धोनी आवद्ध ब्राण्ड ‘सेभेन’ ईपिएलसंग जोडियो

भारतीय स्पोर्ट्सवेयर कम्पनि ‘सेभेन’ ले आगामी सिजनको एभरेस्ट प्रिमियर लिग ( ईपिएल ) को सह प्रायोजन गरेको छ।  ईपिएल यो वर्ष सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म ( असोज ९ – २३ ) आयोजना हुने घोषणा भैसकेको छ।

लिगको सहप्रायोजन संगै ‘सेभेन’ ईपिएलमा सहभागी सबै ६ वटा टिमको किटिंग, क्लोथिंग र मर्चेनडाइज पार्टनरको रुपमा पनि रहनेछ। सबै टिमहरुलाई उक्त ब्रान्डले जर्सी पनि प्रदान गर्नेछ।

ईपिएल र ‘सेभेन’ बीच ३ वर्षे सम्झौता भएको हो। सम्झौता रकम करिब ८० लाख भारतीय रुपैयाँ ( १ करोड २८ लाख रुपैयाँ ) रहेको छ।

सोमबार काठमाडौँमा आयोजित सम्झौता कार्यक्रममा ईपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र रिति ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण पाण्डेले हस्ताक्षर गरेका थिए।

‘सेभेन’ रिति ग्रुप अन्तर्गतको फिटनेस र लाइफस्टाइल स्पोर्ट्सवेयर ब्राण्ड हो जसले नेपालमा पनि बजार विस्तार गर्नेछ। सम्झौता पछि ‘सेभेन’ ले काठमाडौँमा ३ वटा स्टोरहरु आगामी २ वर्षको अवधिमा खोल्ने र नेपालको बिभिन्न १४ वटा शहरमा स्टोरहरु विस्तार गर्नेछ।

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको जर्सी नम्बर ७ बाट  ‘सेभेन’ ब्राण्ड नाम राखिएको हो जुन ब्राण्डमा धोनी स्वयम्को लगामी रहेको छ।

‘सेभेन ब्राण्ड’ को उद्घाटन महेन्द्र सिंह धोनीले २०१६ मा गरेका थिए जसको उनि ब्राण्ड एम्बासडर हन्। ब्राण्डको जुत्तातर्फको व्यवसायमा धोनीको स्वामित्व पनि रहेको छ। सेभेन हाल धोनी कप्तान रहेको आईपीएल टिम चेन्नाई सुपर किंग्सको मर्चेनडाइज पार्टनर पनि रहेको छ।

ईपिएलमा ६ वटा टोलिको सहभागिता रहनेछ। डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिएट्ससंगै काठमाडौँ किंग्स-११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडीएटर्स र बिराटनगर वारियर्स लिगमा सहभागी टिमहरु हुन्। लिगको अघिल्लो सिजन २०१८ डिसेम्बरमा आयोजना भएको थियो। लिगको उपाधि जित्ने क्रममा ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रिएट्सले शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सलाई १४ रनले पराजित गरेको थियो।

सम्बन्धित 

https://wicketnepal.com/epl-naya-miti-ghoshana-wn21/

https://wicketnepal.com/army-beat-km11-wn21/

https://wicketnepal.com/ipl-khel-talika-wn21-aayo/





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]