धवनको प्रदर्शनमा हैदराबादको बिजयी सुरुवात

  • विकेटनेपाल, चैत्र २७ – मंगलबार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराती भएको एकमात्र खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि ९ विकेटको जित हात पारेको छ । अघिल्लो संस्करण भन्दा दुवै टिमको   कप्तान परिवर्तन भएका छन् । दक्षिण अफ्रिका र अस्ट्रेलिया बिचको टेस्ट सिरिजमा बल टेम्परिंग गरेको भन्दै अस्ट्रेलियाका खेलाडी  हरु स्टिव स्मिथ र डेविड वार्नरलाई प्रतिबन्ध गरेपछि राजस्थानले अजिंक्या रहाने र हैदराबादले केन विलियम्सनलाई कप्तान घोषणा गरेको थियो ।

हैदराबादको राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको राजस्थानले निर्धारित २० ओभरको समाप्तीमा ९ विकेट गुमाएर १२५ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि संजु सामसनले ४९ रन प्रहार गर्नेक्रममा ४२ बलमा ५ चौका हान्दै दोश्रो विकेटको लागि कप्तान रहानेसँग मिलेर ४६ रनको साझेदारी गरेका थिए । रहानेले   १३ रन र श्रेयस गोपालले १८ रन बनाएका थिए ।

संजु सामसन अर्धशतक बाट मात्र १ रनले चुके

बलिंगतर्फ हैदराबादका सिद्धार्थ कौलले २ विकेट लिन १७ रन र साकिब अल हसनले समान २ विकेट लिन २३ रन खर्चे भने भुवनेश्वर कुमार, बिल्ली स्टनलेक र राशिद खानको नाममा १/१ विकेट रह्यो ।

जवाफमा लक्ष्य पछ्याएको हैदराबादले मात्र ६ रनको स्कोरमा रिद्धिमान शाहलाई गुमाएपानी त्यसपछि शिखर धवन र कप्तान केन विलियम्सनले दोश्रो विकेटको लागि अविजित १२१ रनको साझेदारी गरेपछी मात्र १५.५ ओभरमा लक्ष्य पुरा गर्यो । धवनले ७७ रन (५७ बल, १३ चौका, १ छक्का) र विलियम्सनले ३६ रन (३५ बल, ३ चौका, १ छक्का) प्रहार गरे ।

धवन र विलियम्सन रन लिँदै

बलिंगतर्फ झरेको एकमात्र विकेट जयदेव उनाड्काटले लिए । शिखर धवन म्यान अफ द म्याच घोषित भए ।

रिद्धिमान शाहको विकेट पछी खुसि मनाउंदै जयदेव उनाड्काट




थप समाचार

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]