आफ्नो युट्युब च्यानलमा भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी र भारतीय क्रिकेट बोर्डको आलोचना गरेपछि पाकिस्तान क्रिकेट बोर्डले ( पीसीबी ) आपत्ति जनाउँदै पूर्व क्रिकेटर सक्लेन मुस्ताकलाई चेतावनी दिएको छ।
मुस्ताक पाकिस्तान क्रिकेट बोर्ड अन्तर्गत रहेको अन्तर्राष्ट्रिय खेलाडी विकास र हाई परफरमेन्स सेन्टरको प्रमुख पदमा रहेका कारण उनलाई बोर्डले आइन्दा त्यस्तो नदोहोर्याउन निर्देशन दिएको बताईएको छ।
क्रिकेटमा ‘दुसरा’ बलको आविस्कार गरेका मुस्ताकले धोनीले अप्रत्यासित सन्यास लिएपछि उनको प्रसंशा गर्दै र भारतीय बोर्डले धोनीको सम्मानजनक विदाई नगरेकोमा आलोचना पनि गरेका थिए। पाकिस्तान बोर्डको कर्मचारी रहेका कारण उनले त्यस्तो क्रियाकलाप अब गर्न पाउनेछैनन्।
“मुस्ताकले धोनीको तारिफ र धोनीलाई सम्मानजनक विदाई नगरेकोमा भारतीय क्रिकेटको आन्तरिक मामिला बारे आलोचना गरेकोमा पाकिस्तान क्रिकेट बोर्ड खुसि छैन।” एक जानकारले बताए।
दुइ देश बीचको सम्वन्धका कारण बिगतमा पनि पीसीबीले राष्ट्रिय क्रिकेटरहरुलाई भारतीय क्रिकेट र खेलाडीहरु बारे प्रतिक्रिया नदिन सुझाव दिएको हो। मुस्ताकले पोस्ट गरेको भिडियोपछि पिसिबीले अन्य हाइ परफरमेन्स प्रशिक्षकहरुलाई पनि यस्तो काम नगर्न निर्देशन दिएको उनले बताए।

४४ वर्षीय मुस्ताकले भारतीय क्रिकेट बोर्डले ठूला खेलाडीहरुलाई राम्रो व्यवहार नगरेको र धोनीको सन्यास यो तरिकाले नहुनु पर्ने धारणा राखेका थिए-
“म माफी माग्छु बिसीसीआईसंग तर म भन्छु कि धोनीलाई उनीहरुले राम्रो व्यवहार गरेनन्। म दुखित छु।” मुस्ताकले बताएका थिए।
“धेरै प्रशिक्षकहरु आफ्नै युट्युब च्यानलमा सक्रिय रहेका छन्, सबैलाई बोर्डले स्पस्ट रुपमा पीसीबीको कर्मचारी रहेकोले युट्युबमा काम नगर्न बताईएको छ। यस्तै कसैलाई अन्तर्वार्ता दिनु परेको खण्डमा पनि पहिले बोर्डको अनुमति लिनुपर्नेछ।” श्रोतले बतायो।
सक्लेनसंगै अन्य प्रशिक्षकहरुलाई पनि पिसिबीको नियम उल्लङ्घन नगर्न चेतावनी दिईएको छ। सक्लेन बाहेक पीसीबीसंग जोडिएका पूर्व टेस्ट क्रिकेटरहरु बसित अलि, फैसल इकबाल, अब्दुल रज्जाक, मुहम्मद वासिम, अतिक उज रहमान आफ्नो युट्युब च्यानलमा सक्रिय रहेका छन्।
“उनिहरुलाई बोर्डको आचारसंहिता पालना गर्न स्पस्ट निर्देशन दिईएको छ र उनीहरु बोर्डको कर्मचारी रहेका कारण यसलाई मान्नुपर्नेछ।” श्रोतले बतायो।
( साभार – हिन्दुस्तानटाइम्स )
सम्बन्धित :-
https://wicketnepal.com/10-ind-cric-farwell-match-wn20/
https://wicketnepal.com/irfan-pathan-farewell-wn20/
यो पनि पढ्नुस :-
https://wicketnepal.com/jamaica-4th-m-rep-wn20-cpl/
https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/
https://wicketnepal.com/anderson-600th-wicket-wn20/
https://wicketnepal.com/eng-10-years-wn20/
https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/
https://wicketnepal.com/aus-team-to-eng-wn20-odi-t20-ser/
https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/