धोनीले गरेको ५ निर्णय जसले सबैलाई चकित बनाएता पनि भारतलाई खेल जिताएको थियो

भारतको ७४ औं स्वतन्त्रता दिवसको दिन महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे। क्रिकेट जगतमा चलाख कप्तानको उपनाम पाएका धोनीको निर्णय क्षमता अब्बल दर्जाको मानिन्छ। भारतको जर्सीमा अब नदेखिने धोनीले आगामी आईपीएलमा उक्त कौशल देखाउनेछन्। विश्वकै उत्कृस्ट कप्तान र खेलाडी मध्ये आफुलाई उभ्याएका धोनीले आफ्नो करियरमा चकित पार्ने निर्णयहरु लिएका छन् जसले भारतीय टिमको मात्रै हैन खेलाडीहरुको पनि जीवन परिवर्तन गरिदिएको छ। तिनै निर्णयहरु मध्ये ५ निर्णय यहाँ प्रस्तुत गरेका छौँ –

१. जोगिन्दर शर्मालाई दिएको अन्तिम ओभर 

आईसीसी टि-२० विश्वकप २००७ को फाइनलको अन्तिम ओभरमा अनुभवी बलर हरभजन सिंहको ओभर बाँकी रहेको अवस्थामा मिडियम पेस बलर जोगिन्दर शर्मालाई धोनीले बल थमाएका थिए। धोनीको उक्त निर्णय आश्चर्यजनक थियो।

पाकिस्तानलाई पहिलो टि-२० विश्वकप जितको लागि १ विकेट बाँकी रहेको अवस्थामा १३ रन आवस्यक रहेको थियो भने र क्रिजमा मिस्बाह उल हक अविजित ३७ रन बनाएर सुरक्षित थिए।

१७ औं ओभरमा हरभजन सिंहलाई मिस्बाहले तिन वटा छक्का प्रहार गरेका थिए त्यसैले धोनीले जोगिन्दरलाई मौका दिएका थिए। जोगिन्दरले ओभरको सुरुवात वाइडबाट गरेपछि धेरैले भारतको हातबाट खेल फुस्केको देख्न थालीसकेका थिए। त्यसपछि उनले डट बल गरे भने लगत्तैको बलमा मिस्बाहले छक्का प्रहार गरे। जितको लागि ४ बलमा ६ रन मात्र आवस्यक रहेको बेला मिस्बाहले खेलेको प्याडल सट सिधा फाइन लेगमा श्रीसांतको हातमा पुगेको थियो।

दक्षिण अफ्रीकामा सम्पन्न २००७ को विश्वकपको जित पछि धोनीको कप्तानी करियरले उडान भरेको थियो।


२. गांगुली र द्रविडलाई एकदिवसीय टिमबाट हटाउनु 

२००८ मा धोनीले अस्ट्रेलिया र श्रीलंकासंगको त्रिकोणात्मक सिरिजको दौरान गांगुली र द्रविडलाई टिमबाट बाहिर राख्ने निर्णय लिएका थिए। बिसीसीआईले धोनीसंग स्पष्टीकरणनै मागेपछि जवाफमा धोनीले दुवैको फिल्डिंगको स्तर राम्रो नभएकोले आफुले टुरमा युवा फिल्डिंग टिमलाई उतार्न चाहेको बताएका थिए।

त्यही निर्णय पश्चात भारतीय टिमको फिल्डिंगमा पनि आफ्नो स्तर ब्याटिंग र बलिंग जतिकै बनाएको थियो। उक्त परिवर्तनले भारतको नतिजामा पनि असर गर्यो र विश्वकै उत्कृस्ट फिल्डिंग टिममा भारतलाई पनि लिन थालियो। भारतले श्रीलंका र अस्ट्रेलियासंगको उक्त सिरिज पनि जित्न सफल रह्यो।

३. २०११ विश्वकपमा नम्बर-५ मा ब्याटिंग गर्न आउनु 

२०११ विश्वकप फाइनलमा श्रीलंकाले दिएको २७५ रनको लक्ष्य पछ्याउने क्रममा बिरेन्द्र सेहवाग, सचिन तेन्दुलकर र बिराट कोहली पेभेलियन फर्कीसकेका थिए। जितको लागि अझै १६१ रन आवस्यक रहेको थियो भने श्रीलंकाको बलिंगमा लासिथ मलिंगा उत्कृस्ट लयमा देखिएका थिए। सोहि बेला धोनीले वानखडे मैदानमा सबैलाई चकित पार्दै पाँचौ नम्बरमा ब्याटिंग गर्ने निर्णय गरे।

भारतको विश्वकप जित टाढा देखिरहेको बेला प्रतियोगितामा उत्कृस्ट लयमा रहेका युभराज सिंह भन्दा माथि ब्याटिंग गर्न जाँदै धोनीले ठुलो साहस देखाए।

खेलमा धोनीले अविजित ९१ रन बनाउदै भारतलाई विश्व च्याम्पियन बनाए। गौतम गम्भीरको ९७ रनको मद्दतले सम्हालिएको भारतलाई धोनीले अन्तिम बलमा शानदार छक्का प्रहार गर्दै जितसम्म पुर्याए। खेलको प्लेयर अफ द म्याच पनि धोनीनै चुनिए जसको उनि सच्चा हकदार थिए।

४. २०१२/१३ सीबि सिरिजमा सचिन, सेहवाग र गम्भीरलाई गरेको आलोपालो 

सन् २००८ बाट धोनीले भारतीय टिमलाई राम्रो फिल्डिंग टिमको रुपमा विकास गर्न सुरु गरेका थिए। तर त्यो काम त्यति सहज थिएन किनकि टिममा निकै ठुलो नाम सचिन तेन्दुलकर, बिरेन्द्र सहवाग र गौतम गम्भीर जस्ता खेलाडीहरु अझै थिए। धोनीले २०१२/१३ को सीबि त्रिकोणात्मक सिरिज ( अस्ट्रेलिया ) मा टिममा रहेका तिन जना स्टार खेलाडीहरुलाई आलोपालो खेलाउने रणनीति अपनाएका थिए।

माथिल्लो क्रममा उत्कृस्ट रेकर्डका बाबजुद धोनी, सचिन र गम्भीर तिनजनालाई एकै पटक टिममा मौका दिईएन र आलो पालो गरेर खेलाइयो। भारतले फाइनलमा स्थान त बनाउन सकेन तर भारतको ओपनिंग समस्या त्यसले उजागर गरेको थियो। सो निर्णय पछि भारतीय टिममा परिवर्तन सुरु भएको थियो।

५. रोहित शर्मालाई ओपनिंग गराउने निर्णय 

वर्ष २०१३ धोनीको लागि विशेष थियो जुन वर्ष धोनीले च्याम्पियन्स ट्रफी जितेपछि टि-२० र एकदिवसीय विश्वकप संगै आईसीसीको तिनवटै ट्रफी जिताउन सफल भएका थिए। यो त्यही वर्ष थियो जुन वर्ष धोनीले एक संघर्षरत क्रिकेटरको भाग्य परिवर्तन गरिदिएका थिए।

२००७ मा भारतीय टिममा प्रवेश पाएका रोहित शर्माले आफ्नो प्रदर्शनमा निरन्तरता दिन सकीरहेका थिएनन्। धोनीले २०११ मा रोहितलाई दक्षिण अफ्रीकामा ओपनिंग गर्ने मौका दिए जहाँ उनले ३ खेलमा मात्र २९ रन बनाए।

२०१३ मा धोनीले पुनः रोहितलाई ओपनिंगमा मौका दिए। यस पटक रोहितले इंग्ल्यान्ड बिरुद्ध ८३ रन बनाउदै आफुलाई उत्कृस्ट सावित गरे। मिडल अर्डरबाट रोहितलाई ओपनिंग गराउने धोनीको उक्त निर्णय पछि रोहित विश्व क्रिकेटकै उत्कृस्ट ओपनरको रुपमा उदाएका थिए।

सम्बन्धित :- 

https://wicketnepal.com/dhoni-8-records-wn20/

https://wicketnepal.com/dhoni-raina-retirement-twiter-react-wn20/

https://wicketnepal.com/raina-retirement-wn20/

https://wicketnepal.com/hussy-dhoni-bat-position-wn20/

https://wicketnepal.com/cpl-t20-top-03-spell-wn20/

https://wicketnepal.com/cricketers-salary-can-wn20/

https://wicketnepal.com/nep-wc-l-2-wn20-practice-postponed-wn20/

https://wicketnepal.com/ipl-big-players-to-miss-out-first-week-wn20/





थप समाचार

युएईलाई हराउदै नेपाल विश्वकपमा

काठमाडौं । युनाइटेड अरब इमिरेट्स(युएई) लाई हराउदै नेपालले आईसिसी यु १९ महिला विश्वकपमा छनोट भएको छ । युएईको अजमानमा बुधवार […]

नेपाल यु-१९ महिला टि-२० विश्वकप छनोट

‘गर या मर’ को खेलमा घरेलु टोलि युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल पहिलो पटक यु-१९ महिला टि-ट्वान्टी विश्वकप खेल्न […]

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टाेलीमा अनुबन्ध गरेकाे छ । […]

काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरु

मंगलबार बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) मा सम्पन्न पहिलो दिनको छनोटमा उल्लेखनिय खेलाडीको सहभागिता थियो । काठमान्डौंका प्रमुख कार्यकारी अधिकृत […]

सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ । टोलीका‌ मालिक स्वतन्त्र […]

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका […]