सनराइजर्स हैदरावाद बिरुद्ध आईपीएल २०२० अन्तर्गत चौथो खेल खेल्न मैदान उत्रिएसंगै महेन्द्र सिंह धोनीले ठूलो रेकर्ड आफ्नो नाम गरेका छन्। चेन्नाई कप्तान धोनी आईपीएलमा सबैभन्दा बढी खेल खेल्ने क्रिकेटर बनेका छन्। यस क्रममा धोनीले आफ्नै साथी खेलाडी सुरेश रैनाको रेकर्ड तोडेका हुन् जो व्यक्तिगत कारणले यो सिजन लिग खेलीरहेका छैनन्।
खेल अघि धोनीले लिगमा १९३ खेल खेलेका थिए। हैदरावादसंगको टस भएसंगै धोनी अर्थात् ‘थाला’ आईपीएलको सर्वाधिक खेल खेल्ने क्रिकेटर बनेका हुन्। रैनाले १९२ खेल खेलेका छन्। धोनी र रैना पछि मुम्बई कप्तान रोहित शर्माले १९२ खेल तथा कोलकाता नाइट राइडर्सका कप्तान दिनेश कार्तिकले कुल १८५ खेल खेलेका छन्।
आईपीएलमा सबैभन्दा धेरै खेल खेल्ने भारतीय खेलाडीहरुको सूचीमा धोनी ( १९४ ) , रैना ( १९३ ), रोहित ( १९२ ), कार्तिक ( १८५ ) पछि पाँचौ नम्बरमा बैंगलोर कप्तान बिराट कोहली र रोबिन उथप्पा ( १८० ) रहेका छन्। रभिन्द्र जडेज र युसुफ पठानले समान १७४ खेल, शिखर धवनले १६२ , पियुष चावलाले १६१ तथा हरभजन सिंहले १६० खेल खेलेका छन्।
आफ्नै रेकर्ड तोडेपछि सुरेश रैनाले धोनीलाई ट्विटरमार्फत बधाई दिएका छन्- “बधाई छ माहि भाइ सबैभन्दा धेरै आईपीएल क्याप जित्ने खेलाडी बनेकोमा। म सबैभन्दा खुसि छु कि मेरो रेकर्ड तपाईले तोड्नु भएको छ। आजको खेलको लागि लागि सुभकामना। म निश्चित छु कि चेन्नाईले यो सिजन आईपीएल जित्नेछ।” रैनाले लेखेका छन्।
आईपीएलमा सबैभन्दा धेरै खेल खेल्ने भारत बाहिरका खेलाडी एबि डी भिल्लीयर्स हुन् जसले १५७ खेल खेलेका छन्। दोश्रो धेरै काइरन पोलार्डले १५२ खेल खेलेका छन्। शेन वाटसनले १३८, ड्वेन ब्राभोले १३५, डेभिड वार्नरले १३०, क्रिस गेलले १२५, लासिथ मालिंगाले १२२, सुनिल नारायणले ११३ तथा ब्रेण्डन म्याकलमले १०९ खेल खेलेका छन्।
अन्य ५ रेकर्ड नजिक छन् धोनी
धोनी टि-२० क्रिकेटमा ३ सय छक्का पुरा गर्न मात्र २ छक्का टाढा रहेका छन्। २ वटा छक्का प्रहार गरे धोनी रोहित शर्मा ( ३६८ ) , सुरेश रैना ( ३११ ) पछि टि-२० क्रिकेटमा ३ सय छक्का पुरा गर्ने तेश्रो भारतीय ब्याट्सम्यान बन्नेछन्। धोनीको कूल २९८ छक्का प्रहार गरेका छन्।
धोनीले यदी ८ वटा छक्का हैदरावाद बिरुद्ध हिर्काएको खण्डमा उनले आईपीएलमा धेरै छक्काको सूचीमा एबि डी भिल्लीयर्सलाई पछि पार्नेछन्। आईपीएलमा २ सय छक्का प्रहार गर्ने धोनी मात्र चौथो ब्याट्सम्यान हुन् भने दोश्रो भारतीय ब्याट्सम्यान हुन्। रोहित शर्माले २०४ छक्का तथा धोनीले २१२ छक्का प्रहार गरेका छन्। क्रिस गेल ( ३२६ ) र एबि डी भिल्लीयर्स ( २१९ ) ले मात्र धोनी भन्दा बढी छक्का प्रहार गर्न सकेका छन्।
यस्तै धोनी आईपीएलमा ४५०० रन पुरा गर्न मात्र २४ रन पर छन्। उनि बिराट कोहली ( ५४३० ) , सुरेश रिना ( ५३६८ ) , रोहित शर्मा ( ५०६८ ) र शिखर धवन ( ४६४८ ) पछि ४५०० रन बनाउने पाँचौ भारतीय खेलाडी बन्नेछन्। लिगमा धेरै रन बनाउने सुचीमा धोनी आठौँ स्थानमा रहेका छन्।
यदी धोनीले हैदरावाद बिरुद्ध ९ रन बनाएमा क्रिस गेललाई पछि पार्दै उनि लिगको सर्वाधिक रनकर्ताको सूचीमा सातौँ स्थानमा पुग्नेछन्। धोनीले १९३ खेलमा ४४७६ रन बनाएका छन् भने गेलले ४४८४ रन बनाएका छन्।
यस्तै धोनीले यदी खेलमा २ वटा क्याच लिएको खण्डमा आईपीएलमा १०० क्याच लिने दोश्रो विकेटकिपर बन्नेछन्। कोलकाताका कप्तान दिनेश कार्तिकले मात्र लिगमा १०० भन्दा बढी क्याच लिएका छन्।
इरफान पठानले बताए चेन्नाईको संघर्षको कारण
रैना र हरभजनसंग सम्बन्ध समाप्त गर्दै चेन्नाई
IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( मुम्बई-पन्जाब खेल पछि )
IPL 2020 : कुन कप्तानको तलव कति