‘छिमेकीको श्रीमती’ कमेन्ट प्रति दिनेश कार्तिकले मागे माफी

श्रीलंका र इंग्ल्यान्ड बीच दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियको दौरान कमेन्ट्रिको क्रममा क्रिकेट ब्याटलाई छिमेकीको श्रीमतीसंग तुलना गरेपछि विवादित बनेका भारतीय विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकले माफी मागेका छन्।

कार्तिकले कमेन्ट्रि गर्ने क्रममा ब्याट्सम्यानहरुलाई आफ्नो ब्याट भन्दा अरु ब्याट्सम्यानको ब्याट बढी मन पर्ने प्रसंग निकालेका थिए। त्यसपछि उनले क्रिकेट ब्याट छिमेकीको श्रीमती जस्तो भएको बताएका थिए- “ब्याट छिमेकीको श्रीमती जस्तै हो, सधै राम्रो लाग्छ।” कार्तिकले बोलेको उक्त कुरा सामाजिक संजालमा भाइरल बनेको थियो।

लाइभ कमेन्ट्रिको दौरान सेक्सिस्ट कमेन्ट गरेपछि कार्तिकको सामाजिक संजालमा आलोचना भएको थियो।

इंग्ल्यान्ड र श्रीलंका बीचको आइतबार राति भएको तेश्रो एकदिवसीय अन्तर्राष्ट्रियको दौरान कार्तिकले माफी मागेका हुन्।

“पछिल्लो खेलमा जे भएको थियो त्यसको लागि म माफी माग्न चाहन्छु। वास्तवमा त्यो मेरो उद्देश्य थिएन। मैले गलत गरे। म सबैसंग माफी माग्छु। यो निश्चित रुपमा भन्न योग्य कुरा थिएन।” कार्तिकले बताए।

“म माफी माग्दै भन्छु कि यो कुरा दोहोरिने छैन। मैले त्यसो भने पछि मेरो श्रीमती र आमाबाट धेरै छडी खानुपर्यो।” उनले थपे

कार्तिकको व्यक्तिगत जीवनसंग जोडिएको प्रसंग 

३६ वर्षीय कार्तिकले कमेन्ट्रिको क्रममा छिमेकिको श्रीमतीको प्रसंग निकालेपछि कार्तिकको जीवनको व्यक्तिगत प्रसंग पुनः क्रिकेट प्रेमीहरुले याद गरेका थिए। दिनेश कार्तिकले आफ्नो पहिलो श्रीमती निकिता बन्जरासंग सन् २०१२ मा डिभोर्स दिएका थिए। निकितासंग आफ्नै साथी खेलाडी मुरली विजयको अफेयर चलेको थाहा पाएपछि कार्तिक र निकिता बीचको डिभोर्स भएको मानिने गरिन्छ। मुरली विजय र कार्तिकको पूर्वपत्नी निकिता बन्जरा सन् २०१२ मा विवाह वन्धनमा बाँधिएका थिए जसको हाल दुई छोरा र एक छोरि समेत रहेको छ। कार्तिकले डिभोर्सको एक वर्षपछि भारतीय स्क्वास खेलाडी दिपक पल्लिकल कार्तिकसंग विवाह गरेका थिए।

सम्बन्धित 

दिनेश कार्तिकले क्रिकेट ब्याटलाई छिमेकीको श्रीमतीसंग तुलना गरेपछि





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]