रास्ट्रिय टिम बन्दसत्रबाट दिलिप नाथले नाम फिर्ता लिए

Dilip Nath
  • विकेटनेपाल, १८ भदौ

विकेटकिपर ब्याट्सम्यान दिलिप नाथले रास्ट्रीय क्रिकेट टिमको बन्दसत्रबाट आफ्नो नाम फिर्ता लिएका छन् l

अक्टोबर १३ र १५ मा हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको हंगकंगसंगको खेलको लागि पहिलो चरणमा २५ सदस्यीय खेलाडी छनौट गरेर बन्दसत्रमा राखिएको छ l

ढाडको समस्याले सताएको कारण बन्दसत्र छोड्नुपरेको दिलिपले विकेटनेपाललाई जानकारी गराएका छन् l तल्लो ढाड दुख्ने समस्या भएपछि दिलिपले फिजियोको सल्लाह अनुसार २ महिना आराम गर्ने निर्णय लिएका हुन् l

“ढाडको समस्याले बन्द सत्र छोड्नु पर्यो l फिजियोले २ महिना आराम र ढाडको एक्सरसाइज गरेपछी निको हुन्छ भन्नुभएको छ” दिलिपले बताए l

दिलिप गत मार्च महिनामा बंगलादेशमा सम्पन्न एसीसी इमर्जिंग टिम्स एसिया कपमा पहिलो पटक नेपाली रास्ट्रिय टिमको लागि खेलेका थिए l घाइते भइ टिमबाट बाहिरिनु पर्दा नराम्रो लागेको बायाँ हाते ब्याट्सम्यानले बताए l

बंगलादेशमा सम्पन्न प्रतियोगितामा दिलिपले बंगलादेशसंगको आफ्नो डेब्यु खेलमा ४१ रनको इनिंग खेल्दै प्रभावित बनाएका थिए l सो क्रममा उनले चौथो विकेटको लागि दिपेन्द्र ऐरीसंग ९८ रनको साझेदारी गरेका थिए l बंगलादेशमा उनले विकेटकिपरको भूमिका समेत निभाएका थिए l

दिलिपले बंगलादेशसंगको खेलमा ४१ रनको इनिंग खेल्दै प्रभावित बनाएका थिए l

दिलिपले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लब तथा धनगढी प्रिमियर लिगमा उनले सीवाईसी अत्तरियाको प्रतिनिधित्व गरिसकेका छन् l

उमेर समुह रास्ट्रिय क्रिकेट टिममा नपरिकन रास्ट्रिय टिममा स्थान बनाएका दिलिपले यो पटक बन्दसत्रबाट बाहिरिनु परे पनि अर्को पटक कमब्याक गर्ने आत्मविश्वास ब्यक्त गरेका छन् l

“अहिले धेरै गम्भीर समस्या त हैन तर अभ्यास जारी गरेको खण्डमा गम्भीर समस्या हुन सक्ने डक्टरले पनि सल्लाह दिनु भयो”

“नराम्रो लागेको छ तर केहि छैन टिममा बलियो कमब्याक गर्नुपर्छ” उनले बताए l

यस अघि बन्दसत्र बाट पायल्सको समस्याको कारण शक्ति गौचनले पनि आफ्नो नाम फिर्ता लिएका थिए l शक्तिको सट्टा शाहब आलमलाई अन्तिम २५ मा मौका दिईएको थियो l

रास्ट्रिय क्रिकेट टिम यतिबेला नियमित अभ्यास गरिरहेको छ l यसै साता हंगकंगसंग खेलको लागि अन्तिम १८ जना खेलाडीको नाम घोषणा हुने जसपछि टिम अभ्यासको लागि भारत जाने जानकारी विकेटनेपाललाई विशेष श्रोतबाट प्राप्त भएकोछ l





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]