एमएम कप वान-डे : दिलिपको शतक र सागरको ५ विकेट , पुलिस फाइनलमा

Dilip Nath
  • विकेटनेपाल, माघ-३ , बिहिबार 

राष्ट्रिय टिमबाट गत वर्ष एकदिवसीय बिश्व कप छनौटबाट बाहिरिएपछि निरन्तर खराब फर्ममा रहेका ब्याट्सम्यान दिलिप नाथले शतक बनाए पछि मनमोहन कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले क्षेत्र नम्बर-७ लाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।

सुनसरीको इनरुवामा सम्पन्न खेलमा पहिले ब्याटिंग गरेको पुलिसले ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर ३२३ रनको योगफल तयार गरेको थियो।

पुलिसको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका देब्रे हाते दिलिपले १२५ बलमा ५ छक्का र ९ चौका प्रहार गर्दै अविजित ११५ रन बनाए।

ओपनर अमित श्रेष्ठ ११ र सुनिल धमला १० रन बनाएर आउट भएपछि दिलिपले प्रेम तामांग, योगेन्द्र कार्की, कुशल भुर्तेल र मन्जित श्रेष्ठसंग ब्याटिंग गर्दै ५० ओभरसम्म ब्याटिंग गरे। ३० रनको योगफलमा २ विकेट गुमाएपछि दिलिपले प्रेम तामांगसंग तेश्रो विकेटको लागि ६९ रनको, चौथो विकेटको लागि योगेन्द्र कार्कीसंग ४८ रनको, कुशल भुर्तेलसंग ५८ रनको तथा मन्जित श्रेष्ठसंग ८० रनको साझेदारी गरका थिए।

Dilip Nath
Dilip Nath

प्रेम तामांगले २४, योगेन्द्र कार्कीले २५, कुशल भुर्तेलले २७ रन बनाए भने कप्तान मन्जित श्रेष्ठले विस्फोटक ब्याटिंग गर्दै ३२ बलमा ४ चौका र ४ वटै छक्का मदतले अविजित ५३ रन बनाए।

प्रदेश नम्बर-७ को बलिङ्गमा बिनोद लामा, विकास आग्री र लोकेस बमले २/२ विकेट लिए।

सागर ढकालको उत्कृस्ट बलिङ्ग 

यु-१९ राष्ट्रिय क्रिकेटर देब्रे हाते स्पिनर सागर ढकालले एक्लैले ५ विकेट हात पारे पछि प्रदेश-७ ले ३२४ रन लक्ष्य पछ्याउने क्रममा ३१.३ ओभरमा १२३ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

पुलिस टिमबाट पहिलो प्रतियोगिता खेलीरहेका ढकालले ९.३ ओभर बलिङ्ग गर्दा २ मेडन ओभर गर्दै मात्र ३० रन खर्चिए। यस्तै राम नरेश गिरि ( ६-०-२०-२ ) र नबिन सिंह थापाले ( ४-०-१८-२ ) २/२ विकेट लिए।

प्रदेश-७ को लागि बिपिन रावलले सर्वाधिक २७ , लोकेस बमले २६ रन तथा नरेन्द्र साउद र नारायण जोशीले समान १६ रन योगदान दिए।

Sagar Dhakal
Sagar Dhakal

शनिवार खेलिने फाइनलमा पुलिसले शुक्रबार हुने प्रदेश-१ र त्रिभुवन आर्मी क्लब बीचको विजेतासंग खेल्नेछ।

Player of the Match Dilip Nath

माघ ५ गतेसम्म चल्ने प्रतियोगितामा शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजना रहेको छ।

प्रतियोगिताको विजेताले उपाधिसँगै रु. ४ लाख १ हजार , उपविजेताले रु २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५/२५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही रु २० हजार १०० पुरस्कार पाउनेछन्। अनुशासित टोलीले १५ हजार र उदयमान खेलाडीले १० हजार नगद पाउनेछन्।

( फोटो – विजय कुमार धिताल, व्यवस्थापक – नेपाल पुलिस क्लब )





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]