अन्तिम बलमा छक्का हान्दै कार्तिकले भारतलाई दिलाए चमत्कारिक जित

  • विकेटनेपाल, चैत्र ५ – सोमबार

श्रीलंका आइतबार राति सम्पन्न बंगलादेश ,भारत र श्रीलंका बीचको त्रिकोणात्मक टि-२० शृंखला (निदाहस ट्रफी) अन्तर्गत गएराति सम्पन्न रोमान्चक फाइनल खेलमा बंगलादेशलाई सनसनीपूर्ण खेलमा पराजित गर्दै भारतले उपाधि जितेको छ। अन्तिम बलमा ५ रनको आवश्यक हुँदा दिनेश कार्तिकले छक्का प्रहार गर्दै भारतलाई अपत्यारिलो जित दिलाएका थिए।

 

अन्तिम ३ ओभरमा के भयो ?

अन्तिम ३ ओभरमा भारतलाई जितका लागि ३५ रन आवश्यक हुँदा बलिंगमा आएका मुस्ताफिजुर रहमानले उत्कृस्ट उत्कृस्ट बलिंग गर्दै मात्र १ रन दिएका थिए। त्यसपछी बाँकी २ ओभरमा ३४ रन आवश्यक हुँदा भारतको जित कठिन देखिएको थियो तर सातौं नम्बरमा आएका विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकले रुबेल हुसेनको ओभरमा २२ प्रहार गर्दा समीकरण अन्तिम ६ बलमा १२ रन थियो।

सोम्यु सरकारले पहिलो ५ बलमा ७ रन मात्र खर्चिए तर अन्तिम बलमा ५ रन जितको लागि आवस्यक रहंदा दिनेश कार्तिकले कभर क्षेत्र माथि छक्का प्रहार गर्दै भारतलाई अविस्मरणीय जित दिलाए।

https://www.youtube.com/watch?v=uGlkkPCYErc

भारतको जितमा कप्तान रोहित शर्माले ४२ बलमा ५६ रन (४ चौका, ३ छक्का) उत्कृस्ट पारि खेले। उनले पहिलो विकेटका लागि शिखर धवनसंग ३२ रन तेश्रो विकेटका लागि के.एल राहुल (२४ रन) संग ५१ रनको मह्तापूर्ण साझेदारी गरेका थिए। जितका नायक बनेका दिनेश कार्तिकले मात्र ८ बलको सामना गर्दै २९ रनको बहुमुल्य योगदान दिए जसमा २ चौका र ३ छक्का सामेल थियो भने मनिष पाण्डेले २४ रन जोडे। बलिंगतर्फ रुबेल हुसेन ४  ओभरको स्पेलमा ३५ रन खर्चेर २ विकेट चट्काए।

बंगलादेशको ब्याटिंग 

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतिमा १६६ रन जोडेको थियो। उसका लागि सबिर रहमानले सर्वाधिक ७७ रन बनाए। टि-२० अन्तर्राष्ट्रिय करियरकै सर्वाधिक उत्कृस्ट ब्याटिंग प्रदर्शन गर्ने क्रममा रहमानले ५० बल ७७ रन प्रहार गरेका थिए जुनक्रममा ७ चौका र ४ चक्का प्रहार गरे। त्यसैगरी रियाद मह्मुदुल्लाहले २१ , मेहेदी हसनले १९ र तमिम इक्बालले १५ रन जोडे।

भारतका लागि युज्वेंद्र चाहालले ३ विकेट (४-०-१८-३), जयदेव उनाद्कतले २ (४-०-३३-२) तथा  वासिंटन सुन्दरले (४-०-२०-१) को स्पेल गरे।

शानदार ब्याटिंग गरेका दिनेश कार्तिक प्लेयर अफ द म्याच घोषित भए भने प्रतियोगिता भरि किफाएती  बलिंग गर्दै ८ विकेट लिन सफल वासिंटन सुन्दरले प्लेयर अफ द सिरिज आफ्नो नाममा परे।

फोटोहरु : ( बिसीसीआई)

 

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy