रोमान्चक खेलमा भारतको जित, धवनको आक्रामक इनिंग

  • विकेटनेपाल, कार्तिक २५ 

भारत भ्रमण अन्तर्गत टि-२० सिरिज अन्तर्गत विन्डीजले रोमान्चक खेलमा लगातार तेश्रो हार बेहोरेको छ जसपछि ३ टि-२० को सिरिज भारतले ३-० ले क्लिन स्विप गर्न सफल भएको छ। यस अघि दोश्रो टि-२० मा भारत ७१ रनले तथा पहिलो टि-२० मा ५ विकेटले विजयी भएको थियो। यस अघिनै सम्पन्न ५ एकदिवसीय सिरिज भारतले ३-१ ले तथा २ वटा टेस्ट भारतलेनै २-० ले जितेको थियो।

विन्डीजको ब्याटिंग 

चेन्नाईको चिन्नस्वामी स्टेडियममा टस जितेर ब्याटिंग रोजेको विन्डीजले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १८१ रनको योगफल तयार गरेको थियो।

विन्डीजको लागि पाँचौ नम्बरमा ब्याटिंग गरेका निकोलस पुरनले आक्रामक ब्याटिंग गर्दै मात्र २५ बलमा सम ४/४ चौका/छक्का मदतले करियरकै पहिलो अर्धशतक बनाउने क्रममा अविजित ५३ रन बनाएका थिए। यस्तै डेरेन ब्राभोले अविजित ४३ रन ( ३७ बल, २/२ चौका र छक्का ) बनाए।

३ विकेट ९४ रनको स्कोरमा ( १२.५ ओभर ) झरेको अवस्थामा पुरन र ब्राभोले ८७ रनको साझेदारी गरेका थिए। इनिंगको अन्तिम ओभरमा पुरनले खलिल एहमदको ओभरमा २३ रन ( २ छक्का र २ चौका ) प्रहार गरेका थिए।

भारतीय बलर युज्भेन्द्र चहलले २ र वाशिंगटन सुन्दरले १ विकेट लिए।

 धवनको विस्फोटक इनिंग 

१८२ रनको लक्ष्य पछ्याउने क्रममा भारतलाई जित दिलाउन ओपनिङ्ग ब्याटिंग गरेका शिखर धवनले शानदार इनिंग खेले। ९२ रन बनाउने क्रममा उनले ६२ बलमा १० चौका र २ छक्का प्रहार गर्दै जितको आधार तय गरेका थिए।

कप्तान रोहित शर्मा ( ४ रन ) र लोकेश राहुल ( १७ रन ) लाई चाडै गुमाएपछि धवनले तेश्रो विकेटको लागि रिशभ पन्तसंग १३० रनको बिशाल साझेदारी गरेका थिए। पन्त ५८ रन बनाएर आउट भए जसअघि ३८ बलमा ३ छक्का र ५ चौका प्रहार गरे।

रोमान्चक अन्तिम ओभर 

एक समय भारत सहज जिततर्फ अघि बढेको भए पनि अन्तिम ओभरमा भने खेल रोमान्चक बनेको थियो।

अन्तिम ओभरमा भारतलाई जितको लागि मात्र ५ रन आवस्यक हुँदा विन्डीज बलर फाबियन एलेनले शानदार बलिङ्ग गर्दै खेल रोमान्चक स्थितिमा पुर्याएका थिए।

ओभरको पहिलो बलमा शिखर धवनले २ रन तथा दोश्रो बलमा धवनले १ रन लिएपछि तेश्रो बलमा मनिष पाण्डेले १ रन लिंदै धवनलाई स्ट्राइक दिएका थिए। जितको लागि ३ बलमा मात्र १ रन आवस्यक रहंदा ओभरको चौथो बलमा धवनले रन बनाउने सकेनन् भने पाँचौ बलमा पोलार्डको हातबाट क्याच आउट हुँदा खेलले नाटकीय मोड लिएको थियो।

अन्तिम बलमा जितको लागि १ रन आवस्यक हुँदा मनिष पाण्डेले १ रन लिंदै टिमलाई ६ विकेटको रोमान्चक जित दिलाएका थिए।

विन्डीज बलर केमो पउलले २ तथा फ़ाबियन एलेनले १ विकेट लिए।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]