिरिज भए भने बागलुङ क्रीकेट क्लबका किसान खड्का बेस्ट ब्याट्सम्यान र सुवर्ण खड्का बेस्ट बलर बने ।

चैत ७ गते देखी बागलुङको बाङ्गैचौर खेलमैदानमा संचालन भएको प्रतियोगितामा धौलागिरीका १० टिमको सहभागीता रहेको थियो ।
धौलागिरी क्रीकेट क्लबका अध्यक्ष रामु खड्काको अध्यक्षतामा सम्पन्न समापन तथा पुरस्कार बितरण समारोहको सन्चालन रोशन कुवरले गरेका थिए ।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]