धोनीले बताए मुम्बईसंग हारको प्रमुख कारण

इन्डीयन प्रिमियर लिगको एल क्लासिको अर्थात् मुम्बई इन्डीयन्स र चेन्नाई सुपर किंग्स बीचको शनिवार राति सम्पन्न खेल हाई स्कोरिंग थ्रिलर रह्यो। डिफेन्डिङ च्याम्पीयन मुम्बई इन्डीयन्सले आफ्नो चिर प्रतिद्वन्द्वी चेन्नाई सुपर किंग्सलाई अन्तिम बलमा ४ विकेटले पराजित गर्यो। २१९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले ८१ रनमा ३ विकेट गुमाईसकेको थियो तर त्यसपछि काईरन पोलार्डले आईपीएल करियरकै व्यक्तिगत सर्वाधिक अविजित ८७ रन बनाउदै टिमलाई सनसनीपूर्ण जित दिलाए।

खेलपछि चेन्नाई कप्तान महेन्द्र सिंह धोनीले हारको कारण खोतले –

“मलाई लाग्छ यो गजबको विकेट थियो। दुई टिम बीचको भिन्नता भनेको अवलम्बनमा थियो। मलाई लाग्छ हामीले महत्वपूर्ण समयमा क्याचहरु छोड्न पुग्यौं। हामि अंकतालिकाको शिर्ष स्थानमै छौँ त्यसैले म धेरै दुखि त छैन।” धोनीले बताए।

खेलको १८ औं ओभरमा शार्दुल ठाकुरको बलमा फाफ डु प्लेसीले ६८ रनमा ब्याटिंग गरिरहेका पोलार्डको क्याच छोडेका थिए। त्यस बाहेक अन्य अवसरमा चेन्नाई फिल्डरहरुले क्याच लिन खोज्ने क्रममा बाउन्ड्री दिन पुगेका थिए।

धोनीले हार पछि पनि चेन्नाईले आफ्नो आत्मविश्वास नगुमाएको बताए।

“हामीले योजना अनुसार राम्रो ब्याट्सम्यान बिरुद्ध बलिंग गर्न सकेनौ। २० औं ओभरमा तपाईलाई १-२ छक्का प्रहार हुँदैन भने पनि तपाईले खेल जित्न सक्नुहुन्छ। हो दुख हुन्छ तर पनि हाम्रो आत्मविश्वास कायमै छ।”

पोलार्डले ३४ बलमा ८७ रन बनाए

खेलपछि मुम्बई कप्तान रोहितले पोलार्ड आफुले खेलेको यो उत्कृस्ट टि-२० खेल भएको बताए –

“सम्भवतः मैले खेलेको उत्कृस्ट मध्येको टि-२० खेल। पोलार्डको उत्कृस्ट मध्येको इनिंग्स। यदी तपाई विशाल लक्ष्य पछ्याउदै हुनुहुन्छ भने तपाईको आक्रामक ब्याट्सम्यानले बढी बल खेल्नु पर्छ। पोलार्ड र क्रुनालको साझेदारी निकै महत्वपूर्ण थियो।”

करियरको उत्कृस्ट मध्येको इनिंग्स पछि पोलार्डले भगवानलाई सम्झिए-

“म भगवान र अंकल स्टेभेनलाई धन्यवाद दिन चाहन्छु जसले मलाई हेरीरहनु भयेको छ र शाहस र शक्ति प्रदान गर्नुहुन्छ।”

उनले यस्तो इनिंग्सको पछाडी धेरै अभ्यास लुकेको बताए –

“यसको लागि निकै अभ्यास चाहिन्छ जसले मलाई निकै मद्दत गर्यो। म भन्दिन म ३६० खेलाडी हुँ तर म फिल्डको धेरै एंगलहरु उपयोग गरिरहेको छु। हामीले यस्तो अभ्यास दौरान धेरै पटक गरेका छौँ। तपाई यस्तो बेला शान्त रहनुपर्छ र आफ्नो काम गर्नुपर्छ। यो मरो भाग्य थियो कि फाफले मलाई मौका दिए।”

खेलमा जित पछि मुम्बई ७ खेलमा ४ जित र ३ हार पछि ८ अंकका साथ चौथो स्थानमा रहेको छ। हारपछि पनि चेन्नाई ७ खेलमा ५ जित र २ हार पछि १० अंक सहित शिर्षमा कायमै छ। दिल्ली र बैंगलोरको समान १० अंक रहेता पनि नेट रन रेटमा पछि पर्दै दोश्रो र तेश्रो स्थानमा रहेको छ।

यो पनि पढ्नुस

https://wicketnepal.com/harpreet-baar-stry-wn21/

https://wicketnepal.com/brar-kohli-de-villier-yojana-out/

https://wicketnepal.com/karan-kc-4-world-record-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy