पान्ड्या दाजु-भाईलाई दिए धोनीले आफ्नो जर्सी

२०७७ कार्तिक ८, शनिबार ०९:५२

आईपीएल २०२० अन्तर्गत चेन्नाईलाई इतिहासमै पहिलो पटक १० विकेटले पराजित गर्दै मुम्बई अंकतालिकाको शिर्ष स्थानमा पुग्यो। खेलपछि चेन्नाई कप्तान महेन्द्र सिंह धोनीले आफ्नो ७ नम्बरको जर्सी मुम्बईका खेलाडी दाजु-भाई हार्दिक र क्रुनाल पान्ड्यालाई दिएका छन्।

चेन्नाई सुपर किंग्सले आफ्नो अधिकारिक ट्वीटर एकाउन्टमा पान्ड्या दाजुभाईको तस्बिर राख्दै लेखेको छ – “दिनको अन्तिममा, क्रिकेट हाम्रो जीवन।” भन्दै ट्वीट गरेको छ।


हार्दिकले पनि धोनीसंगको शारजाहमा खेल अघि खिचिएको फोटो ट्वीटरमा राख्दै “मेरो भाई” क्याप्सन दिएर फोटो राखेका छन्।”


यस अघिको खेलमा धोनीले राजस्थान रोयल्सका इंगलिस खेलाडी जोस बटलरलाई नम्बर-७ जर्सी दिएका थिए।

IPL : प्ले-अफ पुग्न कुन टिमले के गर्नुपर्छ, हेर्नुस समीकरण

“पक्कै पिंडा हुन्छ” धोनीले बताए लिगमा खराब प्रदर्शनको कारण

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy