IPL : धोनीले त्यस्तो के गरे, जसपछि अम्पायरले निर्णयनै परिवर्तन गरे

चेन्नाई सुपर किंग्स र सनराइजर्स हैदरावाद बीच मंगलवार राति सम्पन्न खेलको १९ औं ओभरमा घटेको घटनाले धेरैको ध्यानाकर्षण गर्यो। अम्पायर पल रेफलले चेन्नाई कप्तान धोनी र बलर शार्दुल ठाकुरले बिरोध गरेपछि दिईसकेको ‘वाइड बल’ को निर्णयनै परिवर्तन गरे।

२ ओभरमा हैदरावादलाई जितको लागि २७ रन आवस्यक थियो। १९ औं ओभरको दोश्रो बलमा शार्दुल ठाकुरले ‘वाइड योर्कर’ बल गरे जसलाई अम्पायरले वाइड दिए। पुनः अर्को बलमा ठाकुरले त्यही बल दोहोर्याए। उक्त बललाई राशिद खानले हान्ने प्रयास गरे तर उनको ब्याटले पिचमा छोयो र ब्याटको माथिबाट बल विकेटकिपर तिर गयो।

बल वाइड लाइनको घेरा भन्दा थोरै बाहिरबाट गएको थियो र अम्पायर रेफलले वाइड दिन हात फैलाउन सुरु गरे। तर सोहि समयमा बलर ठाकुर र धोनीले स्टम्प पछाडीबाट बिरोध गरेपछि तुरुन्त अम्पायरले निर्णय परिवर्तन गरे। जसपछि उक्त बल ‘डट बल’ हुन पुग्यो।

घटनाले सबैलाई आश्चर्यमा पार्यो। कमेन्टेटर केभिन पिटरसन, सुनिल गावस्कर र माइकल स्लेटरले कमेन्ट्रिको दौरान त्यसलाई प्रकट पनि गरे।

“यस्तो लाग्दै छ उनि माथिबाट ( थर्ड अम्पायर ) चेक गर्दैछन्। मलाई थाहा छैन उनि के चेक गर्दैछन्।” स्लेटरले बताए – “उनको हात बाहिर आउदै थियो, रोचक कुरा हो .. मलाई थाहा छैन… ”

“(उनीहरु चेक गर्दैछन् ) बलले ब्याटलाई छोएको हुनुपर्छ , तर यदी ब्याटले छोएको हो भने त्यो त क्याच हुनु पर्ने हो। त्यो सिधै धोनीको हातमा गएको थियो।” गावस्करले बताए।

“म झन्डै मरे, जब उनले ( रेफल ) हात फैलाइसकेका थिए।” पिटरसनले बताए “त्यहाँ उनि बिरुद्ध कोहि कराइरहेका थिए, त्यसपछि उनले आफ्नो निर्णय रोके।”

त्यसपछि स्टारस्पोर्ट्सले रिप्लेमा उक्त घटना दोहोर्यायो जसमा स्पस्ट देखियो कि अम्पायरले निर्णय दिन हात थोरै फैलाएका थिए तर बिरोध पछि निर्णय परिवर्तन गरेका थिए। वाइड दिन खोजेपछि धोनी र ठाकुरले अम्पायरको निर्णयको बिरोध गरेका थिए। त्यही बेला डेभिड वार्नरले डगआउटमा आश्चर्यजनक प्रतिक्रिया दिएका थिए।

रिप्ले हेर्दै पिटरसनले बताए – “उनले वाइड दिन खोजेका थिए, हेर्नुस उनले दिनै थालेका थिए।” पिटरसनले धोनी र ठाकुरले अम्पायरमाथि जाइलागे पछि उनले मनसाय परिवर्तन गरेको बताए।

खेलमा चेन्नाई २० रनले विजयी भयो। सोहि ओभरमा ठाकुरले राशिद खानलाई हिट विकेटको रुपमा आउट गरे तर उक्त घाटनापछि अम्पायरको सामाजिक संजालमा बिरोध भयो जसको एउटै आवाज थियो कि अम्पायर बलियो हुनुपर्छ जसले खेलाडीको दबाबमा नआएर निर्णय गर्नुपर्छ। धोनीले निर्णयको बिरोध गर्नु उनको अविवेक भएको समेत धेरैले बताएका छन्। धेरैले उक्त बल राशिदले भेटेको भन्दै अम्पायरको निर्णय सहि भएको पनि बताएका छन्।

धोनीले अम्पायरको निर्णयको बिरोध गरेको आईपीएलमा यो पहिलो घटना हैन। गत वर्ष भारतीय पूर्व कप्तानले राजस्थान रोयल्स बिरुद्धको खेलमा अम्पायर बिरुद्ध जाइलागेका थिए। अम्पायरले आफुले दिएको नो बलको इशारा लेग अम्पायरसंग छलफल पछि परिवर्तन गरेका थिए जसपछि धोनी आक्रोसित भएका थिए। खेलपछि धोनीलिई म्याच फिको ५० प्रतिशत जरिवाना गर्दै आईपीएलले कारवाही गरेको थियो।

ट्वीटर प्रतिक्रियाहरु हेर्नुस 

IPL : हैदरावादसंग खेलपछि तेवतियाले कसलाई ठड्याए औंला, जान्नुस विवादको कारण

पन्जाब-हैदरावाद खेलमा अनौठो घटना, एकै बलमा दुई रिभ्यु पछि मुजिब आउट

आश्विनले आखिर किन गरेनन् ‘मांकड’ ? आफैले बताए कारण

IPL 2020 : कुन कप्तानको तलव कति

आईपीएलमा सट्टेबाजको सक्रियता, एक खेलाडीलाई गरियो सम्पर्क





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]