आईपीएल इतिहासमै पहिलो पटक दोश्रो चरण प्रवेश गर्न असफल हुने भएपछि चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले निराशा व्यक्त गरेका छन्। मुम्बई बिरुद्ध शुक्रबार प्ले अफ पुग्ने झिनो सम्भावना कायम राख्न जित्ने पर्ने खेलमा १० विकेटले पराजित भएपछि चेन्नाईको यात्रा पहिलो चरणमा समाप्त हुने निश्चित जसो भएको हो। खेलमा टस हारेर ब्याटिंग गर्दै चेन्नाईले दिएको ११५ रनको लक्ष्य मुम्बईले १२.२ ओभरमा विकेट नगुमाई पुरा गर्यो। गणितीय रुपमा असम्भव जस्तो परिस्थितिमा भने चेन्नाईको सम्भावना जीवित छ। यस्तै चेन्नाई लिग इतिहासमै पहिलो पटक १० विकेटले पराजित हुन पुगेको हो। तर धोनीले आफ्नो टिम दोश्रो चरण पुग्न नसक्ने स्वीकार गरेका छन्।
“पक्कै पिंडा हुन्छ। यो वर्ष हाम्रो हुन सकेन। एक वा दुई खेलमा मात्रै हामीले ब्याटिंग र बलिंग दुवै राम्रो गर्न सक्यौं। हार चाहे १० विकेटको होस् या ८ विकेटको हो त्यसले खास अर्थ राख्दैन। अर्थ राख्छ त तपाई प्रतियोगितामा कुन ठाउँमा हुनुहुन्छ” धोनीले खेलपछि कुराकानीमा बताए।
“सबै खेलाडीहरु पिंडामा छन्, तर उनीहरुले आफ्नो उत्कृस्ट दिए। सधै तपाईले भने जस्तै कुराहरु हुँदैन। आशा गर्छौं। आगामी ३ खेलमा हामि सक्दो प्रयास गर्नेछौँ।”
“दोश्रो खेल देखि हामि कहाँ चुक्यौ हेर्नुपर्छ। बलिंगमा धेरै निर्भर थियौं। रायडु घाइते भए भने ब्याट्सम्यानबाट २०० प्रतिशत आवस्यक हुँदा त्यो प्रदर्शन पाउन सकेनौ।”
“क्रिकेटमा तपाईको मुस्किल समय चलीरहंदा तपाईलाई भाग्यको पनि साथ चाहिन्छ। तर यो प्रतियोगितामा त्यस्तो भएन।”
धोनीले धेरै टस हार्नु पनि हारको प्रमुख कारण रहेको तथा भाग्यले पनि आफ्नो साथ नदिएको बताए – “हामीले टस धेरै जित्न सकेनौं। हामीले दोश्रो ब्याटिंग गर्दा मैदानमा शित हुन्थेन भने पहिले ब्याटिंग गरेको खण्डमा अचानक मैदानमा शित देखिन्थ्यो। त्यसैले चिजहरु हाम्रो पक्षमा गएन।”
“तपाईले नराम्रो खेल्दा सैयौं कारण हुनसक्छ। एउटा मुख्य कुरा तपाईले आफुलाई सोध्नु पर्ने चै तपाईले क्षमता अनुसार खेल्न सक्नु भयो कि भएन भन्ने हो।”
“जब तपाई राम्रो टिम कागजमा तयार गर्नुहुन्छ तपाईसंग पर्याप्त ब्याक-अपमा खेलाडी हुनुपर्छ। तर यो वर्ष हामिसंग त्यो थिएन। समग्र रुपमा हेर्दा हाम्रो ब्याटिंग असफल रह्यो।”
“तपाईलाई पिंडा हुँदा हुँदै पनि त्यसलाई लुकाएर मुस्कान देखाउदै खेल्नु मुस्किल कुरा हो। मलाई लाग्छ खेलाडीहरुले त्यही गरे। उनीहरुले सक्दो प्रदर्शन गर्ने प्रयास गरे।”
“हामीले अझै ड्रेसिंग रुमको माहिल सकरात्मक राख्नुपर्छ र आगामी ३ खेल हाम्रो प्रतिष्ठाको लागि खेल्नुपर्छ।”
धोनीले आगमी वर्ष स्पस्टताका साथ आउनु पर्ने तथा त्यसको तयारीको लागि युवा खेलाडीहरुलाई बाँकी खेलमा मौका दिने बताए –
“हामि स्पस्ट तस्विरका साथ अर्को सिजन आउनुपर्ने छ। आगामी ३ खेल युवा खेलाडीहरुको तयारीको लागि पनि राम्रो अवसर हुनेछ जहाँ उनीहरुको ब्याटिंग, डेथमा बलिंग राम्रो तथा दबाब कति झेल्न सक्छन् देखिन्छ। आगामी खेलहरुमा बेन्चमा बसेका केहि खेलाडीहरुले मौका पाउनेछन्।”
३ पटक उपाधि जितेको तथा गत सिजनको उपविजेता टिम चेन्नाई आईपीएल अंकतालिकामा ६ अंक सहित पुछारमा यथावत रहेको छ। जितपछि १४ अंक सहित मुम्बई पहिलो स्थानमा उक्लेको छ। लिग अन्तर्गत चेन्नाईले आगामी खेल बैंगलोर बिरुद्ध आइतबार, कोलकाता बिरुद्ध बिहिबार तथा पन्जाब बिरुद्ध आगामी साता आइतबार खेल्ने तालिका रहेको छ।
आईपीएल इतिहासमै पहिलो पटक चेन्नाई पहिलो चरणबाटै बाहिर, मुम्बई पुनः शिर्षमा
आफ्नै रेकर्ड तोड्दै इमरान ताहिरले स्याम करनसंग बनाए साझेदारीको नयाँ रेकर्ड
चेन्नाईको इतिहासकै लज्जास्पद सुरुवात
आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर
अनुभवी खेलाडीहरुलाई बाहिर राख्दै जिम्बाब्वे सिरिजको लागि पाकिस्तान टिमको घोषणा