राजस्थान रोयल्ससंग ७ विकेटले पराजित भएपछि गत सिजनको उप-विजेता चेन्नाई सुपर किंग्स आईपीएल अंकतालिकाको पुनः पुछारमा पुग्यो। शेख जायद, अबुधाबीमा टस जितेर ब्याटिंग रोजेको चेन्नाईले २० ओभरमा ५ विकेट मात्र गुमाएता पनि १२५ रन मात्र बनाउन सक्यो। १२६ रनको सामान्य लक्ष्य राजस्थानले ३ विकेट छिट्टै गुमाएता पनि बटलर र स्टिभ स्मिथले ९८ रनको साझेदारी गरेपछि मात्र ३ विकेट गुमाएर पछ्याउन सफल भयो।
हारपछि चेन्नाई कप्तान धोनीले पिचले दोश्रो इनिंगमा पिचले स्पिनरलाई मद्दत नगरेको बताए –
“फास्ट बलरको लागि विकेटमा केहि थियो। जडेजालाई बलिंग दिएर बल कति रोकिएर आउछ जाँच्न खोजेको थिए। तर, बल पहिलो इनिंगको जस्तो धेरै रोकिएन। त्यसपछि पेस बलरलाई बलिंग गराउने र बल पुरानो भएपछि स्पिनरलाई ल्याउनु बिकल्प थियो। दोश्रो इनिंगमा पिच बढी राम्रो भयो जहाँ हाम्रो स्पिनरहरुले मद्दत पाउन सकेनन्। सधै तपाईले भने जस्तो हुँदैन।”
धोनीले स्पिनरलाई मात्र ४.३ ओभर बलिंग गर्न दिएका थिए जसमा लेग स्पिनर पियुष चावलाले ३ तथा रभिन्द्र जडेजाले १.३ ओभर बलिंग गरे। चावलाले सबैभन्दा महँगो सावित हुने क्रममा ३ ओभरमा ३२ रन खर्चिएका थिए।
धोनीले टिममा धेरै परिवर्तन गर्नेमा आफूले धेरै बिश्वास नगरेको बताए – “हामीले केहि कुराहरु प्रयास गर्यौं। मलाई परिवर्तन गर्न धेरै मन पर्दैन। किनकि, के हुन्छ भने ३-४ खेलपछि तपाई कुनै पनि कुरामा पक्का हुन सक्नुहुन्न। त्यसैले म उनीहरुलाई परिवर्तन गर्नु अघि पर्याप्त प्रमाणित गर्ने मौका दिन्छु। असुरक्षा भाव ड्रेसिंग रुममा देखाउनु हुँदैन।”
“प्रस्ट देखिएको छ कि यो सिजन त्यहाँ थिएनौ। हामीले युवा खेलाडीलाई केहि मौका दियौं। उनीहरुमा चमक देखिएन कि जसले गर्दा अनुभवी खेलाडीलाई प्रतिस्थापन गरेर ठाउँ बनाउन सकुन्। अब हामिसंग दबाब छैन र दबाब नहुँदा आशा छ खुलेर खेल्नेछन्।”
जितपछि अंकतालिकाको पाँचौ स्थानमा उक्लेको टिम राजस्थान रोयल्सका कप्तान स्टिभ स्मिथले विकेट ब्याटिंग गर्न निकै मुस्किल भएको बताए –
“शारजाह यहाँ भन्दा फरक छ। विकेट निकै रोकिएर आइरहेको थियो र ब्याटिंग गर्न राम्रो ठाउँ हैन। विजयी हुँदा खुसि लागेको छ।”
“मलाई लाग्छ हामीले पावरप्लेमा राम्रो बलिंग गर्यौं। स्पिनरहरुले राम्रो लम्बाईमा बलिंग गरे र गुगली र लेग स्पिनरको सम्मिश्रण गरे जसले गर्दा दबाब बन्यो। तेवतिया र श्रेयस गोपाल हाम्रो लागि गजबको खेलाडी हुन्।”
लक्ष्य पछ्याउने क्रममा बटलरले गर्दा आफूमाथि दबाब कम भएको स्मिथले बताए – “बटलरले म माथिको दबाब हटाए। उनले प्राकृतिक रुपमा ब्याटिंग गरे। उनले सधै राम्रो स्ट्राइक रेट बनाउने गर्छन्।”
बटलरले ४८ बलमा ७० रन बनाएर प्लेयर अफ द म्याच चुनिएका जोस बटलरका अनुसार लक्ष्य कम हुँदा दबाब कम रहेको थियो –
“तपाईले आफुलाई विश्वास गर्नुपर्छ अझ विशेषगरी लक्ष्य कम हुँदा। म ५ नम्बरमा ब्याटिंग गर्दा खुसि छु, टिमले जे जिम्मेवारी दिन्छ निभाउने कुरा हो। मैले ब्याटिंगमा केहि तीव्रता ल्याउने कोशिश गरे जुन अन्तिम खेलमा मैले गर्न सकेको थिईन। त्यसैले आज केहि अतिरिक्त प्रयास गरे जुन सफल पनि भयो।”
जितपछि राजस्थान अन्तिम स्थानबाट उक्लदै ८ अंक सहित पाँचौ स्थानमा पुगेको छ। १० खेल खेल्दा राजस्थानले ४ जित र ६ हार रहेको छ।हारपछि चेन्नाई भने पुनः अंकतालिकामा पुछारमा पुगेको छ जसले १० खेलमा ३ जित र ७ हार बेहोरीसकेको छ। समान ६ अंक रहेता पनि हैदरावाद र पन्जाब नेट रन रेटमा अघि रहँदै छैठौं र सातौँ स्थानमा रहेको छ।
लिग अन्तर्गत चेन्नाईले आगामी खेल मुम्बई बिरुद्ध शुक्रबार तथा राजस्थानले हैदरावाद बिरुद्ध बिहिबार खेल्ने तालिका रहेको छ।
बटलर चम्किदा राजस्थानद्वारा चेन्नाई ७ विकेटले पराजित, चेन्नाई फेरी पुछारमा पुग्यो
लंका प्रिमियर लिगमा सन्दिपलाई लिईएन , कुन टिमले कसलाई लियो
IPL : अमित मिश्राको स्थानमा दिल्लीले भित्र्यायो अर्को लेग स्पिनर