IPL : धोनीले कति नम्बरमा ब्याटिंग गर्नुपर्ला ? गम्भीरसंग छ जवाफ

पूर्व भारतीय क्रिकेटर गौतम गम्भीरले आगामी आईपीएलमा धोनीलाई माथिल्लो क्रममा र अझ तेश्रो नम्बरमा ब्याटिंग गर्ने राम्रो मौका रहेको बताएका छन्। चेन्नाई कप्तान धोनी पाँचौ र छैठौं नम्बरमा आईपीएल र भारतको लागि ब्याटिंग गर्दै आएका छन्। तर धोनीले माथिल्लो क्रममा ब्याटिंग गर्दा उनि अझ सफल भएको तथ्य समेत राख्दै गम्भीरले यो पटक टिमले धोनीलाई माथि ब्याटिंग पठाउन सहि समय भएको सुझाव दिएका छन्।

“यो राम्रो अवसर हो धोनीलाई नम्बर-३ मा पठाउन। उनि गत वर्ष देखि खेल देखि टाढा रहेका छन् त्यसैले उनले माथि ब्याटिंग गर्दा अझ धेरै बल खेल्न पाउनेछन्। त्यसपछि उनले म्याच जिताउने इनिंग खेल्न सक्छन् जसरि उनले पछिल्लो २ वर्ष भारतको लागि गर्दै आएका थिए।” गम्भीरले स्टार स्पोर्ट्सको क्रिकेट कनेक्टेड शोमा बताए।

सुरेश रैनाको अनुपस्थितिमा धोनीले तेश्रो नम्बरमा ब्याटिंग गर्ने विचार गम्भीरले व्यक्त गरेका छन्

धोनीको करियर विश्लेषण गर्दा उनले १६ पटक तेश्रो नम्बरमा ब्याटिंग गरेका छन् जुन क्रममा उनले ८२.७५ को औशतले ९९३ रन बनाएका छन्। चौथो नम्बरमा धोनीले ३० इनिंग ब्याटिंग गर्दै ५६.५८ को औशतले १३५८ रन बनाएका छन्। यस्तै पाँचौ नम्बरमा उनले ५०.३० को औशतमा ३१६९ रन बनाएका छन्। छैठौं नम्बरमा सर्वाधिक ब्याटिंग गरेका धोनीले १२९ इनिंगमा ४१६४ रन बनाएका छन्।

 रैनाको रिक्तता पुरा गर्ने मौका 

गम्भीरले सुरेश रैनाले लिग नखेल्ने हुँदा उनको ब्याटिंग गर्दै आएको महत्वपूर्ण तेश्रो नम्बरमा धोनीले प्रतिस्थापन गर्न सक्ने सुझाव दिए –

“धोनीले तेश्रो नम्बरमा ब्याटिंग गर्दा टिममसंग त्यसपछि केदार जाधव, ड्वेन ब्राभो, स्याम करन जस्ता ब्याट्सम्यानहरु बाँकी रहनेछन्। त्यसैले मलाई लाग्छ र धोनीले पनि विचार गरेका होलान् कि यो उनको लागि निकै राम्रो अवसर हो। अझ, सुरेश रैना पनि टिमसंग नहुँदा तपाईलाई तेश्रो नम्बरमा अनुभवी ब्याट्सम्यान चाहिन्छ जसको लागि धोनी सर्वोत्कृष्ट विकल्प हुन्।”

सम्बन्धित :-

रैना भारत फर्कनुको कारण यस्तो, सफलता टाउकोमा चढेको टिम मालिकको आरोप

चेन्नाईका ब्याटिंग कोच हसीले बताए, आईपीएलमा धोनीको ब्याटिंग नम्बर कुन हुनसक्नेछ

रुटलाई टि-२० मा बाहिर राख्दै अस्ट्रेलिया बिरुद्ध इंग्ल्यान्ड टिमको घोषणा

“यो पटक आईपीएल सर्वाधिक हेरिनेछ” गांगुली

IPL : चेन्नाईलाई अर्को झट्का, चाहर पछि अर्को खेलाडीलाई पनि कोरोना

IPL 2020 : पर्पल क्याप जित्न सक्ने ५ बलर

IPL : दिल्लीले भित्र्याएको अस्ट्रेलियन बलर जसको नाममा छ बिग ब्यास लिगको २ ठुलो रेकर्ड

टुट्न मुस्किल छ आईपीएलका यी ८ रेकर्ड





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]