हैदरावाद बिरुद्ध खेलमा ५ वटा रेकर्ड नजिक छन् धोनी

२०७७ आश्विन १६, शुक्रबार १८:२९

आईपीएल २०२० मा महेन्द्र सिंह धोनीको ब्याटिंग क्रम बारे धेरै चर्चा भएको छ। धोनीले नम्बर ६-७ मा ब्याटिंग गरिरहेका छन् जुन क्रममा स्याम करन र रभिन्द्र जडेजालाई अगाडी खेल्ने मौका दिईरहेका छन्। यद्धपि चेन्नाईको आज हैदरावाद बिरुद्ध खेलिने चौथो खेलमा परिवर्तन देख्न पाइने आशा गरिएको छ। हैदरावाद बिरुद्ध खेलमा धोनीले टिमलाई दोश्रो जित दिलाउदै आलोचकहरुलाई जवाफ दिने मौका छ भने अर्कोतर्फ कप्तान कुल केहि ठूला व्यक्तिगत रेकर्डहरु समेत कायम गर्न सक्नेछन्।

धोनी टि-२० क्रिकेटमा ३ सय छक्का पुरा गर्न मात्र २ छक्का टाढा रहेका छन्। २ वटा छक्का प्रहार गरे धोनी रोहित शर्मा ( ३६८ ) , सुरेश रैना ( ३११ ) पछि टि-२० क्रिकेटमा ३ सय छक्का पुरा गर्ने तेश्रो भारतीय ब्याट्सम्यान बन्नेछन्। धोनीको कूल २९८ छक्का प्रहार गरेका छन्।

धोनीले यदी ८ वटा छक्का हैदरावाद बिरुद्ध हिर्काएको खण्डमा उनले आईपीएलमा धेरै छक्काको सूचीमा एबि डी भिल्लीयर्सलाई पछि पार्नेछन्। आईपीएलमा २ सय छक्का प्रहार गर्ने धोनी मात्र चौथो ब्याट्सम्यान हुन् भने दोश्रो भारतीय ब्याट्सम्यान हुन्। रोहित शर्माले २०४ छक्का तथा धोनीले २१२ छक्का प्रहार गरेका छन्। क्रिस गेल ( ३२६ ) र एबि डी भिल्लीयर्स ( २१९ ) ले मात्र धोनी भन्दा बढी छक्का प्रहार गर्न सकेका छन्।

यस्तै धोनी आईपीएलमा ४५०० रन पुरा गर्न मात्र २४ रन पर छन्। उनि बिराट कोहली ( ५४३० ) , सुरेश रिना ( ५३६८ ) , रोहित शर्मा ( ५०६८ ) र शिखर धवन ( ४६४८ ) पछि ४५०० रन बनाउने पाँचौ भारतीय खेलाडी बन्नेछन्। लिगमा धेरै रन बनाउने सुचीमा धोनी आठौँ स्थानमा रहेका छन्।

यदी धोनीले हैदरावाद बिरुद्ध ९ रन बनाएमा क्रिस गेललाई पछि पार्दै उनि लिगको सर्वाधिक रनकर्ताको सूचीमा सातौँ स्थानमा पुग्नेछन्। धोनीले १९३ खेलमा ४४७६ रन बनाएका छन् भने गेलले ४४८४ रन बनाएका छन्।

यस्तै धोनीले यदी खेलमा २ वटा क्याच लिएको खण्डमा आईपीएलमा १०० क्याच लिने दोश्रो विकेटकिपर बन्नेछन्। कोलकाताका कप्तान दिनेश कार्तिकले मात्र लिगमा १०० भन्दा बढी क्याच लिएका छन्।

चेन्नाईले ६ दिनको ब्रेक पछि हैदरावाद बिरुद्ध लिगको चौथो खेल खेल्दैछ।  खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ। दुबै टोली ३ खेलमा समान एक जित र दुई हार पछि अकंतालिकाको सातौँ ( सनराइजर्स हैदराबाद) र आठौँ (चेन्नाई सुपर किङ्ग्स) स्थानमा छन्।

IPL Match 14 : लय पाएको हैदरावादलाई चेन्नाईको चुनौती

इरफान पठानले बताए चेन्नाईको संघर्षको कारण

रैना र हरभजनसंग सम्बन्ध समाप्त गर्दै चेन्नाई

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( मुम्बई-पन्जाब खेल पछि )

“निराशाजनक ! , हामीले सहजै ४ मध्ये ३ खेल जित्न सक्थ्यौ” – के एल राहुल

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy