राजस्थान बिरुद्द सन्दीप बिना उत्रिंदै दिल्ली, पहिले बलिंग गर्ने

  • विकेटनेपाल, बैशाख ९ – सोमबार

इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत जारि संस्करणको चालीसौं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्दैछ।

राजस्थानको घरेलु मैदान सवाईमान सिंह स्टेडियममा हुन लागेको खेलमा नेपालका युवा खेलाडी सन्दीप लामिछाने पहिलो रोजाईमा पर्ने अनुमान गरिएको थियो। तर अघिल्लो खेलमा केहि महँगो साबित भएपनि मुख्य ३ विकेट लिएका उनि सोमबारको खेलमा बेन्चमा नै बस्नुपर्ने भएको हो।

पिचमा छोडिएको घासको कारण तिब्र गतिका बलरलाई सहायता पुग्ने भएकाले लेग स्पिनर सन्दीपको स्थानमा दक्षिण अफ्रिकी क्रिकेटर क्रिस मोरिसले खेल्नेछन्। उनले मध्यक्रममा खेल्दै ठुला ठुला सट प्रहार गर्ने क्षमता राख्दछन्।

सन्दीपले जारि सिजनमा ४ खेल खेल्दै ८ विकेट लिइसकेका छन्।

टस अपडेट

खेलमा दिल्लीका कप्तान श्रेयस ऐयरले टस जित्दै स्टिव स्मिथको कप्तानीमा रहेको राजस्थानलाई पहिले ब्याटिंगको निम्तो दिएका छन्। ऐयरले टसको क्रममा दोश्रो पारीमा शितले स्पिनरलाई बल फ्याल्न समस्या हुने समेत बताए।

प्लेईंग एघार

दिल्ली क्यापिटल्स: पृथ्वी शा, शिखर धवन, श्रेयस ऐयर (c), ऋषब पन्त (w), कोलिन इन्ग्राम, क्रिस मोरिस, शेरफाने रदरफोर्ड, अक्सर पटेल, कागीसो रबाडा, अमित मिश्र, इशान्त शर्मा

राजस्थान रोयल्स: अजिंक्या रहाने, सन्जु सामसन(w), स्टिव स्मिथ(c), बेन स्टोक्स, रियान पराग, एस्टन टर्नर, स्टुअर्ट बिन्नी, श्रेयस गोपाल, जोफ्रा आर्चर, जयदेव उनाद्कात, धवल कुलकार्नी

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy