वेस्टइन्डिजसंग किन खेलेनन् डीकक ?

वेस्टइन्डिज बिरुद्ध टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरणको खेलमा दक्षिण अफ्रिकी विकेटकिपर ब्याट्सम्यान क्विन्टन डीकक मैदानमा उत्रिएनन्। दक्षिण अफ्रिकी कप्तान तेम्बा बभुमाले टसको दौरान डीककले व्यक्तिगत कारणले नाम फिर्ता लिएको बताए। डीककको स्थानमा खेलमा हेनरिच क्लासेनले किपिंग सम्हाले भने टिममा डीककको स्थानमा रेजा हेन्ड्रिक्सले मौका पाए।

३० मिनेट अघि नाम फिर्ता लिएका डीकक नखेल्नुको पछाडीको कारण अर्कै रहेको मानिएको छ। वेस्टइन्डिजसग खेलको ठीक अगाडी दक्षिण अफ्रीका क्रिकेट बोर्डले बिज्ञप्ति जारि गर्दै सबै खेलाडीलाई ब्ल्याक लाइभ म्याटर ( Black Lives Matter ) अभियानमा सहभागी हुन निर्देशन दिएको थियो। “नश्लावाद बिरुद्ध एकजुट हुनु अनिवार्य छ अझ दक्षिण अफ्रीकाको इतिहास हेर्ने हो भने। विश्वका अन्य टिमहरुले यो मुद्दामा साथ दिएका छन् र बोर्डले यो महसुस गरेको छ कि सबै दक्षिण अफ्रिकी खेलाडीहरुले यस्तो गर्ने समय आएको छ।” अभियानमा सहभागी खेलाडीहरुले कसैले घुंडा टेकेर, कसैले मुट्ठी उठाएर या छातिमा हात राखेर समर्थन गर्नेगर्छन्।

दक्षिण अफ्रीकाको पछिल्लो खेलमा अस्ट्रेलिया बिरुद्ध कप्तान बभुमाले घुंडा टेक्दै गर्दा डीकक उभिएका मात्र थिए। अर्थात् ब्ल्याक लाइभ म्याटर अभियानमा डीककको सहभागिता थिएन। वेस्टइन्डिजसंग खेल्नु अघि सोहि कुरामा मतभेदका कारण डीककले नाम फिर्ता लिएको अथवा उनलाई अन्तिम-११ मा समाबेश नगरिएको अनुमान गरिएको छ।

अन्तिम-११ मा डीकक नदेखिएपछि भारतीय क्रिकेटर दिनेश कार्तिकले एउटा फोटो ट्वीट गर्दै ‘डीकक नखेल्नुको पछाडी कारण’ लेखेका छन्। फोटोमा दक्षिण अफ्रिकी कप्तान तेम्बा बभुमा घुंडा टेकेर हात उठाएका छन् भने डीकक उभिएर हात कम्मरमा राखेको देखिएका छन्।


डीककले यसै वर्ष जुन मा वेस्टइन्डिज बिरुद्ध टेस्ट सिरिज दौरान अनलाइन प्रेस कन्फरेन्स दौरान ब्ल्याक लाइभ म्याटर अभियानमा नजोडिनुको पछाडी कारण बताउन अश्विकार गरेका थिए। उनले त्यसदौरान बताएका थिए “मेरो कारण ? म आफैसंग राख्छु। यो मेरो आफ्नै र व्यक्तिगत धारणा हो। कसैले पनि तपाईलाई जीवनमा जबर्जस्ती गर्न पाउदैन। कुराहरुलाई हेर्ने यो मेरो आफ्नै तरिका हो।” डीकक कहिले पनि ब्ल्याक लाइभ म्याटर अभियानमा घुंडा टेकेको देखिएका छैनन्।

दक्षिण अफ्रिकी बोर्डले जारि गरेको बिज्ञप्तिमा मानिसहरुको अभिव्यक्ति स्वतन्त्रताको बिभिन्न पाटो रहेको तर नश्लवादको बिरुद्ध उभिने कुरामा त्यो कुरा लागु नहुने बताईएको छ। “घुंडा टेक्नु खेलाडीहरुले नश्लवाद बिरुद्ध इशारा गर्नु हो र यसले सबै यसको बिरुद्ध छन् भने सन्देश दिन्छ। नश्लवाद रोक्नको लागि हामि एकजुट हुनु पर्छ। हाम्रो कमजोरी बढाउन यो कुरामा हेरफेर हुनु हुँदैन।” बिज्ञप्तिमा बताईएको छ।

दक्षिण अफ्रीकाको लागि ५८ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलीसकेका २८ वर्षीय डीककले ३४.६ को औशतर १३५.६६ को स्ट्राइक रेटले १,७६५ रन बनाएका छन्। उनि टि-२० अन्तर्राष्ट्रियमा जेपी डुमिनी ( १,९३४ ) पछि दक्षिण अफ्रीकाको दोश्रो सर्वाधिक रनकर्ता हुन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy