प्लेअफ पुग्न असफल भएता पनि अन्तिम ३ खेलमा लगातार जित सहित चेन्नाई सुपर किंग्सले सकारात्मक लयमा आईपीएल २०२० को अन्त्य गर्यो। खेल अघि टसको क्रममा धोनीले २०२१ आईपीएलमा पनि आफू खेल्ने बताए भने खेलपछि अन्तर्वार्तामा आगामी सिजन ठूला परिवर्तनहरु गर्ने घोषणा गरे।
३ पटकको विजेता चेन्नाई टिमलाई राम्रो बनाउन धोनीले प्रमुख टिममा परिवर्तन हुने बताएका छन्।
“धेरै कुरा बिसीसीआईले अक्सन गर्छ या गर्दैनमा निर्भर गर्छ। हामीले हाम्रो प्रमुख समुहमा परिवर्तन गर्दै आगामी १० वर्षको लागि सोच्नुपर्छ। आईपीएलको सुरुवातमा हामीले एउटा टिम बनायौ जसले राम्रो प्रदर्शन गरे। अब हामीले परिवर्तन गर्ने समय आएको छ र आगामी पुस्तालाई हस्तान्तरण गर्ने समय आएको छ। नयाँ र बलियो ‘कोर ग्रुप’ बनाउनु पर्छ।”
चेन्नाई टिममा यो पटक अधिकांश ३५ वर्ष वर-परका खेलाडीहरु समाबेश रहेका थिए। फाफ डु प्लेसी, इमरान ताहिर, शेन वाटसन, केदार जाधब, अम्बाती रायडु, मुरली विजय, ड्वेन ब्राभो जस्ता खेलाडीहरुको भविष्य टिममा नरहेको संकेत धोनीले गरेका हुन्।
धोनीले फ्यानहरुलाई सन्देश दिंदै टिम २०२१ मा बलियो रुपमा पुनरागमन गर्ने बताए – “हामिले बलियो रुपमा पुनरागमन गर्नेछौँ जसको लागि हामि चिनिने गर्छौं। यो आईपीएल त्यस्तो सिजन मध्ये रह्यो जहाँ अधिकांश टिमले राम्रो प्रदर्शन गरे। अथवा भनौ मुम्बईले उत्कृस्ट खेल्यो र अन्य सबै टिमले समग्रमा राम्रो गर्न सकेनन्। हेर्ने नजरको कुरा हो।”
“हाम्रो लागि प्रतियोगिता कठिन थियो। हामीले क्षमता अनुसार खेल्न सकेनौ। धेरै कुरा काम नगर्दा प्रदर्शन गर्न कठिन हुन्छ। म गर्व गर्छु जसरि उनीहरुले क्रिकेट खेले। पहिलो ६-७ वटा खेल निकै मुस्किल थियो। तपाई त्यस्तो ड्रेसिंग रुममा जान चाहनुहुन्न जसले क्रिकेटको मजा लिईरहेको छैन। तपाई सधै फरक उपाए लिएर जानुहुन्छ तर यदी ड्रेसिंग रुमको वातवरण खुसि छैन भने निकै कठिन हुन्छ।” धोनीले बताए।
धोनीले युवा ब्याट्सम्यान रुतुराज गायकवाडको तारिफ गरे – “उनि कोरोना संक्रमण देखिएपछि बाहिरिएका थिए। २० दिन पछि पनि उनि फिट थिएनन्। उनले अभ्यास गर्ने मौका पनि धेरै पाएनन्। तर उनि त्यस्तो ब्याट्सम्यान हुन् जसले राम्रो ब्याटिंग गरे।” गायकवाडले पछिल्लो ३ खेलमा लगातर ३ अर्धशतक बनाउदै जितमा अहम योगदान दिए।
धोनीले लिगको सुरुवातमा वाटसनले राम्रो नगर्दा पनि उनलाई निरन्तर खेलाउनुको पछाडीको कारण बताए – “हो त्यसले काम गरेन तर मलाई लाग्दैन त्यो खराब निर्णय थियो। तपाई आफ्नो अनुभवी खेलाडीसंग जान चाहनुहुन्छ र पुनरागमन गर्न चाहनुहुन्छ। त्यसैले वाटसन र फाफलाई निरन्तरता दिईयो।”
लिगको क्रममा धेरै खेलाडीहरुले आफ्नो जर्सी लिनुको पछाडी उनीहरुले आफूले सन्यास लिन्छ भन्ने सोचेको धोनीले बताए – “उनीहरुलाई लागेको हुनसक्छ मैले सन्यास लिनेछु।”
चेन्नाई लिग इतिहासमै पहिलो पटक प्ले-अफ पुग्न असफल भएको हो। लिगमा १४ खेल खेल्दा चेन्नाई ६ जित र ८ हार बेहोर्दै १२ अंक सहित सातौँ स्थानमा रहेको छ।
“आईपीएल २०२१ आउन केहि महिना मात्रै बाँकी छ जुन राम्रो कुरा हो। आशा गर्छु त्यो बेला लकडाउन हुने छैन। लकडाउन नभए धेरै योजनाहरु बनाउन सकिन्छ।” धोनीले बताए।
लिगमा धोनीको प्रदर्शन पनि इतिहासकै कमजोर रह्यो। उनले लिगमा पहिलो पटक एक पनि अर्धशतक बनाउन सकेनन् भने २५ को औशतले मात्र २०० रन बनाउन सके। उनको स्ट्राइक रेट पनि मात्र ११६.२७ रह्यो। लिग इतिहासमै कम मात्र ७ वटा छक्का धोनीले प्रहार गर्न सके।
यो पनि पढ्नुस :
“मलाई लाग्दैन यो भन्दा बढी हामीले गर्न सक्थ्यौ, अब जे हुन्छ भगवानको हातमा छ” मोर्गन
IPL प्लेअफ रेस : ३ स्थान, ४ टिम, २ खेल बाँकी, यस्तो छ प्लेअफ समीकरण
पन्जाबको प्ले-अफ सपना चेन्नाईद्वारा चकनाचुर, गायकवाडको कीर्तिमानी अर्धशतक
कमिन्सले घातक बलिंग गर्दा कोलकाताको शानदार जित, राजस्थान बाहिरियो