धोनीका सबैभन्दा ठुला पाकिस्तानी फ्यान ‘चाचा शिकागो’ ले पनि लिए सन्यास, घनिष्ट थियो सम्बन्ध

पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीसंगै उनका पाकिस्तानी फ्यान मोहम्मद बसिर बोजाईले पनि क्रिकेटबाट सन्यास लिएका छन्। अर्थात् ‘चाचा शिकागो’ नामले प्रतिद्ध बसिरले अब स्टेडियममा गएर कुनै पनि खेल नहेर्ने घोषणा गरेका छन्। धोनीले भारतीय स्वतन्त्रता दिवसको दिन बेलुका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। त्यसको केहि बेरमा अर्का भारतीय क्रिकेटर सुरेस रैनाले पनि सन्यास लिएका थिए। 

कराँचीमा जन्मिएका बसिरले अब भारत-पाकिस्तान बीच हुने खेलमा नजाने निर्णय लिएका छन्।

धोनीले दिन्छन् टिकट, २०११ देखि भारत पाकिस्तानको सबै खेल हेर्न पुगेका छन् 

सन् २०११ मा भारतमा आयोजित विश्वकपको दौरान भारत र पाकिस्तान बीचको खेलमा धोनीले बसिरलाई टिकटको व्यवस्था गरिदिएका थिए। उक्त खेल हेर्न उनि अमेरिका र इंग्ल्यान्ड हुँदै भारत पुगेका थिए। त्यसयता बसिरले भारत र पाकिस्तानको कुनै पनि खेल छुटाएका छैनन्। सबै खेलको टिकट धोनीलेनै उनलाई व्यवस्था गर्दै आएका थिए।

२०१८ को एसिया कपको दौरान धोनीले बसिरलाई आफ्नो जर्सी पनि दिएका थिए। धोनीले उनलाई आफु बसेको होटलको कोठामा बोलाएर उपहार दिएका थिए। त्यस अघि उनलाई आफ्नो क्रिकेट ब्याट समेत दिएका थिए।

धोनीले दिएको उपहार 

“प्राय धोनीसंग खेल हेर्न जाँदा म भेट्ने गर्छु। तर २०१९ मा हामीले धेरै कुरा गर्न पाइन। सधै जस्तै उनले मलाई टिकट व्यवस्था गरिदिएका थिए। २०१८ एसिया कपको दौरान उनले मलाई आफ्नो कोठामा बोलाएर जर्सी उपहार दिएका थिए। त्यो निकै खुसिको पल थियो , त्यस अघि उनले मलाई २ पटक आफ्नो ब्याट दिएका थिए। जब उनिसंग समय हुँदैन उनले आफ्नो स्टाफहरु मार्फत टिकट दिने गर्छन्। उनले त्यस्तो गर्नु पर्दैन तर उनि सधै त्यस्तो गर्ने गर्छन्।” भावविभोर भएका बसिरले बताए।

जब धोनीले सनग्लास दिए

बसिरले धोनीसंगको सबैभन्दा अविस्मरणीय पद याद गर्दै बताए – “२०१५ विश्वकपको दौरानको पल म कहिले बिर्सन सक्दिन। म सिड्नीमा खेल हेर्न पुगेको थिए र घाम चर्को थियो। निकै गर्मि थियो। सुरेश रैना एक्कासी त्यहाँ पुगे र मलाई सनग्लास दिए। उनले भने “यो धोनीको तर्फबाट हो, मेरो तर्फबाट हैन।” म मुस्कुराउन मात्र सके।” बसिरले बताए।

सन्यासले दुखि 

“धोनीले सन्यास लिएका छन् र मैले पनि। धोनी नखेल्ने भए पछि मलाई लाग्दैन कि म अब क्रिकेट हेर्नको लागि फेरी यात्रा गर्नेछु। म धोनीलाई निकै माया गर्छु र उनले पनि मलाई फिर्तामा मायानै दिएका छन्। सबै महान खेलाडीले एक दिन सन्यास लिनु पर्छ तर धोनीको सन्यासले मलाई दुखि बनाएको छ। उनि शानदार विदाईको हकदार थिए” बसिरले भारतीय न्युज एजेन्सी पीटिआईलाई बताए।

 

 

जब पाकिस्तानी फ्यानले उनलाई गद्दार भने 

बसिर इंग्ल्यान्डमा गत वर्ष विश्वकप क्रिकेटको दौरान पनि भारत-पाकिस्तान खेल हेर्न पुगेका थिए।धोनीको समर्थन गरेका कारण पाकिस्तानी फ्यानहरुले बसिरलाई अभद्र गालिहरुको पनि सामना गर्नु पर्छ तर उनले त्यसलाई कहिले मतलब गर्दैनन्।

“एक पटक बर्मिङगममा पाकिस्तनी फ्यानहरुले मलाई गालि गरे जुन क्रममा मलाई गद्दार सम्म भने। मैले त्यसलाई वेवास्ता गरेजस्तो गरे। म दुवै देश ( भारत र पाकिस्तान ) लाई उत्तिकै माया गर्छु र सबैभन्दा अघि मानवता आउछ।”

अमेरिका शिकागोमा रेस्टुरेन्ट संचालन गर्दै आएका बसिरको आगामी योजना धोनीलाई भेट्नु रहेको छ।

धोनीलाई भेट्ने योजना 

तिन पटक हृदयघातको सामना गरिसकेका ६७ वर्षीय बसिरलाई अब धोनीको सन्यास पछि क्रिकेट खेल पहिले जस्तो रहेन। त्यसैले अब क्रिकेट स्टेडियम भन्दा उनि धोनीलाई भेट्न चाहन्छन्।

“स्थिति सामान्य भएमा ( कोरोना महामारी पछि ) म उनको घर राँची जानेछु। उनलाई सुभकामना दिनको लागि म कम्तिमा यो काम गर्न सक्छु। मैले राम बाबु ( धोनीको ठुलो भारतीय फ्यान ) लाई पनि संगै जानको लागि भन्छु।”

( श्रोत – CircleofCricket.com )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy