- विकेटनेपाल, साउन २७
आज देखि सुरु भएको सिंगापुर इन्टरनेसनल प्रतियोगिता खेल्ने क्रममा आलमले आफ्नो टिम सिंगापुर इमर्जिंग स्टार्सको लागि पहिलो खेलमा २ विकेट तथा ८ रनको प्रदर्शन गरेका छन् l ( स्कोरकार्ड )
सिंहालिज स्पोर्ट्स क्लबसंग पहिलो खेलमा मेहबुबले टिमको लागि ओपनिंग बलिंग र ब्याटिंग गरेका थिए l
टस जितेर पहिले बलिंग गरेको स्टार्सको लागि इनिंगको पहिलो ओभरमै मेहबुबले दिलान जयलाथ ( ० ) को विकेट दिलाएका थिए l त्यसपछि आफ्नो दोश्रो स्पेलमा अर्धशतक प्रहार गरि खतरनाक देखिएका मिनोध बानुकाको विकेट दिलाएका मेहबुबले आफ्नो ४ ओभरको स्पेलमा ३९ रन खर्चेर २ विकेट हात पारे l
खेलपछि विकेटनेपालसंग कुरा गर्दै आलमले पदंग मैदानमा बलिंग गर्न निकै मुस्किल रहेको बताएका छन् –
‘विकेट पुरै फ्ल्याट ( बलरलाई मदत नगर्ने ) सिमेन्ट विकेट जस्तो छ, जसमा बलिंग गर्न निकै मुस्किल थियो’
‘पहिलो ओभर बलिंग गर्दा स्विंग पाएको थिए जसमा विकेट लिनसके , दोश्रो विकेट ब्याट्सम्यानले ठुलो सट खेल्न खोज्दा बाउन्ड्रीमा क्याच गराए’
आलमले आफु आफ्नो बलिंगबाट सन्तुस्ट रहेको र एउटा मात्र ओभर बिग्रंदा स्पेल कहिँ महँगो देखिएको बताए –
“३ ओभरमा १६ रन दिएर २ विकेट लिएको थिए तर एउटा स्लग ओभर बिग्रियो’
श्रीलंकाको टिम निकै राम्रो भएको समेत उनले बताए – ‘श्रीलंकन टिम निकै राम्रो थियो जोसंग खेल्न पाउदा खुसि लागेको छ’
खेलमा मेहबुबका टिममेट पारस खड्काले २ ओभर बलिंग गर्ने क्रममा २० रन खर्चेर १ विकेट हात पारे l ९.७५ प्रतिओभरमा रन खर्चेका मेहबुब टिमको लागि सबैभन्दा किफायती बलर भएका थिए l
श्रीलंकन ब्याट्सम्यान दसुन शनकाले मात्र २७ बलमा ८ छक्का र ५ चौका प्रहार गर्दै ७९ रन बनाएपछि टस हारेर ब्याटिंग गरेको सिंहालिज स्पोर्ट्स क्लबले निर्धारित १७ ओभरमा १९२ रनको योगफल तयार गरेको थियो l
१९३ रनको लक्ष पछ्याउने क्रममा मेहबुब आलम ओपनिंग ब्याटिंग गर्न आएका थिए जसलाई श्रीलंकन रास्ट्रिय क्रिकेटर सचित्रा सेनानायकेले ४ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए l
सिंगापुर इमर्जिंग स्टार्सले ५.४ ओभरमा २६ रनको योगफलमा २ विकेट गुमाउदा मुसलधारे वर्षाले खेल अबरुद्ध भएको थियो जसपछि डीएल मेथडको आधारमा सिंहालिज स्पोर्ट्स क्लबलाई ३६ रनले बिजेता घोषणा गरिएको थियो l
स्टार्सले भोलि एकै दिन २ वटा खेल खेल्नेछ जुन क्रममा मेर्लबर्न क्रिकेट क्लब ( स्थानीय समय बिहान ११:४५ बजे ) र काउलुन क्रिकेट क्लब ( स्थानीय समय दिउसो ३ बजे ) संग प्रतिस्पर्धा गर्नेछ l
भोलि हुने खेलबारे विकेटनेपालको जिज्ञासामा आलमले कुनै पनि टिम सहज नभएको तर तुलनात्मक रुपमा हंगकंग र मर्लबर्न टिमसंग सहज हुने विश्वास ब्यक्त गरे l काउलुन क्रिकेट क्लब टिममा हंगकंग रास्ट्रिय क्रिकेटरहरुको वर्चस्व रहेको छ l
कुल ८ टिम सहभागी प्रतियोगिताको समुह ‘बि’ मा रहेको सिंगापुर इमर्जिंग स्टार्स टिमलाई सेमीफाइनल पुग्न आगामी खेल जित्नु पर्ने आवस्यकता छ l २ वटा समुहबाट २-२ वटा टिम सेमीफाइनल पुग्नेछ l
प्रतियोगितामा श्रीलंकन कीर्तिमानी बलर मुथैया मुरलीधरन पनि स्थानीय टिम सिंगापुर क्रिकेट क्लबबाट प्रतियोगिता खेलीरहेका छन् l