पन्जाबसंगको खेल अघि धोनीको ठूलो घोषणा ‘यो मेरो आईपीएलमा अन्तिम खेल हैन’

२०७७ कार्तिक १६, आईतवार १६:००

आईपीएल २०२० अन्तर्गत लिगको अन्तिम खेलमा चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले आईपीएलमा यो आफ्नो अन्तिम खेल नबनाएको घोषणा गरेका छन्। खेलमा टसको क्रममा धोनीले आईपीएल खेल्न निरन्तरता दिने ठूलो घोषणा गरेका हुन्।

टसको क्रममा धोनीलाई आईपीएलमा उनको यो अन्तिम खेल हो भनेर प्रश्न गरिएको थियो। प्रश्नको जवाफमा धोनीले ‘पक्कै हैन’ भन्ने जवाफ दिएका थिए।

धोनीको घोषणा २०२१ मा पनि आईपीएल खेल्ने पक्का भएको छ। जारि सिजन चेन्नाई प्ले-अफ पुग्न असफल भैसकेको छ।

यस अघि चेन्नाई सुपर किंग्सका सीईओ काशी विश्वनाथनले पनि धोनीलेनै चेन्नाईको आगामी सिजन नेतृत्व गरेका घोषणा गरेका थिए।

“पक्कै पनि। धोनीले नै २०२१ मा पनि चेन्नाईको नेतृत्व गर्नेछन्। उनले हामीलाई ३ वटा उपाधि जिताएका छन्। यो वर्ष पहिलो पटक हामी प्लेअफ पुग्न सकेनौ। कुनै पनि टिमले यस्तो गर्न सकेको छैन। एउटा खराब वर्ष गयो भन्दैमा हामि सबै परिवर्तन गर्नुपर्छ भन्ने हुँदैन।” विश्वनाथनले बताएका थिए।

टिम मात्र हैन धोनीको पनि यो सिजन ब्याटबाट प्रदर्शन औशत भन्दा कमजोर रहेको थियो। १३ खेलमा धोनीले २५.०० को औशतले २०० रन मात्र बनाउन सकेका छन् भने उनको स्ट्राइक रेट मात्र ११६.२७ रहेको छ।

आईपीएल २०२१ को आयोजना ६ महिना पछि हुनेछ। ३९ वर्षीय धोनीको व्यक्तिगत फर्म मात्र हैन भविष्यलाई लिएर समेत प्रश्नहरु उठ्न थालेको छ। तर चेन्नाई सीईओले टिमको हारको कारण लिगको दौरान अप्रिय घटनाक्रमहरुलाई दिए –

“हामीले हाम्रो क्षमता अनुसार यो सिजन खेल्न सकेनौ। हामीले जित्नु पर्ने खेलहरु हार्यौं जसले हामीलाई पछाडी धकेल्यो। सुरेश रैना र हरभजन सिंहले नाम फिर्ता लिनु तथा कोभिड-१९ केसहरुले गर्दा टिमको सन्तुलनमा गडबडी भयो।” विश्वनाथनले बताए।

IPL : ४ खेल बाँकी, ३ प्ले-अफ स्थानको लागि ६ टिमको रेस , यस्तो छ समीकरण

टाउकोको उचाइको बललाई ‘नो बल’ नदिएपछि खेलाडी र फ्यानहरु चकित

इरफान पठान लंका प्रिमियर लिग खेल्न अनुबन्धित

लगातार तेश्रो हार पछि बैंगलोर कप्तान कोहलीले के भने

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy