हारका बाबजुद कीर्तिमानी ब्याट्सम्यान धवन बने ‘प्लेयर अफ द म्याच’

२०७७ कार्तिक ५, बुधबार ००:१३

१३ औं आईपीएल अन्तर्गत ३८ औं खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै किंग्स-११ पन्जाबले चौथो जित दर्ता गर्यो। अंकतालिकाको पुछारमा रहेको पन्जाबले लगातार ३ खेल जित्ने क्रममा बैंगलोर, मुम्बई र दिल्लीलाई पराजित गर्दै पाँचौ स्थानमा उक्लेको हो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा दिल्लीले दिएको १६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा भेटायो। पन्जाबको जितमा निकोलस पुरनले २८ बलमा ५३, क्रिस गेलले १३ बलमा २९ तथा ग्लेन म्याक्सवेलले २४ बलमा ३२ रन बनाए। टस जितेर ब्याटिंग गरेको दिल्लीको लागि शिखर धवनले लगातार दोश्रो शतक बनाउने क्रममा अविजित १०६ रन बनाएका थिए।

हारका बाबजुद खेलको प्लेयर अफ द म्याच शतक बनाउदै नयाँ कीर्तिमान कायम गरेका शिखर धवनले प्राप्त गरेका छन्। ओपनर धवनले अन्य ब्याट्सम्यानले लामो साथ नदिएता पनि सुरुवात देखि अन्तिमसम्म ब्याटिंग गर्ने क्रममा ६१ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै १०६ रन बनाएका थिए।

अघिल्लो खेलमा चेन्नाई बिरुद्ध पनि शतक बनाएका धवन आईपीएल इतिहासमै लगातार २ शतक बनाउने पहिलो ब्याट्सम्यान तथा एकै सिजन २ शतक बनाउने पाँचौ ब्याट्सम्यान बनेका छन्। यस अघि बिराट कोहलीले एकै सिजन सबैभन्दा धेरै २०१६ मा ४ वटा शतक बनाएका थिए। यस्तै क्रिस गेल ( २०११ ) , हाशिम अमला ( २०१७ ) र शेन वाटसन ( २०१८ ) ले एकै सिजन समान २ शतक बनाएका थिए।

प्लेयर अफ द म्याच घोषित भएपछि कुराकानी गर्ने क्रममा धवनले आफूलाई उक्त रेकर्ड बारे थाहा नभएको बताए –

“मलाई थाहा छैन ( रेकर्ड बारे सोध्दा धवनले बताए )। मलाई याद छ मैले टेस्ट डेब्यु गर्दा म यस्तै लयमा रन बनाइरहेको थिए। खेल अघि मैले राम्रोसंग आराम गरे र खेलको लागि ताजा थिए।”

उनले अर्को किनारमा ब्याट्सम्यानले साथ नदिएका कारण विकेटमा जमेर जिम्मेवारीपूर्वक खेलेको बताए – “कसैले पनि विकेटमा मलाई लामो साथ दिन सकेनन्। मैले एक किनार सम्हालेर जिम्मेवारी लिए र सो क्रममा मौका पाउदा बाउन्ड्री पनि हिर्काए।”

धवनका अनुसार हारपछि पनि टिमको मनोबल घटेको छैन – “यो हारले हाम्रो मनोबल कमजोर भएको छैन। हामि अझ बलियो पुनरागमन गर्ने प्रयास गर्नेछौं। हामीले छलफल गर्नेछौँ कि के कुरा सुधार गर्न सकिन्छ। हामि नियमित रुपमा राम्रो खेलीरहेका छौँ।”

पन्जाबको जितमा आक्रामक अर्धशतक बनाउदै अहम योगदान दिएका निकोलस पुरनले अन्तिमसम्म ब्याटिंग गर्न नपाएकोमा निराश भएको बताए –

“गजबको खेल। हामीले सुधार गर्नुपर्ने पक्षहरुबारे कुरा गरेका थियौं। धन्न हामीले खेललाई फेरी अन्तिम ओभरसम्म लिएर गएनौं। मैले सुरुवात राम्रो गरेता पनि खेललाई अन्त्य गर्न सकिन जसकारण म निराश छु। म प्राकृतिक रुपमा आक्रामक खेलाडी हुँ , मसंग आत्मविश्वास छ र बल राम्रो हिर्काइरहेको छु। हामीले खेल जित्ने पर्छ र ‘टिक’ लगाउदै जानु पर्छ। पुरनले २८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए।

पुरनले आक्रामक अर्धशतक बनाउदै जितको आधार तयार गरेका थिए

जितपछि १० खेलमा ४ जित र ६ हार बेहोर्दै ८ अंक बटुल्दै पन्जाब पाँचौ स्थानमा प्रवेश गरेको छ। समान जित र हार बेहोरेको राजस्थान नेट रन रेटमा पछि पर्दै छैठौं स्थानमा झरेको छ। समान ६ अंक रहेको हैदरावाद, र चेन्नाई क्रमश सातौँ र आठौँ स्थानमा रहेका छन्। हारपछि पनि दिल्ली अंकतालिकाको शिर्षस्थानमा रहेको छ। १० खेलमा दिल्लीको ७ जित र ३ हार पछि १४ अंक रहेको छ। मुम्बई र राजस्थान १२ अंक बटुल्दै दोश्रो र तेश्रो स्थानमा छ। कोलकाता १० अंक सहित चौथो स्थानमा रहेको छ।

पन्जाबले आगामी खेल शनिवार हैदरावाद बिरुद्ध तथा दिल्लीले पनि सोहि दिन कोलकाता बिरुद्ध खेल्ने तालिका रहेको छ।

पुरनले आक्रामक अर्धशतक बनाउदा दिल्लीलाई पराजित गर्दै पन्जाब पाँचौ स्थानमा उक्लियो

भारतले अनुमति नदिंदा मुख्य प्रशिक्षक राजपुत बिनै पाकिस्तान पुग्यो जिम्बाब्वे क्रिकेट टिम

युवा खेलाडीबारे धोनीको प्रतिक्रिया पछि चर्को आलोचना – “स्कुटर जाधबमा त्यो चमक छ ?”

अनुभवी खेलाडीहरुलाई बाहिर राख्दै जिम्बाब्वे सिरिजको लागि पाकिस्तान टिमको घोषणा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy