धोनीले बताए कोलकातासंग हारको कारण

अघिल्लो खेलमा पन्जाबले दिएको १७९ रनको लक्ष्य विकेट नगुमाई पुरा गर्दै १० विकेटको जित दर्ता गरेको चेन्नाईलाई लगातार दोश्रो खेल जित्ने मौका थियो। तर कोलकाताले दिएको १६८ रनको लक्ष्य पछ्याउन महेन्द्र सिंह धोनी कप्तानीको टिम चुक्न पुग्यो। राम्रो सुरुवातलाई चेन्नाईको मध्यक्रमले जितमा बदल्न नसक्दा एक समय १३ ओभरमा १०१/२ को अवस्थामा रहेको चेन्नाईले त्यसपछिको ७ ओभरमा मात्र ५६ रन बनाउन सक्यो। ६ खेल खेलेको चेन्नाई २ जित र ४ हार पछि ४ अंक बटुल्दै अंकतालिकामा पाँचौ स्थानमा रहेको छ। जितपछि कोलकाता ३ जित र २ हार पछि ५ अंक बटुल्दै तेश्रो स्थानमा उक्लेको छ।

राम्रो सुरुवातको बाबजुद हारको कारण बताउदै धोनीले ब्याट्सम्यानहरुलाई दोष दिए – “मध्यम ओभरमा उनीहरुले २-३ ओभर राम्रो बलिंग गरे जसपछि हामीले विकेट गुमायौं। त्यो बेलामा हाम्रो ब्याटिंग फरक भएको भए नतिजा पनि फरक हुन्थ्यो। अन्तिममा हामीले बाउन्ड्रीनै हिर्काउन सकेनौं। यस्तो परिस्थितिमा ब्याट्सम्यानहरु चलाख हुनुपर्छ। बलरले पछाडीको लेन्थमा बल गरिरहेको अवस्थामा तपाईले बाउन्ड्री हिर्काउने अरु बिकल्प खोज्नुपर्छ।” धोनीले हारपछि कुराकानीमा बताए।

धोनीले कोलकातालाई १६७ को योगफलमा रोकेकोमा आफ्नो बलरहरुको भने तारिफ गरे- “हामीले सुरुवातमा थोरै बढी रन दिए पनि त्यसपछि १६० मा रोक्न बलरहरुले राम्रो काम गरे तर ब्याट्सम्यानहरुले हामीलाई तल पारे। कर्णले ( शर्मा ) निकै राम्रो बलिंग गरे।”

“रसेलले दबाब निकाल्ने काम गरे” कार्तिक

जितपछि कोलकाता कप्तान दिनेश कार्तिकले आन्द्रे रसेलको तारिफ गरे। रसेलले डेथ ओभरमा चेन्नाईको विकेट लिंदै रन पनि रोकेका थिए त्यस क्रममा उनले १८ औं ओभरमा मात्र ३ रन खर्चेर स्याम करनको महत्वपूर्ण विकेट लिएका थिए। उक्त ओभरपछि चेन्नाईमाथि कोलकाता हावी भएको थियो।

“आन्द्रे रसेलले ब्याटबाट राम्रो गर्न सकेनन् जसपछि बलबाट प्रदर्शन गरे। उनले घातक क्रस सिमर बल गर्दै १८ औं ओभरमा उत्कृस्ट बलिंग गर्दै हाम्रो दबाब निकाल्ने काम गरे।”

कार्तिकले सुनिल नारायणलाई ओपनिंगमा नपठाएर चौथो नम्बरमा पठाउनुको कारण सोध्दा बताए –

“सुनिल नारायण हाम्रो प्रमुख खेलाडी मध्येका हुन्। हामीले उनलाई साथ दिनु पर्छ। म खेलाडीको रुपमा उनिप्रति गर्व गर्छु। हामीले सन्नी ( सुनिल नारायण ) माथिको दबाब थोरै कम गर्दै राहुल त्रिपाठीलाई माथि पठाउने निर्णय गर्यौं। हाम्रो ब्याटिंग निकै तरल छ , मलाई हेर्नुस ३ नम्बरबाट ७ नम्बरमा ब्याटिंग गर्दैछु। यो राम्रो कुरा हो। बिगत केहि वर्ष देखि तरल ब्याटिंग लाइन अपले राम्रो काम गरेको छ।”

कार्तिकले चेन्नाईले सुरुवात राम्रो गरेता पनि अन्तिममा वरुण चक्रवर्ती र सुनिल नारायणले राम्रो गर्ने भरोसा राखेको बताए – “उनीहरुले ( चेन्नाई ) सुरुवात निकै राम्रो गरे। तर मलाई सन्नी र वरुणमा निकै विश्वास थियो। जसले विस्वासलाई सावित गरे।”

कोलकाताले अन्तिम ५ ओभरमा मात्र ४७ रन खर्चेको थियो। वरुण चक्रवर्तीले १७ औं ओभरमा मात्र ५ रन खर्चेर १ विकेट लिएका थिए जुन क्रममा धोनीलाई बोल्ड गरेका थिए। सुनिल नारायणले १९ औं ओभरमा १० रन खर्चेर आक्रामक ब्याटिंग गर्न चेन्नाई ब्याट्सम्यानलाई रोकेका थिए।

खेलमा सर्वाधिक ८१ रन बनाएर प्लेयर अफ द म्याच चुनिएका ओपनर राहुल त्रिपाठीले आफ्नो सपना पुरा भएको बताए – “यो मेरो लागि सपना पुरा भएको दिन हो। म जहाँ पनि अवसर पाउछु प्रमाणित गर्न चाहन्थे। मलाई लाग्यो ब्याटमा बल राम्रोसंग आइरहेको थियो त्यसैले रन बनाउन सहज महसुस गरे।”

डेथ ओभरमा राम्रो बलिंग गर्दै जितमा अहम योगदान दिएका आन्द्रे रसेलले आफ्नो प्रदर्शनमा खुसि व्यक्त गरे –

“यहीनै खेलको सुन्दरता हो। ब्याटबाट राम्रो गर्न सकिन जसलाई बलिंगमार्फत परिपूर्ति गरे। दबाबको ओभरमा राम्रो बलिंग गर्दा म खुसि छु। सिममा ठोकियो भने क्रस सिमर बल यो पिचमा निकै खतरनाक बल हो जसले काम गर्यो। चेन्नाई बलरहरुले त्यसको राम्रो प्रयोग गरे जसपछि मैले पनि बलिंग गर्दा त्यसको प्रयोग गरे। म अझै पनि ब्याटिंगमा राम्रो गर्ने कुरामा सकरात्मक छु। क्रिकेटमा यस्तो कुरा हुने गर्छ म यसबाट पार हुने बाटो खोज्दै छु।” रसेलले ब्याटिंगमा मात्र २ रन बनाए भने बलिंगमा स्याम करनको विकेट लिंदै डेथ ओभरमा २ ओभरमा १८ रन खर्चिए।

लिग अन्तर्गत चेन्नाईले शनिबार बैंगलोरसंग तथा सोहि दिन कोलकाताले पन्जाब बिरुद्ध खेल्ने तालिका रहेको छ। बिहिबारको खेलमा सनराइजर्स हैदरावाद र किंग्स-११ पन्जाबले प्रतिस्पर्धा गर्नेछन्।

IPL : अन्तिम-११ मा मौका कुरीरहेका ६ ठूला खेलाडीहरु

‘युनिभर्स बोस’ गेलले कहिले पाउनेछन् मौका ? ब्याटिंग प्रशिक्षक जाफरले दिए अपडेट

सहज थिएन स्टोक्सको युएई यात्रा

कोहली र ऐयर पछि स्मिथलाई पनि जरिवाना





थप समाचार

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टाेलीमा अनुबन्ध गरेकाे छ । […]

काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरु

मंगलबार बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) मा सम्पन्न पहिलो दिनको छनोटमा उल्लेखनिय खेलाडीको सहभागिता थियो । काठमान्डौंका प्रमुख कार्यकारी अधिकृत […]

सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ । टोलीका‌ मालिक स्वतन्त्र […]

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका […]

पुजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं । युएईमा जारी महिला यु १९ टि २० विश्वकप एसिया छनोटमा कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतलाई पराजित […]

यु-१९ विश्वकप छनोटको पाँचौ खेलमा नेपाल कुवेतसँग खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-२० विश्वकपको एसिया छनोटमा नेपालले पाँचौं खेलमा कुवेतको सामना गर्दैछ । खेल युएईको अजमानमा […]