‘जबसम्म टिमको छिटो दगुर्ने खेलाडीलाई हराउछु तबसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा योग्य मान्छु’- धोनी  

गत वर्ष जुलाईमा इंग्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकपमा अन्तिम पटक मैदानमा उत्रिएका भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको अन्तर्राष्ट्रिय क्रिकेटमा कम्ब्याक सबैको प्रतिक्षा बनेको छ। क्रिकेट करियरमा आफ्नो चतुर र अप्रत्यासित निर्णयले सबैलाई आश्चर्यमा पार्ने धोनीले करियरकै सबैभन्दा लामो ब्रेक लिएका छन्। १ वर्ष भन्दा बढी समय पछि धोनीलाई इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किंग्सको जर्सीमा फ्यानहरुले देख्न पाउनेछन्। १९ सेप्टेम्बर देखि युएईमा आयोजना प्रतियोगितामा धोनीको प्रदर्शन र फिटनेसको स्तरले उनको करियर निर्धारण गर्ने धेरैले आंकलन गरेका छन्।

यसै बीच पुर्व भारतीय क्रिकेटर तथा चर्चित कमेन्टेटर संजय मन्ज्रेकरले धोनीले सन्यास बारे आफुलाई बताएको रोचक कुरा बताएका छन्।उनले स्टार स्पोर्ट्सको क्रिकेट कनेक्टेड कार्यक्रममा बिराट कोहलीको विवाहको रिसेप्सन पार्टीको बेला धोनीसंगको कुराकानी सम्झदै धोनीले बताएको कुरा सम्झेका हुन् –

“बिराट कोहलीको विवाह रिसेप्सनको क्रममा मैले धोनीसंग थोरै समय कुरा गर्ने मौका पाएको थियो। उनले जबसम्म टिमको उत्कृस्ट धावकलाई पराजित गर्छु म आफुलाई अन्तर्राष्ट्रिय क्रिकेट र माथिल्लो स्तरको क्रिकेट खेल्न योग्य मान्छु बताएका थिए” मन्ज्रेकरले सम्झिए।

संजय मंज्रेकर

“त्यसैले एउटा ब्याट्सम्यानको रुपमा धोनीमा म धेरै फरक देख्दिन। अझ युएईको परिस्थितिको बारे म भन्दै आएको छु कि त्यो धनीको लागि उपयुक्त छ। त्यहाँ ठुलो सट मात्रै हैन दिमागको पनि आवस्यकता हुन्छ।”

कुनै पनि किसिमको क्रिकेट नखेलेता पनि धोनीले आईपीएलको लागि अभ्यास गरिरहेको बताईएको छ। उनि हाल झारखण्ड क्रिकेट स्टेडियममा अभ्यास गरिरहेका छन्। चेन्नाईका टिम मेट सुरेस रैनाले धोनीको अभ्यास बारे अपडेट दिंदै यो पटक युएईमा हेलिकप्टर सट देख्न पाइने बताएका थिए।


आईपीएलमा धोनीको रेकर्ड भारतको लागि टि-२० अन्तर्राष्ट्रिय खेल्दाको रेकर्ड भन्दा राम्रो रहेको छ त्यसैले पनि मन्ज्रेकरले धोनीले यो पटक राम्रो प्रदर्शन गर्ने विश्वास गरेका हुन्। आईपीएलको १९० खेलमा उनले ४,४३२ रन बनाएका छन्। त्यसक्रममा २२ अर्ध शतक बनाएका उनले ४२.२० को औशतले रन बनाएका छन्। भारतको लागि धोनीले ९८ खेलमा ३७ को औशतले १,६१७ रन मात्र बनाउन सकेका छन्।

मन्ज्रेकरले बताए – “आईपीएलमा अन्तर्राष्ट्रिय क्रिकेट भन्दा राम्रो प्रदर्शन गर्नुको कारण यो पनि हो कि एउटा ब्याट्सम्यानको रुपमा उनलाई थाहा छ कि ४-५ बलर मात्रै छन् जो बिरुद्ध शतर्क भएर खेल्नु पर्छ। आईपीएलमा कोहि राम्रो बलर हुन्छन् भने कोहि धेरै राम्रो हुँदैनन्। अन्तर्राष्ट्रिय स्तरमा तपाईसंग ५ उत्कृस्ट बलर हुन्छ त्यसैले उनीहरु मध्ये रोजेर आक्रामक सट खेल्न धोनी निकै माहिर छन्।”

उमेरले ३९ भर्खरै पार गरेका धोनीले आफ्नो टिम चेन्नाईलाई आफ्नो कप्तानीमा सन् २०१०, २०११ र २०१८ गरि तिन पटक आईपीएलको उपाधि दिलाईसकेका छन्।

धेरैले पढीरहेको :- 

सिपिएल टि-२० : कुन टिममा को-को छन् खेलाडीहरु

सन्दिप लामिछाने सहित सिपिएल टि-२० खेल्न यात्रा गर्ने १६२ जनाको रिपोर्ट नेगेटिभ





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]