धवनको प्रेरणामा भारतले बनायो टि-२० मा दक्षिण अफ्रिका बिरुद्द अहिलेसम्म कै बिशाल स्कोर

२०७४ फाल्गुन ६, आईतवार २०:२३

  • विकेटनेपाल – ६ फाल्गुन, आइतवार

दक्षिण अफ्रिका बिरुद्दको पहिलो टि-२० अन्तर्राष्ट्रिय खेलमा भारतले जितका लागि २०४ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ। भारतले दक्षिण अफ्रिका बिरुद्द टि-२० अन्तर्राष्ट्रिय खेलमा बनाएको यो सर्वाधिक बिशाल स्कोर समेत हो।

यसअघि सन् २०१५ मा भारतमा नै भएको खेलमा भारतले दक्षिण अफ्रिका बिरुद्द ५ विकेट गुमाएर १९९ रन बनाएको थियो।

टस जित्दै घरेलु टोलि दक्षिण अफ्रिकाले फिल्डिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०३ रन जोडेको हो। भारतको इनिंगमा शिखर धवनले व्यक्तिगत ७२ रनको योगदान गरे। मात्र ३९ बलमा धवनले १० चौका र २ छक्काको सहयोगमा ७२ रन बनाए।

पहिलो विकेटका लागि रोहित शर्मा र शिखर धवनले २१ रनको साझेदारी गर्दै भारतलाई मध्यम सुरुवात दिएका थिए। दोस्रो ओभरको अन्तिम बलमा रोहित (२१) भारतको पहिलो विकेट स्वरूप पभेलियन फर्किएका थिए। उनि डेब्यु बलर जुनियर डालाको शिकार बनेका थिए।

त्यसपछि तेस्रो नम्बरमा ब्याटिंग गर्न उत्रिएका सुरेश रैनाले धवनसंग दोस्रो विकेटका लागि २६ रनको साझेदारी गरेका थिए। भारतीय टोलिमा पुनरागमन गरिरहेका रैना १५ रनको निजि स्कोरमा डालाको नै शिकार बनेका थिए।

यस्तै भारतको लागि कप्तान विराट कोहलीले २६, महेन्द्र सिंह धोनीले १६ तथा मनिष पाण्डेले अविजित २९, हार्दिक पान्ड्याले अविजित १३ रन जोडेका थिए।

दक्षिण अफ्रिकाका लागि डेब्यु बलर जुनियर डालाले २ विकेट लिएका थिए। यस्तै एन्डीले फेफ्लुक्व्यायो र क्रिस मोर्रिसले समान १-१ विकेट लिएका थिए।

यसअघि सम्पन्न एक दिवसीय शृंखला भारतले ५-१ ले आफ्नो कब्जा गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy