धोनी रहेनन् कुल, अम्पायरको निर्णयको बिरोध गर्दा यस्तो कारवाही

  • विकेटनेपाल, चैत-२९ 

अम्पायरले नो बल दिएर पुनः आफ्नो निर्णय फिर्ता लिएपछि रिसाउदै अम्पायरको निर्णयको बिरोधमा मैदान भित्र प्रवेश गरेका चेन्नाई सुपर किंग्स कप्तान महेन्द्र सिंह धोनीलाई आईपीएलले कारवाही गरेको छ।

सवाई मान सिंह स्टेडियममा सम्पन्न राजस्थान रोयल्स र चेन्नाई सुपर किंग्स बीचको खेल दौरान धोनीले अम्पायरको विबादास्पद निर्णय पछि स्पस्टिकरण माग गर्न धोनी मैदान प्रवेश गरेका थिए। क्रिकेट मैदानमा सधै कुल कप्तान को परिचय बनाएका धोनीले दुर्लभ रिस देखाएका थिए।

धोनीलाई म्याच फिको ५० प्रतिशत जरिवाना गरिएको छ।

“चेन्नाई कप्तान महेन्द्र सिंह धोनीलाई म्याच फिको ५० प्रतिशत जरिवाना गरिएको छ। आईपीएलको कोड अफ कण्डक्ट तोडेका कारण धोनीलाई कारबाही गरिएको हो। धोनीले आफुले आईपीएल कोड अफ कण्डक्ट २.२० लेभल-२  अन्तर्गत आफ्नो गल्ति स्वीकार गरिसकेका छन्” आईपीएल द्वारा जारि प्रेस बिज्ञप्तिमा उल्लेख छ।

धारा २.२० अन्तर्गत खेलाडीहरुलाई खेल भावना बिरोधि काम गर्दा जरिवाना गरिने उल्लेख छ। धोनीलाई लागेको ५० प्रतिशत जरिवाना यो केसमा सबैभन्दा कम जरिवाना हो। पहिलो पटक यस्तो गल्ति गरेका कारण धोनीलाई निम्नतम जरिवाना गरिएको हो।

के भएको थियो ? 

चेन्नाई र राजस्थान बीचको खेलमा चेन्नाईलाई जितको लागि ३ बलमा ८ रन आवस्यक थियो। चौथो बलमा बलर बेन स्टोक्सले गरेको स्लोअर बल फुल टस भएको थियो जुन ब्याट्सम्यानको कम्मर माथि थियो। ब्याट्सम्यानको सिधा बसेको अम्पायर उल्हास गान्धेले तुरून्त नो बल इशारा गरेका थिए।

त्यो बलमा नो बल दिएको भए त्यस बल पछि चेन्नाईलाई ३ बलमा ५ रन जितको लागि आवस्यक हुने थियो र लगत्तै बलमा फ्री हिट पनि पाउने थियो।

तर लेग अम्पायर अम्पायर अक्सेनफर्डले उक्त बललाई नो बल नभएको र कुनै इशारा नगरे पछि विवाद सुरु भएको थियो।

उक्त घटना पछि धोनी मैदान भित्र प्रवेश गर्दै नो बल भएको मा अम्पायरलाई प्रश्न गरेको देखिएको थियो।

अम्पायरले थर्ड अम्पायरलाई निर्णय रिफर नगर्दै र नो बल समेत नभएको अन्तिम निर्णय गरेपछि चेन्नाईलाई अन्तिम २ बलमा ६ रन आवस्यक रह्यो। मिचेल स्यान्टनरले अन्तिम बलमा ३ रन आवस्यक रहंदा छक्का प्रहार गर्दै चेन्नाईलाई खेलमा जित दिलाएका थिए।

खेलमा पहिले ब्याटिंग गर्दै राजस्थानले १५१ रन बनाएको थियो र निर्धारित लक्ष्य चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो। खेलको प्लेयर अफ द म्याच चुनिएका धोनीले ४३ बलमा ३ छक्का र २ चौका मदतले ५८ रन बनाएका थिए।

माइकल भनद्वारा धोनीको आलोचना 

धोनी मैदान प्रवेश गर्दै अम्पायरको बिरोध गरेकोमा इंग्ल्याण्ड क्रिकेट टिमका पुर्व कप्तान माइकल भनले आलोचना गरेका छन्।

क्रिकवजसंग खेल पछि अन्तर्वार्ताको क्रममा भनले कप्तान त्यसरी पिचसम्म जाने काम गलत भएको बताए –

“मलाई थाहा छ उनि धोनी हुन्, उनि उनको देशमा चाहे अनुसार जे पनि गर्न सक्छन्। तर तपाईलाई कप्तानको रुपमा डगाउट छोडेर अम्पायरलाई औला ठड्याउदै मैदानको बीचमा जाने अधिकार छैन”

“एउटा कप्तानको रुपमा धोनीले गरेको काम उदाहरणीय छैन। कहिलेकाहीं घटनाहरु तपाईको पक्षमा जाँदैन त्यसो भयो भन्दैमा मैदान भित्र जानु हुँदैन। मलाई थाहा छ धोनी ठुलो खेलाडी हुन् तर मैदान भित्र जानु गलत हो”

सामाजिक संजालमा आएका प्रतिक्रियाहरु – 

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]