इंग्ल्याण्डमा जारि आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत दक्षिण अफ्रीका र अस्ट्रेलियालाई पराजित गर्दै शानदार सुरुवात गरेको भारतीय टिमलाई न्युजिल्याण्डसंगको तेश्रो खेल अघि ठुलो झट्का लागेको छ।
भारतीय टिमका नियमित ओपनर शिखर धवन मंगलबार विश्वकप टिमबाट ३ हफ्ताको लागी बाहिरिने भएका हुन्।
अस्ट्रेलिया बिरुद्ध दोश्रो जित हात पार्दा १०९ बलमा ११७ रन बनाउदै खेलको उत्कृस्ट खेलाडी चुनिएका देब्रे हाते धवनको बुढी औंला फ्र्याक्चर हुँदा भारतले ठुलो प्रतियोगितामा अब महत्वपूर्ण खेलाडी बिना खेल्नु पर्ने भएको छ।
भारतीय टिममा गब्बर उपनामले चिनिने धवन ३ हफ्तासम्म कुनै खेल खेल्न सक्ने छैनन्। भारतले १३ जुनमा न्युजिल्याण्ड र १६ जुनमा पाकिस्तानसंग प्रतियोगिताको महत्वपूर्ण खेल खेल्दैछ जस अघि भारतले रोहित शर्माको लागि नयाँ ओपनर खोज्नु पर्नेछ।
आइतबार अस्ट्रेलियासंगको खेलको दौरान तिब्र गति बलर नाथन कौलटरको उचाल लिएको बल धवनको औलाँमा लागेको थियो। त्यसको बाबजुत दुखाइको बेवास्था गर्दै उनले आफ्नो इनिंग जारि राखेर शतक बनाएका थिए।
दोश्रो इनिंगमा भने धवन फिल्डिंग गर्न आएनन् जसको सट्टा रभिन्द्र जडेजाले पुरै ५० ओभर फिल्डिंग गर्न उत्रिएका थिए।
मंगलबार स्क्यान गरे पछि मात्र धवनको बुढी औलांमा फ्र्याकचर भएको थाहा भएको हो। अस्ट्रेलियासंगको चोट पछि धवन ड्रेसिंग रुममै बसेर बरफले चोटलाई सकेका थिए।
श्रोतका अनुसार धवनले आफ्नो चोटलाई गम्भीर रुपमा लिएका थिएनन् जसको कारण उनको सुन्नाई कम नहुँदा बल्ल स्क्यान पछि यो कुरा अघि आएको हो।
धवन नखेल्ने भएपछि अब उनको सट्टा केएल राहुलले भारतको ओपनिंग गर्न सक्ने सम्भावना प्रवल रहेको छ। राहुल ओपनिंगमा खेल्ने भए भारतीय टिमको नम्बर-४ ब्याट्सम्यान को हुने भन्ने प्रश्न फेरी उठेको छ।
रिशभ पन्त र अम्बाती रायडुले धवनको प्रतिस्थापन गर्न सक्ने सम्भावना प्रवल मानिएको छ। हिन्दुस्तान टाइम्सका अनुसार मुम्बई ब्याट्सम्यान तथा भारत ए टिमका कप्तान श्रेयस ऐयरलाई पनि मौका दिने सम्भावना रहेको छ। ऐयर नम्बर-४ स्पेसलिस्ट ब्याट्सम्यान पनि हुन जो अहिले इंग्ल्याण्डमै छन्।
धवन आईसीसी प्रतियोगितामा भारतको लागि शानदार प्रदर्शन गर्दै गरेका खेलाडी हुन्। २०१५ बिश्वकपमा उनले ५१.५० को औसतले २ शतक प्रहार गर्दै ४१२ रन बनाएका थिए। आईसीसी च्याम्पियन्स ट्रफीमा पनि धवनको प्रदर्शन उत्कृस्ट थियो जहाँ उनले ७७.८८ को औशतले ३ शतक मदतले कुल ७०१ रन बनाएका छन्।
सन् २०१० मा भारतको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका ३३ वर्षीय धवनले १३० खेलमा ४४.९१ को औशतले ५४८० रन बनाएका छन् जसमा १७ शतक र २७ अर्धशतक सामेल रहेको छ। यस्तै उनले ३४ टेस्टमा ४०.६१ को औशतले २३१५ रन बनाएका छन् जसमा ७ शतक र ५ अर्धशतक सामेल छ। यस्तै टि-२० अन्तर्राष्ट्रियमा ५० खेल खेल्दा २८.४७ को औशतले ९ अर्धशतक मदतले १३१० रन बनाएका छन्।
बिश्वकपमा भारतको बाँकी खेल
बिरुद्ध न्युजिल्यान्ड – १३ जुन , बिरुद्ध पाकिस्तान १६ जुन , बिरुद्ध अफगानिस्तान २२ जुन , बिरुद्ध वेस्ट इन्डिज २७ जुन, बिरुद्ध इंग्ल्याण्ड ३० जुन , बिरुद्ध बंगलादेश २ जुलाई , बिरुद्ध श्रीलंका ६ जुलाई