धोनीले यसरी गरे नेपाली क्रिकेट टिमको प्रशंसा

Dhoni praise nepal cricket team
  • विकेटनेपाल, चैत ३ 

भारतीय पुर्व कप्तान महेन्द्र सिंह धोनीले एकदिवसीय मान्यता पाएकोमा नेपाली क्रिकेट टिमको प्रसंशा गरेका छन्। बिश्वकप छनौट प्रतियोगिताको प्लेअफमा बिहिबार पपुवा न्यु गिनीलाई पराजित गरेपछि हंगकंग र पपुवा न्यु गिनीलाई पछि पर्दै नेपालले पहिलो पटक एकदिवसीय राष्ट्रको मान्यता पाएको हो।

सन् १९९६ मा आईसीसीको एसोसीएट राष्ट्रको मान्यता पाएको नेपालले २२ बर्ष पछि ऐतिहासिक सफलता हात पार्दा बिश्व क्रिकेट जगतमा चर्चित नामहरुले नेपाली क्रिकेट टिमलाई बधाई दिंदै प्रशंसा गरेका छन् जसमा धोनी समेत सामेल भएका छन्।

हिन्दुस्तान टाइम्सलाई शुक्रबार लखनाउमा अन्तर्वार्ता दिदै धोनीले नेपाल टिमलाई बधाई दिंदै नेपालले एकदिवसीय मान्यता पाउनु क्रिकेटको विश्वव्यापी विकासको लागि राम्रो भएको बताएका हुन्।

Nepal ODI Nation
Nepal ODI Nation

नेपाल क्रिकेटको लागि यो ठुलो सफलता भएको बताउदै धोनीले एकदिवसीय मान्यता पश्चात नेपालमा क्रिकेट खेल्ने र संचालन गर्ने प्रकृयामानै ठुलो परिवर्तन आउनु पर्ने विचार ब्यक्त गरेका छन्। केही वर्ष अघिको नेपाल भ्रमण स्मरण गर्दै भारतका पूर्व कप्तानले नेपाली क्रिकेटरहरु मेहनती भएको समेत बताए-

” यो (एकदिवसीय राष्ट्रको मान्यता) उनीहरुको मिहिनत र सच्चा लगावको परिणाम हो। मलाई लाग्दैन कि सानो राष्ट्रहरुको सहभागिताले अन्तराष्ट्रिय क्रिकेटको स्तरलाई धमिलो बनाउछ ”

धोनी भारतीय टिमको कप्तान रहंदा सन् २०१२ मा नेपालको भ्रमण गरेका थिए जुन क्रममा यु-१९ बिश्वकपको तयारी गरिरहेको नेपाली यु-१९ टिमको साथै राष्ट्रिय क्रिकेटरहरुसंग समय बिताएका थिए। त्यसबेला उनले नेपाल जस्तो देशले पाएको कम सुबिधाको जति सक्दो उपयोग गरेर अघि बढ्नु पर्ने र आफु पनि सानो ठाउँ र कम सुबिधा भएको ठाउंबाट क्रिकेटमा अघि बढेको प्रसंग निकाल्दै नेपाली टिमलाई प्रेरणा दिएका थिए।

सन् २०१२ मा धोनी नेपाल आएका थिए

“एसोसिएट राष्ट्रहरु आईसीसीको एकदिवसीय मान्यताको लागि प्रयास गर्नु राम्रो हो र क्रिकेटलाई बिश्वकै लोकप्रिय खेल बनाउन नेपाल जस्तै अरु देशहरु पनि प्रतिस्पर्धामा आउनुपर्छ”

नेपालको बेन्च स्ट्रेन्थ राम्रो नहुन सक्छ तर खेल भनेको रमाइलोको लागि खेलिने हो र नेपालको मानिसहरु आफ्नो खेललाई सुधार्दै अन्तराष्ट्रिय टिमहरुसंग प्रतिस्पर्धा गर्ने काममा लाग्ने छन् भन्दै धोनीले क्रिकेटलाई ग्लोबल खेल बनाउने हो भने नेपाल जस्तो राष्ट्रहरु अझै अघि आउनु पर्नेमा जोड दिएका छन्।

आफुलाई प्रतिस्पर्धात्मक बनाउदै अझ राम्रो क्रिकेट खेल्दै जाने कुराको लागि अफगानिस्तान एउटा राम्रो उदाहरण भएको भारतलाई टि-२० र एकदिवसीय बिश्वकप जिताईसकेका पुर्व कप्तान धोनीले बताए-

“निरन्तरता निकैनै महत्वपूर्ण हुन्छ र त्यही कारण हो युएई जस्ता टिमहरु लामो समय राम्रो क्रिकेट खेल्दा खेल्दै पनि बाटो बिराउन पुगे।”

हिन्दुस्तान टाइम्ससंगको कुराकानीमा धोनीले आफ्नो क्रिकेट करियरको कुरा गर्दै टेस्ट क्रिकेट छोडेपछि टि-२० र एकदिवसीय क्रिकेटमा आफु रमाईरहेको र कामको बोझ नरहेको बताएका छन्। धोनीलाई हाल श्रीलंकामा जारि त्रिकोणात्मक सिरिजमा आराम दिईएको छ। अप्रिल ७ देखि सुरु इन्डियन प्रिमियर लिगमा धोनी चेन्नई सुपर किंग्सको लागि कप्तानी गर्दै कम्ब्याक गर्नेछन्।

 





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]