युवा खेलाडीबारे धोनीको प्रतिक्रिया पछि चर्को आलोचना – “स्कुटर जाधबमा त्यो चमक छ ?”

२०७७ कार्तिक ४, मंगलवार १७:१७

राजस्थानसंगको हार पछि युवा खेलाडीहरुमा चमक नदेखिएको प्रतिक्रिया दिएपछि चेन्नाई कप्तान महेन्द्र सिंह धोनीको व्यापक आलोचना भएको छ।

राजस्थानसं टस जितेर ब्याटिंग गर्दै १२५/५ को योगफल बनाएको चेन्नाईले लिगमा १० खेल खेल्दा सातौँ हार बेहोर्यो। अंकतालिकामा पुछारमा रहेको चेन्नाई प्ले-अफ पुग्न बाँकी ४ खेल जितेर मात्र हुनेछैन अन्य टिमको नतिजामा समेत भरपर्नु पर्नेछ।

धोनीले जारि प्रतियोगितामा चेन्नाई प्रदर्शन स्तरीय नभएको भन्दै युवा खेलाडीहरुले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा अनुभवी खेलाडीमा भर पर्नुपरेको बताएका थिए।

“हामीले केहि कुराहरु प्रयास गर्यौं। मलाई परिवर्तन गर्न धेरै मन पर्दैन। किनकि, के हुन्छ भने ३-४ खेलपछि तपाई कुनै पनि कुरामा पक्का हुन सक्नुहुन्न। त्यसैले म उनीहरुलाई परिवर्तन गर्नु अघि पर्याप्त प्रमाणित गर्ने मौका दिन्छु। असुरक्षा भाव ड्रेसिंग रुममा देखाउनु हुँदैन।”

धोनीले खेल पछि प्रतिक्रिया दिने क्रममा बताए- “हामीले युवा खेलाडीलाई केहि मौका दियौं। उनीहरुमा ‘चमक’ देखिएन कि जसले गर्दा अनुभवी खेलाडीलाई प्रतिस्थापन गरेर ठाउँ बनाउन सकुन्। अब हामिसंग दबाब छैन र दबाब नहुँदा आशा छ खुलेर खेल्नेछन्।”

धोनीको यो भनाइको सर्वत्र विरोध भएको छ जसमध्ये भारतीय पूर्व कप्तान तथा प्रमुख छनौटकर्ता रहीसकेका क्रिस श्रीकान्त पनि एक हुन्। श्रीकान्तले धोनीले केदार जाधब र पियुष चावलामा के ‘चमक’ देखे भन्दै प्रश्न समेत गरेका छन् –

“उनले भने जगदिशनमा चमक देखिएन, तर ‘स्कुटर’ जाधबमा त्यो चमक छ ? एकदमै हास्यास्पद। म यो जवाफलाई स्वीकार्न सक्दिन। उनले प्रक्रियाको कुरा गर्दागर्दै प्रतियोगिताकै सकिएको छ।”

केदार जाधबले ८ खेलमा मात्र ६२ रन बनाएका छन् जसमा उनको स्ट्राइक रेट ९३.९३ रहेको छ

“धोनी अब भन्छन् कि दबाब छैन र युवा खेलाडीलाई मौका दिईनेछ। म यो बकवास कुरा बुझ्दिन। उनले जगदिशनमा के चमक देखेनन् ? उनले जाधब र चावलामा के चमक देखे ?”

“कुनै शंका छैन धोनी महान छन् तर म उनिसंग यो कुरामा सहमत छैन र स्वीकार्न सक्दिन।”

चेन्नाईका फ्यानहरुले समेत केदार जाधबलाई धेरै मौका दिएर, एन जगदिशन, रुतुराज गायकवाडलाई समग्रमा मात्र ३ खेलमा मौका दिएकोमा आलोचना गरेका छन्। ३५ वर्षीय जाधबले सिजनको ८ खेलमा मात्र ६२ रन बनाएका छन् जसमा उनको स्ट्राइक रेट ९३.९३ रहेको छ। जाधबलाई टिमले बारम्बार मौका दिईराखेको थियो। यो अवस्थामा युवा खेलाडीमा चमक नदेखेको भन्ने धोनीको प्रतिक्रिया फ्यानहरुले नरुचाएका हुन्।

लिग अन्तर्गत चेन्नाईले आगामी खेल मुम्बई बिरुद्ध शुक्रबार खेल्ने तालिका रहेको छ।

अनुभवी खेलाडीहरुलाई बाहिर राख्दै जिम्बाब्वे सिरिजको लागि पाकिस्तान टिमको घोषणा

लंका प्रिमियर लिगमा सन्दिपलाई लिईएन , कुन टिमले कसलाई लियो

“शामी ६ वटै बल योरकर गर्नेमा स्पस्ट थिए” पन्जाब कप्तान राहुल

लाइभ अन्तर्वार्तामा पोन्टिङसंग रिशभ पन्तको प्र्यान्क

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy