एमएम कप वान-डे : दिलिपको शतक र सागरको ५ विकेट , पुलिस फाइनलमा

  • विकेटनेपाल, माघ-३ , बिहिबार 

राष्ट्रिय टिमबाट गत वर्ष एकदिवसीय बिश्व कप छनौटबाट बाहिरिएपछि निरन्तर खराब फर्ममा रहेका ब्याट्सम्यान दिलिप नाथले शतक बनाए पछि मनमोहन कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले क्षेत्र नम्बर-७ लाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।

सुनसरीको इनरुवामा सम्पन्न खेलमा पहिले ब्याटिंग गरेको पुलिसले ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर ३२३ रनको योगफल तयार गरेको थियो।

पुलिसको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका देब्रे हाते दिलिपले १२५ बलमा ५ छक्का र ९ चौका प्रहार गर्दै अविजित ११५ रन बनाए।

ओपनर अमित श्रेष्ठ ११ र सुनिल धमला १० रन बनाएर आउट भएपछि दिलिपले प्रेम तामांग, योगेन्द्र कार्की, कुशल भुर्तेल र मन्जित श्रेष्ठसंग ब्याटिंग गर्दै ५० ओभरसम्म ब्याटिंग गरे। ३० रनको योगफलमा २ विकेट गुमाएपछि दिलिपले प्रेम तामांगसंग तेश्रो विकेटको लागि ६९ रनको, चौथो विकेटको लागि योगेन्द्र कार्कीसंग ४८ रनको, कुशल भुर्तेलसंग ५८ रनको तथा मन्जित श्रेष्ठसंग ८० रनको साझेदारी गरका थिए।

Dilip Nath
Dilip Nath

प्रेम तामांगले २४, योगेन्द्र कार्कीले २५, कुशल भुर्तेलले २७ रन बनाए भने कप्तान मन्जित श्रेष्ठले विस्फोटक ब्याटिंग गर्दै ३२ बलमा ४ चौका र ४ वटै छक्का मदतले अविजित ५३ रन बनाए।

प्रदेश नम्बर-७ को बलिङ्गमा बिनोद लामा, विकास आग्री र लोकेस बमले २/२ विकेट लिए।

सागर ढकालको उत्कृस्ट बलिङ्ग 

यु-१९ राष्ट्रिय क्रिकेटर देब्रे हाते स्पिनर सागर ढकालले एक्लैले ५ विकेट हात पारे पछि प्रदेश-७ ले ३२४ रन लक्ष्य पछ्याउने क्रममा ३१.३ ओभरमा १२३ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

पुलिस टिमबाट पहिलो प्रतियोगिता खेलीरहेका ढकालले ९.३ ओभर बलिङ्ग गर्दा २ मेडन ओभर गर्दै मात्र ३० रन खर्चिए। यस्तै राम नरेश गिरि ( ६-०-२०-२ ) र नबिन सिंह थापाले ( ४-०-१८-२ ) २/२ विकेट लिए।

प्रदेश-७ को लागि बिपिन रावलले सर्वाधिक २७ , लोकेस बमले २६ रन तथा नरेन्द्र साउद र नारायण जोशीले समान १६ रन योगदान दिए।

Sagar Dhakal
Sagar Dhakal

शनिवार खेलिने फाइनलमा पुलिसले शुक्रबार हुने प्रदेश-१ र त्रिभुवन आर्मी क्लब बीचको विजेतासंग खेल्नेछ।

Player of the Match Dilip Nath

माघ ५ गतेसम्म चल्ने प्रतियोगितामा शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजना रहेको छ।

प्रतियोगिताको विजेताले उपाधिसँगै रु. ४ लाख १ हजार , उपविजेताले रु २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५/२५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही रु २० हजार १०० पुरस्कार पाउनेछन्। अनुशासित टोलीले १५ हजार र उदयमान खेलाडीले १० हजार नगद पाउनेछन्।

( फोटो – विजय कुमार धिताल, व्यवस्थापक – नेपाल पुलिस क्लब )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy